bandipur

bandipur

बन्दिपुर August 10, 2010, 5:55 am

One killed, two injured in jeep accident

Filed under: Uncategorized

TANAHAUN, NOV 23 - A person was killed and two others were injured in a road accident at Bandipur in Tanahaun district on Monday.

The deceased has been identified as Aatish Sahi, 18, resident of Bandipur-3 VDC.

Sahi was jeep conductor.

The jeep bound to Dumre from Dharampani VDC met with an accident near Bahunbhanjyang, Bandipur-5.

Milan Pulami and Santosh Gurung have been injured in the accident and are undergoing treatment at the Bandipur District Hospital.

Police said that the bus driver is at large.
- KANTIPUR REPORT

आहा बन्दीपुर, एक रुपैयाँमै कोठा ?

Filed under: Uncategorized

नेपाल पर्यटन वर्ष २०११ लाई लक्षित गरी पर्यटनलाई आकर्षण गर्न बन्दीपुरमा एक रूपैयामै कोठा बुकिङको व्यवस्था गरिएको छ। बन्दीपुरमा बढी भन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले एक रूपैयाँमै कोठा बुकिङ गर्ने नयाँ अवधारण ल्याइएको हो। (more…)

बन्दिपुर January 9, 2010, 3:11 pm

यूएईका तमूहरु छम छम्ती नाचे २५९४ औं तो ल्होसार कार्यक्रममा

Filed under: Uncategorized

गत शुक्रवार जनवरी ८ २०१० का दिन दुवईको अष्टोरिया होटलमा विभिन्न गुरुङ्ग भाषाका गित तथा परम्परागत नृत्य साथै अन्य नेपाली गितहरु गाउँदै नाच्दै र अन्य उपस्थित दर्शकहरुलाई पनी छम छम्ती नचाउदै गुरुङ्ग तमूहरुले यस बर्षको तो ल्होसार मनाए । (more…)

बन्दिपुर October 14, 2008, 8:25 pm

अढाइ सय वर्ष पुरानो बन्दीपुर प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पन्नताको सङ्गमस्थल हो।

Filed under: Uncategorized

पहाडको अक्करमा फुल्ने गुराँस जस्तै प्रायः रमाइला ठाउँहरू पनि बाटैमा फेला पर्दैनन्। तर, तनहुँको बन्दीपुर काठमाडौँ पोखराको आरामदायी एकदिने गाडी यात्राको बीचतिर पर्छ। डुम्रे बजारको दक्षिणतिर सात किलोमिटर उकालोमा तपाइँले खुई खुई गर्नुपर्दैन, तनुहँको यो पुरानो सदरमुकामसम्म मारुतिजस्ता साना कार पनि मज्जाले गुड्न सक्छन्। यसैले बन्दीपुर सुगम गन्तव्य हो।
(more…)

बन्दिपुर July 28, 2008, 6:53 am

खाडी देखी गाऊँ सम्मको यात्रा स्मरण

Filed under: Uncategorized

खेमनाथ पौडेल
बन्दिपुर तनहुँ
हाल यूएइ
खाडी मुलुक यूएईको अबुधावीबाट म मेरो प्यारो देश नेपाल दोश्रो पटक फर्कदै थिए । छोटो विदा भएको हुनाले साथीभाइहरुलाई नेपाल फर्कदैछु भन्ने शन्देश पनि दिन सकिन । भर्खरै नेपाली एयरलाईन्स फ्लाई एति साचालन भएको थियो नेपालकै एयरलाईन्समा सिधा काठमाण्डौ जान पाएकोमा यो पटक भने मन चङ्गा जस्तै उडेको थियो तर कता कता भित्र डरले ढ्याङग्रो पनि ठटाएको थियो कारण पःलाई एतिको पुलाईट कैयौ पटक क्या_िन्सल भएर यात्रुहरु बिचल्लीमा परेको समाचार म आफैले लेखेको थिए र यात्रुहरुको पिडाहरु सुनेको थिए ।
(more…)

नाचगानबाट गाउँ विकास

Filed under: समाचार

सन्तोष पोखरेल/दमौली
गाउँमा कुनै नयाँ लाहुरे आयो कि नाचगानको चटारो हुन्छ, तनहुँको फिरफिरेस्थित छेमई आमा समूहलाई । उनीहरू हतारहतार पोसाक लगाउँछन् अनि जुट्छन् नाचगानमा ।

(more…)

बन्दिपुर July 1, 2008, 8:04 am

एक मिटर लाम्चो बोडी

Filed under: Uncategorized

सन्तोष पोखरेल/दमौली
तनहुको ब्यास-३, रानीगाउ“का झलक पौडेल, ५५, को तरकारी बारी सेतो लहरे बोडीले भरिएको छ । ती बोडीहरू एक मिटरभन्दा पनि लाम्चा छन् ।
(more…)

बन्दिपुर June 25, 2008, 10:53 am

बन्दिपुरः आफ्नो ठाउँलाई मायाँ मारेपछि

Filed under: Uncategorized

आफू जन्मिएको ठाउँ भूतको शहरको रुपमा चिनिएको कसलाई मन पर्ला - तर देशका अधिकांश ठाउँमा अवसरको अभावका कारण आफ्नो ठाउँबाट पलायन हुँदा रमणीय वस्ती उजाड बन्न थालेको आजको यथार्थ हो । यही यथार्थबाट बन्दिपुर पनि टाढा थिएन । तर बन्दिपुरबाट विभिन्न ठाउँमा पलायन भएका व्यक्तिहरूले आफ्नो ठाउँलाई गरेको मायाकै कारण यहाँको प्राकृतिक रमणीयतामा फेरि एक पटक लालिमा थपिएको छ । (more…)

बन्दिपुर April 8, 2008, 8:35 am

नपढेकी क्यासियर

Filed under: Uncategorized

भगवान खनाल/आ“बुखैरेनी
मैया“कुमारी श्रेष्ठ, ५४, ले विद्यालयमा पाइलै हालेकी छैनन् । तर, दिनचर्याचाहि“ कुनै ब्याङ्कको क्यासियरको जस्तै छ, दिनभर िलाखौ“को हरहिसाब गर्छिन् । उनले पा“च वर्षेखि तनहु“, आ“बुखैरेनीस्थित आफ्नै घरमा रेमिट्यान्ससम्बन्धी काम गर्ने अफिस चलाएकी छन् ।
(more…)

एक्सरे दिदी एक्लै

Filed under: Uncategorized

सन्तोष पोखरेल/दमौली
रमा थापा, २४, ले ९ कक्षा मात्र पढेकी छन् र उनी तनहु“को दमौली अस्पतालकी पियन हुन् । तर, अस्पतालमा एक्सरे गर्ने जिम्मा भने उनको हो ।

(more…)

बन्दिपुर March 17, 2008, 6:26 am

तनहु“ सेवा समाजको गठन

Filed under: Uncategorized

तनहु“बाट रोजगारी क्रममा कतार आइपुगेका तनहु“ङेको हालै दोहामा सम्पन्न भेलाले तनहु“ समाज सेवाको गठन गरेको छ । (more…)

थापा एक सातादेखि बेहोस

Filed under: Uncategorized

क्लिनिङ कम्पनीमा काम गर्ने तनहु“ घर भएका नरबहादुर थापा दोहा एयरपोर्टमा काम गरिरहेका बेला एकाएक बेहोस भएपछि मार्च २ देखि हमाद अस्पताल भर्ना भएका छन् । (more…)

थापा एक सातादेखि बेहोस

Filed under: Uncategorized

क्लिनिङ कम्पनीमा काम गर्ने तनहु“ घर भएका नरबहादुर थापा दोहा एयरपोर्टमा काम गरिरहेका बेला एकाएक बेहोस भएपछि मार्च २ देखि हमाद अस्पताल भर्ना भएका छन् । (more…)

बन्दिपुर February 26, 2008, 5:31 am

दिनहु“ हि्वलचेयरमा आउजाउ

Filed under: Uncategorized

तनहु“, फागुन १३ -
पौने १० बजे बिहान छोरालाई हि्वलचियरमा विद्यालय पुर्‍याउनु र सा“झ घर फर्काउनु कमला ढकालको दैनिकी हो । (more…)

बन्दिपुर February 7, 2008, 7:01 am

तनहुमा ससुरा-बुहारी एउटै कक्षामा

Filed under: Uncategorized

सन्तोष पोखरेल (Kantipur)
तनहु“, माघ २३ - बिहान ९ बजे घरबाट निस्किएकी ललिता हड्खले सा“झ ८ बजेमात्र फर्किन्छिन् । बोर्डिङ स्कुलमा पढाएलगत्तै उनी क्याम्पस पढ्न दौडिन्छिन् । (more…)

बन्दिपुर January 31, 2008, 6:38 am

strong>Bandipur Village Resort

Filed under: Uncategorized

Bandipur – A Nature’s Paradise

Bandipur an ancient Newari mountain town lies in Tanahu District, Gandaki Zone in the Mahabharat range at an altitude of 3400 feet. It is 135 k.m. to the west and 80 k.m. to the south of Pokhara, 62 k.m. to the north of Narayanghat, and 7 k.m. from Prithivi Highway ’s Dumre Bazaar and about 20 minutes drive from the highway. (more…)

Bandipur Mountain Resort

Filed under: Uncategorized

Located somewhat mid-way between Kathmandu and Pokhara and only seven kilometers above the Prithivi Highway, Bandipur Mountain Resort is the ideal spot for travelers to take a lunch break, stretch the body with a refreshing swim or simply gaze at the enchanting mountain views. Bandipur Mountain Resort which lies strategically under a mixed canopy of pine and sal forests offers the finest views that the area has to offer. (more…)

Bandipur

Filed under: Uncategorized

Bandipur, an ancient Newari mountain town, is a treasure waiting to be discovered by travellers. Situated 7k.m. above Dumbre Bazaar at an altitude of 1,005 meters, this ancient trading post lies cradled in the saddle of some of the country’s most peculiar-shaped hills. (more…)

चिरिच्याट्ट बन्दीपुर

Filed under: Uncategorized

वसन्ती वास्तोला (Kantipur)
‘लोग्ने मान्छे भएर रुन हुन्न रे’ ६१ वर्षो नारायण श्रेष्ठले यो भनाइ सुनेका छन् । तर पनि उनी बर्रर आ“सु खसालेरै रोए एउटा र्सार्वजनिक कार्यक्रममा । गाउ“कै ९ वषर्ीया रूपा भुजेलको भनाइ सुनेर रोएका हुन् । रूपा सुनाउ“दै थिइन् - ‘हाम्रो गाउ“मा चर्पी बनाउन निकै कसरत गर्नु पर्‍यो । कसैले बाहिर दिसा गरेको देख्यो कि हामी सिट्ठी बजाउथ्यांै । पछि दिसा गरेको ठाउ“मा झन्डा गाड्न थाल्यौ । अनि हामीलाई बावुआमाले पिटे ।’ (more…)

बन्दिपुर January 30, 2008, 11:33 am

तनहुँको फिरफिरेमा महोत्सव हुने

Filed under: Uncategorized

तनहुँको फिरफिरेमा प्रथम फिरफिरे सांस्कृतिक महोत्सव हुने भएको छ । ग्रामिण सांस्कृतिक पर्यटनको पूर्वाधार, फिरफिरे महोत्सव हाम्रो आधार भन्ने नाराका साथ माघ २७ गतेदेखि सुरु हुने महोत्सव तीन दिनसम्म चल्नेछ । (more…)

बन्दिपुर January 20, 2008, 2:01 pm

बन्दीपुरमा नौलो महोत्सव

Filed under: समाचार

सन्तोष पोखरेल
तनहु
दशे का विभिन्न सहरमा व्यापारिक महोत्सवले बजार तताएको भए पनि तनहकँ पयर्ट कीय बन्दीपरु गत शुक्रबारदेखि साँच्चै सफा थियो । बजारको दुवैतर्फका घर अगाडि गाग्रीमा माला सजाएर बाटोमा राखिएको थियो ।
(more…)

बन्दिपुर January 14, 2008, 8:41 am

कच्ची घर, पक्की चर्पी

Filed under: Uncategorized

कच्ची घर, पक्की चर्पी

ढुङ्गा-माटोको सानो झुपडी, आधा जस्ता, आधा खरको छानो । तर, इ“टा र सिमेन्टको पक्की गाह्रो लगाएर बनाइएका शौचालय ।

(more…)

बन्दिपुर December 22, 2007, 4:53 am

बन्दीपुरमा फुलेका फूलहरू

Filed under: Uncategorized

अमृत भादगाउ“ले (kantipur)
तनहु”को बन्दीपुरमा लस्किएको हात्तीमा चढेर हिमाल हर्ेर्नुको मज्जै बेग्लै । २९ मंसिरदेखि ५ दिन चलेको चौंथो बन्दीपुर महोत्सवमा ५० रुपैया” तिरेर त्यो बूढो हात्तीमा चढ्ने व्यवस्था मिलाइएको थियो । (more…)

बन्दिपुर August 22, 2007, 7:09 am

ँनयाँ नेपाल निर्माणमा दलित महिलाको भूमिका’

Filed under: Uncategorized


तनहुँको दमौलीमा मंगलबार आयोजित ँनयाँ नेपाल निर्माणमा दलित महिलाको भूमिका’ गोष्ठीमा सहभागी दलित महिलाहरू । गोष्ठीमा करिब ३ सय दलित महिला सहभागी थिए ।
(तस्वीर : सन्तोष पोखरेल )

बन्दिपुर August 6, 2007, 2:25 pm

Bandipur a place of picturesque town

Filed under: Uncategorized

Bandipur is a picturesque town nestled in the Himalayan foothills of Nepal, a land as famous for its natural beauty as for the hospitality of its people. Bandipur lies midway between the capital Kathmandu and Pokhara, another popular tourist destination. Situated on a hilltop above the highway town of Dumre, Bandipur captivates the visitor with its cultural appeal and pristine scenery. This Newar town has maintained its age-old flavour, and presents sightseers with a heady mix of history, architecture, incredible views, awesome caves and unspoiled landscapes.
(more…)

बन्दिपुर July 24, 2007, 5:30 pm

तनहुँमा एकवर्षभित्र एड्सबाट ५५ को मृत्यु

Filed under: समाचार

तनहुँ जिल्लामा गत आर्थिक वर्षमा एचआईभी/एड्सबाट ५५ जनाको मृत्यु भएको एड्स सङ्क्रमितका पक्षमा काम गर्दै आएको तनहुँ सहयोगी समूहले जनाएको छ ।

ब्यास नगरपालिकामा १४, काहुँ शिवपुरमा १५, बैडीमा चार, कोटदरबारमा १० र भीरकोट गाविसमा १२ जनाको एड्सबाट मृत्यु भएको समूहकी अध्यक्ष तारादेवी थापा मगरले जानकारी दिइन् । उनका अनुसार तनहुँमा एकहजार दुईसय ६१ जना एचआईभी/एड्स सङ्क्रमित छन् ।

कमिटी सपोर्ट ग्रुपमार्फत एड्स सङ्क्रमितहरूको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको समूहले जनाएको छ । समूहले गत आर्थिक वर्षमा जिल्लाका विकट १० गाविसमा एड्सविरुद्ध सचेतना कार्यक्रमसमेत सञ्चालन गरेको थियो ।

विशेषगरी भारतमा रोजगारी गरी घर फर्किएका पुरुष र महिला एड्सबाट सङ्क्रमित हुने गरेको समूहले बताएको छ ।

बन्दिपुर July 19, 2007, 4:26 am

बन्दीपुरमा पर्यटक कमी

Filed under: समाचार

सन्तोष पोखरेल (Kantipur)
पर्यटकीय स्थल बन्दीपुरमा पर्यटकको आगमनमा कमी आएको छ ।
पोखरा आसपासका पर्यटकीय स्थलको प्रवर्द्धनका लागि सरकारले ‘भिजिट पोखरा’ कार्यक्रम घोषणा गरेपनि बन्दीपुरमा भने पर्यटक कम आएका हुन् ।

ऐतिहासिक र प्राकृतिक रूपमा रमाइलो बन्दीपुर टाकुरामा ३० पर्यटकमात्रै आएका छन् । गत वर्ष २ सयभन्दा बढी पर्यटक आएका थिए । (more…)

बन्दिपुर July 3, 2007, 5:40 pm

तनहुँमा पनि स्याउ फल्यो, हेर्ने छक्क फलाउने मक्ख

Filed under: समाचार

अमरराज नहर्की, (तनहुँ)।
गर्मी ठाउँमा स्याउ फल्छ भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ तर तनहुँका कृषक वासु कडरियाले असार मासको चर्को गर्मीमा स्याउ फलाएर सबैलाई चकित पारिदिएका छन्।
व्यावसायिक रूपमा कृषि पेसा अँगालेका पुर्कोट गाविस-१, चितीखोलाका कृषक कडरियाले लटरम्मै स्याउ फलाएपछि यति बेला उनको घरमा स्याउको बोट हेर्न आउनेको दिनहुँ भीड लागेको छ।
‘गर्मी ठाउँमा पनि स्याउ फलेको देख्दा म त तीनछक्क परेँ’, घाँसीकुवा गाविस-४ देउरालीका राजन पन्थले भने- ‘सीप भए यही माटोमा सुन फल्छ भनेको साँच्चै हो रहेछ।’ उनको यो उदाहरणीय कार्य देखेर पन्थजस्तै अन्य पनि चकित छन्। (more…)

बन्दिपुर May 22, 2007, 11:23 am

दिनको चौबीसै घण्टा र साताको सातै दिन बिरामीको सेवामा खटिएका छन्, डा दीपकराज काफ्ले ।

Filed under: Uncategorized

घनश्याम खड्का/बन्दीपुर
“बाफ रे, यस्ता डक्टर पनि हुने रहेछन् !” अचेल गाउँलेहरू उनका बारेमा यस्तै टिप्पणी गर्छन्, “चौबीसै घण्टा अस्पतालमै बस्दारहेछन् यी त ।”

हुन पनि अस्पतालमा कहिल्यै डाक्टर नभेटेका तनहुँ, बन्दीपुरका गाउँलेका लागि एउटा मीठो आश्चर्य बनेर प्रकट भएका छन्, डाक्टर दीपकराज काफ्ले, २९ । अहेब र पियनको भरमा चलिरहेको चार दशक पुरानो बन्दीपुर अस्पतालको रूप आफू आएको छ महिना पनि बित्न नपाउँदै बदलिदिएका छन् उनले । डाक्टर नहुँदा सानोतिनो उपचारका लागि पनि ‘राजाको गाउँ’ हान्निनुपर्ने विवशतामा अल्झेका हजारौँ गाउँले दैलोअघिल्तिर सेवा पाउँदा कम्ता खुसी छैनन् । हुनलाई डाक्टरको दरबन्दी त पहिले पनि हुन्थ्यो यहाँ । तर, अस्पतालमा डाक्टरको दर्शन मिल्नु स्यालको सिङ फेला पर्नुजत्तिकै असम्भव थियो त्यसबेला । (more…)

इतिहासले बिर्सेको व्यक्तित्व

Filed under: Uncategorized

श्रीभद्र शर्मा
कविराज रामप्रसाद खनाल यस्तो व्यक्तित्व हनुुहुन्छ जसलाई नेपालको इतिहासले बिर्सनै हुँदैन । तर आज बिडम्बना यही छ कि उहाँ जस्तो व्यक्तित्वलाई पनि इतिहासले मात्र होइन समसामयिक समाजले समेत बिर्सन थालेको छ । यसै कारण नै आज म यहाँ उहाँकाबारे संक्षेपमै मात्र भने पनि केही चर्चा गर्न लागेको छु ।

कविराज रामप्रसाद खनालको जन्म वि.स. १९६५ मा तनहुँ सिम्पानीको प्रसिद्घ खनाल वंशमा लक्ष्मीदत्त खनालको तेस्रो पुत्रको रूपमा हुन गएको हो । उहाँको प्रारम्भिक शिक्षा गाउँमा नै भए पनि उहाँले उच्च शिक्षाका लागि काठमाडौंमा आएर अध्ययन गर्ने अवसर पाउनु भएको हो । उहाँ काठमाडौं छोडेर गाउँतिर लाग्दासम्म नेपालमा कुनै राजनैतिक गतिविधि शुरु भइसकेको थिएन । त्यसैले पनि उहाँले पहाडमा गएर कुनै राजनैतिक गतिविधिमा लाग्ने कुरो संभव थिएन । त्यसैले उहाँले समाज सेवाको बाटो रोज्नुभयो र शिक्षा र स्वास्थ्यलाई आफ्नो कार्यक्षेत्र बनाउन थाल्नुभयो । तर यी दुबै क्षेत्रलाई उहाँले आफ्नो आजीविकाको माध्यम चाहिं कहिल्यै पनि बनाउनुभएन । यी दुबै क्षेत्रमा उहाँले जे जति पनि सेवा गर्नुभयो त्यो सबै निःस्वार्थ सेवामात्र थियो । यी दर्ुइ क्षेत्रमध्ये पनि उहाँको बढी रुचि शिक्षाक्षेत्रमा नै थियो । (more…)

बन्दीपुरले मोहनी लगायो प्रचण्डलाई

एक-दुइ घण्टाका लागि तनहुँको बन्दीपुर घुम्न गएका नेकपा -माओवादी)का अध्यक्ष प्रचण्ड एक दिन पूरै बसे।

व्यस्त समय भएकाले एक दुइ घण्टासम्म तपाईहरूलाई भेटेर फर्किहाल्छु भनेको त बन्दीपुरलाई छाड्नै मन लागेन अध्यक्ष प्रचण्डले बन्दीपुरवासीलाई भने- ?म बन्दीपुर घुम्न फेरि आउँछु धीत मरेको छैन।?

अध्यक्ष प्रचण्डलाई मात्र होइन उहाँकी श्रीमतीलाई पनि बन्दीपुरले मोहनी लगायो। साँच्चिकै स्वर्गको टुक्रा रैछ बन्दीपुर प्रचण्डकी श्रीमती सीताले भनिन्- ?प्राकृतिक सौन्दर्य त्यसमाथि मौलिक संस्कृतिले सुनमा सुगन्ध थपेको रै?छ।?
माओवादी अध्यक्ष प्रचण्ड बन्दीपुर घुम्न शनिबार यहाँ आइपुगेका हुन्।

सो अवसरमा बन्दीपुरवासीले भव्य स्वागत गरेका थिए। उहाँले बन्दीपुरमा रहेको ऐतिहासिक स्थल सहिद स्मारक बाटिका, खड्कदेवी मन्दिर, बन्दीपुर अस्पताल, टुँडिखेल, नोट्रेडेम बोर्डिङ स्कुल, ऐतिहासिक घर निकै रुचिपूर्वक अवलोकन गर्नुभएको थियो। सो अवसरमा प्रचण्डले बन्दीपुरका समस्याबारे जानकारी लिनुभएको स्थानीयवासी सुमन श्रेष्ठले बताए।

स्थानीय समाजसेवी राजकुमार श्रेष्ठले बन्दीपुरको अवलोकन गर्ने क्रममा आफ्नो घरदैलोमा नै
प्रचण्डलाई भेट्न पाउँदा स्थानीय बासिन्दा निकै खुसी भएको बताउनुभयो। एकदिनको बन्दीपुरको भ्रमणपछि अध्यक्ष प्रचण्ड आइतबार दिउँसो राजधानी र्फकनुभएको छ।

Filed under: Uncategorized

History
Bandipur was established as a funnelling point of trade by Newar traders fanned out from the Kathmandu valley after Prithvi Narayan Shah conquered his would-be capital.

The town was once a prosperous trading centre. Its substantial buildings, with their neoclassical facades and shuttered windows, bespeak past glories. Originally a simple Magar Village, it was settled in the early nineteenth century by Newars from Bhaktapur, who took advantage of its malaria free location to develop it into an important stop along the India-Tibet trade route. With them they brought their rich cultural heritage and architecture and which, still today, defines the look and feel of the modern day Bandipur.

Bandipur had its heyday in the Rana times (1846-1951), when, as a measure of its power and prestige, it was granted special permission to have its own library (which is still going). However the town began to lose its edge in the 1950s, when the eradication of malaria in the Terai made travel easier there. In the 1960s, the district headquarters was moved from Bandipur to Damauli, and the completion of the Prithvi Highway in 1973 shifted commerce to Dumre, leaving Bandipur a semi-ghost town.

Ethnicity

A Magar womenBandipur was earlier settled on by the Magars. But Bandipur today is the cultural mix of different ethnicities and beliefs. The town now is a concoction of various ethnicities like the Bahuns, the Chettris, the Newars, the Damais, Kamis, Sarkis, Kasais, Magars and Gurungs.

Tourist Attractions
Bandipur draws lots of tourists round the year. It is accessible easily from Kathmandu and Pokhara. This hill-station provides breath-taking view of the Himalaya mountain range. October to January is the best time to visit.

Bandipur Bazaar is the market of the town with stone paved street, lined with the traditional houses. It hosts the historic Bandipur library and Bindyabashini temple at its center. Various Newari and Magar festivals are held in the town many times in a year. Cultural shows are arranged several times during tourist seasons and festivals. Sorathi and Chutka dances are very popular.

Tundikhel is a field on the north of the town that provides an excellent view of some of the highest mountains in the world, including Dhaulagiri, Machhapuchhre, Langtang, Manaslu and Ganesh. It also provides excellent view of the Marsyangdi valley below, the Manakamana hill and the legendary Gorkha palace.

बन्दिपुर April 10, 2007, 7:51 am

सबै गाविसमा ताररहित फोन

Filed under: Uncategorized

तनहुँका कुल ४६ वटा गाविसमा सिडिएमए प्रविधिमा आधारित ताररहित फोन वितरण भएपछि सिङ्गै जिल्ला सञ्चार सुविधा सम्पन्न भएको छ ।

ताररहित फोन गाउँमा आएपछि एक कल टेलिफोन गर्न घण्टौ हिड्नुपर्ने बाध्यताबाट मुक्ति पाएको मिर्लुङ्ग गाविस निवासी इमान सिंह गुरुङले बताउनुभयो ।
हरेक गाविसमा आठ दलका प्रतिनिधिको सिफारिसमा प्रत्येक गाविसको प्रत्येक वडामा १/१ लाइन ताररहित सि-फोन वितरण भएको टेलिकम दमौली शाखाका अधिकृत बलराम अधिकारीले बताउनुभयो ।
तनहुँका सतिस्वाँरा, क्यामिन लगायतका गाविसमा ताररहित फोनबाट इन्टरनेट सञ्चालनमा आएको छ । सि-फोन मोबाइलभन्दा चार गुणा शक्तिशाली हुने हुँदा तनहुँका हरेक गाविसमा सि-फोन प्रभावकारी रहेको अधिकारीले बताउनुभयो ।

बन्दिपुर February 5, 2007, 6:45 am

एकको मृत्यु, दुघटनापछि पृथ्वीराजमार्ग अवरुद्व

Filed under: Uncategorized

कास्की, माघ २१ - दर्ुघटनामा मोटरसाइकल चालकको मृत्यु भएको घटनालाई लिएर पीडित पक्षले आइतबार प्रहरीलाई कब्जामा लिई दिनभर पृथ्वी राजमार्गको लेखनाथ सडक खण्ड अवरुद्व पारेका छन् । (more…)

बन्दिपुर January 28, 2007, 11:27 am

दमौलीमा अस्पताल सञ्चालन

Filed under: Uncategorized

सदरमुकाम दमौलीमा समाजसेवीहरूको सक्रियतामा स्थापना गरिएको व्यास नगर अस्पताल शनिबारबाट सञ्चालनमा आएको छ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ चिकित्सक डा. बुद्धिबहादुर थापाले सो अस्पतालको उदघाटन गर्नुभयो।
सो अवसरमा उहाँ आफू तनहुँमै जन्मेका-हुर्केकाले आफूले बेलाबेलामा जिल्लावासीको स्वास्थ्य परीक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम नेपाली कांग्रेस प्रजातान्त्रिकका केन्द्रीय सदस्य अमरराज कैनीले राजनैतिक संकटको अन्त्य नभएसम्म कुनै पनि क्षेत्र फस्टाउन नसक्ने हुँदा लोकतन्त्रलाई दिगो बनाउन आग्रह गर्दै स्वास्थ्य संस्थाको निर्माणले सबै वर्ग लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।
अस्पताल सञ्चालक समितिका पदाधिकारी तथा तनहुँ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वृषराज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता अस्पताल सञ्चालक समिति सदस्य माधवबहादुर पन्त, डा. सुमनलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी काशीनाथ मरासिनी, पूर्वनगरप्रमुख ताराप्रसाद श्रेष्ठ, पत्रकार महासंघ तनहुँका सभापति प्रदीप काफ्लेलगायतले बोल्नुभएको थियो।

बन्दिपुर January 25, 2007, 10:38 am

Filed under: Uncategorized


मङ्सिरको अन्तिम साता बन्दीपुरमा नवगायक राजन पाण्डेको गीति भिडियो छायाङ्कन गर्दै निर्देशक आलोकको टोली।

शान्ति कलश र्‍याली

Filed under: Uncategorized

तनहुँको व्यास नगरपालिका-३ घाँसीकुवा सेहरास्थित मनकामना आश्रमको आयोजनामा बुधबार बृहत् शान्ति कलश र्‍याली गरियो।
राष्ट्र शान्तिको कामना गर्दै सो र्‍यालीको आयोजना गरिएको थियो। आश्रम प्राङ्गणबाट भजन-कीर्तनका साथ शुरु गरिएको सो र्‍यालीले दमौली नगरको परिक्रमा गरेको थियो। र्‍यालीमा शिक्षक, विद्यार्थी तथा भक्तजनहरुको ठूलो भीड थियो।
यसैबीच सोही आश्रमको प्राङ्गणमा वाचन शिरोमणि पण्डित स्वर्गीय नारायणप्रसाद पोखरेलका सुपुत्र दीनबन्धु पोखरेलबाट शुक्रबारदेखि श्रीमदभागवत महापुराण सप्ताह सञ्चालन हुने भएको छ।

बन्दिपुर January 18, 2007, 12:40 pm

बन्दीपुरे मोडल

Filed under: Uncategorized

१७ वर्षीया रुसा थापा बन्दीपुरकी एक मात्र मोडल हुन्, जसले चर्चित पप गायक राजु लामाको नयाँ म्युजिक भिडियोमा मोडलिङ गर्ने मौका पाएकी थिइन् । उनी भन्छिन्- ‘त्यसबेला काठमाडौंकी एक मोडलले अभिनय गर्ने कुरो थियो, तर बन्दीपुर राजधानीबाट टाढा भएको र धेरै दिन बसेर सुटिङ गर्नुपर्ने भएर उनले छोडिन् अनि मैले खेल्ने मौका पाएँ ।’


रुसा स्कुल जीवनदेखि नै कला क्षेत्रमा लागेकी थिइन् । सांस्कृतिक कार्यक्रमका सिलसिलामा उनी भारतको उडिसा र काठमाडौंसम्म पुगिसकेकी छन् । राजुको म्युजिक भिडियोमा खेलेपछि अहिले आफूलाई काठमाडौंबाट पनि थुप्रै अफर आएको रुसाले बताइन् । रुसाले दुइ वटा लोक गीत र गुरुङ भाषाको चलचित्र थिला नासोमा साइड डान्सरको रुपमा अभिनय गरिसकेकी छन् । मौका पाएको खण्डमा चलचित्रमा नायिकासमेत बन्ने उनी इच्छा व्यक्त गर्छिन्

बन्दिपुर January 17, 2007, 7:01 am

तनहुँ महोत्सव सुरु, लोकतन्त्रमा नेता होइन जनता डराउनु पर्छः कांग्रेस महामन्त्री पौडेल

Filed under: Uncategorized

पूर्व सभामुख तथा नेपाली कांग्रेसका महामन्त्रि रामचन्द्र पौडेलले माओवादीले शान्ति संम्झौता विपरित काम गरेकोले जनता अझै त्रसित वन्नुपर्ने अवस्था कयमै रहेको बताउनु भयो । उहाँले लोकतन्त्रमा जनता हैन नेता डराउनु पर्दछ भन्नुभयो ।
(more…)

बन्दिपुर December 12, 2006, 10:53 am

हलिउड बन्दीपुर

Filed under: Uncategorized

यत्रो सुन्दर नगरीको रुपमा चर्चित ठाउँ भए पनि नेपालले विदेशी चलचित्र कम्पनीलाई भित्र्याउन नसक्नु दुःखलाग्दो कुरा हो । अहिले हलिउडले र्याम्बोको नयाँ भाग थाइल्यान्डको घना जंगलमा सुटिङ गरिरहेको छ । यसबापत उनीहरुले लाखौं डलर पाउने भएका छन् । रोपको स्विजरल्यान्ड र नेपालको बन्दीपुरमा छायांकन गर्नु धेरै फरक छ । अस्ट्रियाको साल्जवर्गमा मुस्कुराएर गह्रुँगो क्यामरा भिरी त्यसमा कैद गर्नु, पोखरा र बन्दीपुरवरिपरिका दृश्य कष्टकर खुड्किला र अप्ठ्यारा भू-भाग छिचोल्दै क्यामरामा कैद गर्नु फरक छ ।

किनकि यो आफैंमा रोमाञ्चकारी अनुभव बन्न सक्छ । यो फरक र रोमाञ्चक अनुभूतिको नेपालीले मेसो पाएका छैनन् । बरु युरोपेली र अमेरिकी निर्देशकहरुले यसको चाल पाइसकेका छन् । त्यसैले त उनीहरु नेपालको मल्लकालीन परिवेशलाई समेटेर चलचित्र बनाउन स्थलगत भ्रमणका लागि बन्दीपुरसम्म पुग्ने गर्छन् ।
सात वर्षअगाडि ‘क्याराभान’जस्तो विश्व प्रसिद्ध चलचित्र बनाएर नेपालको चर्चालाई विश्वभर पुर्याएका फ्रान्सेली निर्देशक एरिक भ्यालीले हालसालै सुटुक्क बन्दीपुरको भ्रमण गरेका थिए । उनी मल्लकालीन राजाबारे चलचित्र बनाउन सम्भावित छायांकनस्थल अध्ययन गर्न बन्दीपुर आएको बुझियो ।

कामना संवाददाताले यसबारे जिज्ञासा राख्दा एरिकले भने- ‘यो ऐतिहासिक र सुन्दर नगरीमा काठमाडौं र भक्तपुरका नेवारहरु आएर बस्ती बसालेकाले यहीँ मल्लकालीन परिचय पाउने आशामा यहाँसम्म आइपुगेको हुँ ।’
कुराकानीकै क्रममा एरिकले भने- ‘यो मुलुकसँग विश्वमा कहीं कतै नभएको भर्जिन ठाउँहरु छन् । संसारकै लागि मिल्ने सुटिङ स्थल छन् । जुन अहिलेसम्म अलिकति पनि प्रकाशमा आएको छैन । बन्दीपुर बारेमा पनि म आफैं पढ्दै, खोज्दै यहाँसम्म आइपुगेको हुँ । प्रकृतिको सुन्दर दृश्यलाई पर्दामा उतार्न अन्तराष्ट्रिय जगत्मा यो भन्दा सुन्दर ठाउँ अन्यत्र पनि होलान् तर पृथ्वीमा छरिएर रहेका सुटिङ स्थलमध्ये बन्दीपुरको आफ्नै पहिचान छ । उनी अगाडि भन्छन्- ‘अहिले नेपालमा शान्ति स्थापना हुन लागे पनि म अर्को क्याराभान बनाउन त सक्दिनँ तर अरु दुइ-चार वटा कथावस्तु खोजिरहेको छु । त्यो खोजाइ भोट-काठमाडौंबीचको व्यापारिक साइनो पनि हुन सक्छ भने अर्कोतिर द्वन्द्वका कारण पहाडी बस्तीबाट हुलका हुल काठमाडौं र भारततिर पलायन भएको कथा पनि हुन सक्छ ।’
सन् २००४ मा हलिउड र निर्माण कम्पनीको सहयोगमा प्रसिद्ध अमेरिकी पर्वतारोही डेविट ब्रेरिस्यारले सगरमाथाबारेमा नयाँ चलचित्र बनाएका थिए । उनी पनि गत कात्तिकमा बन्दीपुर बजारको मध्यभागमा भेटिए । कुराकानीकै सिलसिलामा डेबिटले भने- ‘दुइ वर्षअगाडि सगरमाथाबारे चलचित्र बनाउन यहाँ आउँदा कसैसित बोल्नेसमेत फुर्सद थिएन । सो चलचित्र हलिउडमा प्रदर्शन भएपछि त्यसले नेपाललाई विदेशमा चिनाउन ठूलो मद्दत पुर्याएको थियो । सो चलचित्र छायांकन गर्ने सिलसिलामा मैले ६ करोड यतै खर्च गरेको थिएँ । तर म अहिले शुद्ध पर्यटकको रुपमा बन्दीपुर घुम्न आएको हुँ । अब यहाँ घुमफिर गरेपछि नयाँ कथावस्तुमा आधारित चलचित्र बनाउने विचारमा छु ।’
उनले ठूल-ठूला आँखा पारेर भने- यत्रो सुन्दर नगरीको रुपमा चर्चित ठाउँ भए पनि नेपालले विदेशी चलचित्र कम्पनीलाई भित्र्याउन नसक्नु दुःख लाग्दो कुरा हो । अहिले हलिउडले र्याम्बोको नयाँ भाग थाइल्यान्डको घना जंगलमा सुटिङ गरिरहेको छ । यसबापत उनीहरुले लाखौं डलर पाउने भएका छन् । अहिले युरोपेली कम्पनीहरु पनि धमाधम त्यतैतिर ओइरिन थालेका छन् । तसर्थ नेपाल सरकारले पनि यहाँको सुटिङ स्थलबारे जानकारी दिन सकेमा उनीहरु यतैतिर आउन सक्छन् । सुविधा मात्र उपलब्ध गराउन सक्नुपर्छ ।’
डेबिट अगाडि भन्छन्- ‘बन्दीपुरसँग अनौठो विशेषता छ । यो सुन्दर हिमालबाट नजिक भएर पनि धेरै चिसो नहुनु, एउटै ठाउँबाट अग्ला-अग्ला शिखर लामो हिम शृङ्खलाका रुपमा देखिनु दुर्लभ अवसर हो । ८ हजार मिटर अग्लो धौलागिरीदेखि पूर्वमा लाङटाङ हिमाल र्छलंगै देख्न सकिने ठाउँ संसारमा अर्को छैनजस्तो लाग्छ । त्यसैले बन्दीपुर सुटिङ स्थलका लागि नेपालको हलिउड बन्न सक्छ ।’
सुन्दर नगरी बन्दीपुर काठमाडौंबाट १ सय ४३ किमी पश्चिम तनहुँ जिल्लाको बन्दीपुर गाविसमा पर्दछ । समुद्री सतहबाट १ हजार ३० मिटरको उचाइमा रहेको बन्दीपुर बजार पूर्व-पश्चिम भएर फैलिएको छ । बन्दीपुरबाट लामो हिमशृङ्खलाको अवलोकन गर्न सकिने हुनाले यो पर्यटनको थलो र राम्रो सुटिङ स्थल पनि बन्न सक्छ ।
यहाँबाट हिमालको दृश्यावलोकन गर्न बिहान वा साँझको समय उपयुक्त मानिन्छ । बजारको पश्चिमपट्टि रहेको गुरुङचे डाँडाबाट सर्ूयाेदयको दृश्य र बजारको पूर्वपट्टि रहेको रानीवनको डाँडाबाट पनि पश्चिममा धौलागिरी हिमालदेखि पूर्वमा लाङटाङ हिमालसम्म एकैचोटि हेर्न सकिन्छ । यस्तो अनुपम सौर्न्दयको फाइदा उठाउने चलचित्र निर्माण कम्पनी छँदैछैन भने पनि हुन्छ ।
बन्दीपुरका स्थानीय बासिन्दा चिजकुमार श्रेष्ठ भन्छन्- ‘पहिले यहाँ सान्नानी, भाइटीका र भरोसा चलचित्रको सुटिङ भएको थियो । उनीहरुले यहाँ आएदेखि नजाउन्जेलसम्म खान र बस्नका लागि लाखौं खर्च गरे । भरोसा युनिट महिनौंसम्म बस्दा यहाँका बासिन्दालाई रमिता मात्र भएन स्थानीय बासिन्दाको जीवन उकास्न केही सहयोग पनि भयो । त्यसपछि भने काठमाडौंबाट सुटिङ युनिट आएको जानकारी छैन । प्रचार-प्रचारको कमीले गर्दा पनि यसो भएको हो कि केही थाहा छैन ।’
अर्का स्थानीयवासी कृष्ण पिया भन्छन्- ‘बन्दीपुरलाई सरकारले व्यापक प्रचार-प्रचार गरिदिए यहाँ हलिउड र बलिउडका सुटिङ कम्पनीलाई मात्र होइन विश्वको ध्यान यतातिर तान्न सकिन्थ्यो । हिजोआज यहाँ फाट्टफुट्ट रुपमा म्युजिक भिडियोको मात्र सुटिङ हुने गरेको छ ।’ नेपालमा अन्तराष्ट्रिय स्तरका चलचित्र र वृत्तचित्र छायांकन नभएका होइनन् । हिन्दी चलचित्रको कुरा गर्ने हो भने लामो सूची तयार हुन सक्छ ।
२०२२ सालतिर फ्रान्सले सर्वप्रथम ‘द म्यान केम फ्रम हङकङ’ काठमाडौं र भक्तपुरमा सुटिङ गरेको थियो भने हलिउडको एक फिल्म कम्पनीले पनि ‘वे टु काठमाडौं’को सुटिङ गरेको थियो । हङकङले पनि २०३० सालतिर ‘द गोल्डेन हार्वेस्ट’को सुटिङ नेपालमा गरेको थियो । युरोपको प्रसिद्ध फिल्म निर्माण कम्पनी साहाराले पनि ‘लिटिल बुद्ध’ सन् १९९१ मा नेपालमै सुटिङ गरेको हो । यहाँ उनीहरुले ४० करोड नेपाली रुपियाँ खर्च गरेका थिए । सोही चलचित्र निर्देशक एरिक भ्यालीले ‘क्याराभान’ चलचित्र बनाए । यसका प्रमुख पात्र थिन्ले अहिले अन्तराष्ट्रिय पात्र बन्न पुगेका छन् । यी चलचित्रहरुले नेपालको पर्यटन व्यवसायमा वृद्धि गर्नुका साथै नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय र सुटिङ स्थल हो भन्ने पुष्टि गरेको छ ।
‘नेपाल सरकारले ५० वर्षमा पनि देशको पहिचान गराउन सक्दैनथ्यो जति मेरो चलचित्र क्याराभान रिलिज हुँदा भयो । क्याराभान रिलिज हुँदा नेपालमा ७० प्रतिशतले फ्रान्सेली पर्यटक बढेका थिए । क्याराभान ओस्कार अवार्डमा जानु यहाँकै सौर्न्दयको कमाल हो’ -एरिकले भने । तर अहिले पनि मलाई चलचित्र बनाउन बंगलादेश र थाइल्यान्डबाट प्रस्ताव आएको छ । यहाँ क्याराभान बनाउनुअघि डोल्पा पुग्ने अनुमति दिइएको थिएन । म लुकीछिपी त्यहाँसम्म पुगेर सुटिङका लागि अध्ययन गरें । तर सरकार आफैंले पनि प्रचार-प्रसार गर्न सके नेपाल सुटिङ स्थलका लागि वरदान साबित हुनेछ -उनले भने ।
सुटिङका लागि बन्दीपुरका केही महत्वपूर्ण स्थान
बन्दीपुर बजार ः पूर्व-पश्चिमसम्म फैलिएको बन्दीपुर बजारमा दायाँ-बायाँ लहरै ठडिएका नेवारी वास्तुकला झल्काउने घरहरु रहेका छन् । यो क्षेत्रका घरहरु काठमाडौं उपत्यकाको वास्तुकलासँग मिल्दाजुल्दा छन् । बजारको मध्यभागमा प्यागोडा शैलीमा निर्माण गरिएको विन्ध्यवासिनी मन्दिर रहेको छ भने यसको दक्षिणतिर महालक्ष्मीको मन्दिर छ ।
टुँडिखेल ः टुँडिखेल बन्दीपुर बजारबाट उत्तरपट्टि १० मिनेटको बाटोमा रहेको छ । २० रोपनी जग्गामा फैलिएर रहेको सो खुला चौरबाट पश्चिमतिर गुर्जा हिमाल, धवलागिरी, माछापुच्छ्रे, लमजुङ, मनास्लु, हिमालचुली, बौद्ध, डाकुरा, गणेश र लाङटाङका हिमशृङ्खला देख्न सकिन्छ । यो ठाउँबाट तलपट्टि ठाडो भिरालो भाग रहेको सल्लाको जंगल छ । हिमाललाई नजिकबाट सुटिङ गर्न यो ठाउँ अति उपयुक्त छ ।
गुरुङचे डाँडा ः बन्दीपुर बजारबाट पश्चिमपट्टि गुरुङचे डाँडा रहेको छ । जहाँ ३० मिनेटमा यो डाँडाको शिखरमा पुग्न सकिन्छ । यो डाँडामा थानीमाईको मन्दिर छ । यहाँबाट सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ ।
रानीवन ः रानीवन बन्दीपुरबाट पूर्वपट्टि रहेको सल्लाको जंगल छ । यो ठाउँ पनि दृश्यावलोकनका निम्ति अति प्रख्यात छ । यहाँ सुटिङ गर्न सके सल्लाको जंगल र दक्षिणतिर नवलपरासी जिल्लासम्मको दृश्यलाई क्यामरामा कैद गर्न सकिन्छ ।
रामकोट ः बन्दीपुरबाट पश्चिममा रमणीय मगरगाउँ रामकोट रहेको छ । बन्दीपुर बजारबाट डेढ घण्टामै यो ठाउँमा पुग्न सकिन्छ । मगरहरुको मौलिक गोलघर रहनु यो ठाउँको प्रमुख आकर्षा हो । - हिकमत

बन्दिपुर December 4, 2006, 12:22 pm

यस वर्ष सुन्तलाबाट तनहुँमा राम्रो आम्दानी

Filed under: Uncategorized

तनहुँ, मङ्सिर १७ गते । सुन्तला खेतीको लागि उर्वरभूमि मानिने तनहुँमा यस वर्षकरिब चार करोड रुपियाँ मूल्य बराबरको सुन्तला उत्पादन हुन सक्ने अनुमान जिल्ला कृषि विकास कार्यालय तनहुँले गरेको छ । यहाँका सुन्तला व्यापारीहरू आफ्नै घरदैलोमा बसीबसी लाखौँको सुन्तला व्यापार गरिरहेका छन् । तनहुँ जिल्ला पहाडी क्षेत्र भए पनि सडक यातायातको सुविधा र सवारीसाधन घरदैलोमा गुड्नथालेपछि कृषकहरूलाई निकै राहत मिलेको छ । विगतका वर्षो तुलनामा यसवर्षसुन्तला उत्पादन राम्रो भएकाले कृषकहरू हषिर्त भएका छन् । जिल्लाको बन्दीपुर, पाटन, रूपाकोट, छिपछिपे, तनहुँसुर, बैदी, जामुने, राइपुर, धरमपानी, वसन्तपुर, मतपाङ्ग, छाङ्ग, क्यामिन, घाँसीकुवा भीरकोट, अरुणोदय, काहुँ र आबुखैरेलीलगायतका २३ गाविसलाई सुन्तलाखेतीको लागि पकेट क्षेत्र मानिएको छ । यो गाविसमा एक हजार भन्दा बढी कृषक सुन्तला खेतीमा संलग्न छन् । गत वर्षतीन करोड रुपियाँको सुन्तला बिक्री भएकोमा यस वर्षफूल फुल्ने समयमा राम्रो वषर्ा भएको, असिना नपरेको, रोग र कीराको प्रकोप कम भएका कारण सुन्तलाको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो । सुन्तला खेती गरी बर्सर्ेे एक लाख पचास हजार रुपियाँ आम्दानी गर्ने बन्दीपुरका जितेन्द्र श्रेष्ठ यस वर्षसुन्तलाबाट दर्ुइ लाख पचास हजार रुपियाँसम्म आम्दानी गर्ने आशा राखेको बताउनुहुन्छ । एक-दर्ुइ वर्षघि डेढ-दर्ुइ घण्टा लगाएर भरियालाई बोकाएर सदरमुकामलगायतका बजार क्षेत्रमा पुर्‍याएर बेचिन्थ्यो । अहिले त्यस्तो समस्या छैन, स्याम्घा गाविसका सुन्तला व्यापारी ज्ञानेन्द्र काफ्ले बताउनुहुन्छ ।

पुस ५ देखि तनहु महोत्सव

Filed under: Uncategorized

पर्यटकीय स्थलको प्रचुरता रहे पनि ओझेलमा परेको तनहुँलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गराउन पहिलोपटक महोत्सव गरिन लागेको छ ।

तनहुँ उद्योग वाणिज्य संघले आगामी पुस ५ देखि ११ सम्म तनहुँ महोत्सव गर्न लागेको हो । संघका अध्यक्ष एवं महोत्सव तयारी समितिका संयोजक शान्तिरमण वाग्लेले पोखरामा आयोजित पत्रकार सम्मेलनमा भने ‘पर्याप्त पर्यटकीय स्थल रहेर पनि ओझेलमा परेकाले प्रवर्द्धन गर्न महोत्सव गर्न लागेको हो ।’

तनहुँमा मिर्लुङकोट, मानुङकोट, छिम्केश्वरी लेक र हिलेखर्क टाकुरा पदयात्राका लागि प्रसिद्ध छन् । यस्तै सदरमुकामदेखि उत्तरपूर्वी क्षेत्रमा ऐतिहासिक सेनवंश राजाको दरबार छ । धार्मिक क्षेत्रमा प्रसिद्ध देवघाट धाम, ढोरबाराही, छाव्दीबाराही, आधुमुल, अकला मन्दिर प्रसिद्ध मन्दिर पनि छन् ।

यस्तै नेपालकै सबैभन्दा अग्लो रक क्लाइम्बिङ रमणीय बन्दीपुर क्ष्ाेत्रमा पर्छ । ‘यी क्षेत्र अहिले पनि ओझेलमा छन्’ महोत्सव तयारी समितिका प्रवक्ता हरिसिंह गुरुङले भने- ‘पर्यटकीय स्थलको विकास गर्न र स्थानीय कला एवं संस्कृतिको जगेर्ना गर्ने महोत्सवको प्रमुख उद्देश्य हो ।’

आयोजकले महोत्सव अवधिमा एक लाख २० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेका छन् । महोत्सवमा १ सय ३१ स्टल रहनेछन् ।

बन्दिपुर November 29, 2006, 5:40 am

पौषको ५ देखि ११ गते सम्म तनहुँ महोत्सव २०६३ को आयोजना हुने

Filed under: Uncategorized

आरजु
८/१२ “तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक-सामाजिक विकासको पर्ूवाधार” भन्ने नारा सहित तनहुँ महोत्सव २०६३ यही पौषको ५ देखि ११ गते सम्म तनहुँको दमौलि स्थित विपि वनवाटिकामा आयोजना गरीने भएको छ । र्
पर्यटन, जैविक तथा सांस्कृतिक विविधताले विशेष महत्व राख्ने यो महोत्सव अन्य ठाउँको भन्दा फरक हुने आयोजकको दावी छ । बहुजाति, बहुभाषि, भेषभुषा पर्यटन, धार्मिक पर्यटन, ऐतिहासिक स्थल तथा ट्रेकिङले गर्दा तनहुँले विशेष परीचय बोकेको मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाकारी दिइयो । सामाजिक विकासका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको तनहुँ उद्योग वाणिज्य संघले जनाएको छ ।
आदीवासि जनजातिको कला, संस्कृति र परम्परा महोत्सवको थप आकर्षा हुने जनाईएको छ । मगरग्रामका लागि कोईदिम, गुरुङका लागि पुलिमराङ, नेवार समुदायको तनहुँसुर, हटिया, दरै जातिको जुडेपानी, डिहिगाउँ, तामाङको चामवास र बोटेग्रामका लागि व्यास ५ लगाएतका रहनसहन, बोलिबचन, परीकार, चालचलन-संस्कार आदी महोत्सवमा प्रत्येक्ष अवलोकन गर्न सकिने छ ।
अन्य ठाउँमा आयोजना हुने महोत्सव भन्दा तनहुँमा आयोजना गरीने यो महत्सव फरक भएको तनहुँ उद्योग वाणिज्य संघका पर्ूव अध्यक्ष अशोक श्रेष्ठले बताउनुभयो । तनहुँ महोत्सवको १ हप्ते कार्यक्रममा पर्यटकिय तथा धार्मिक क्षेत्रको भ्रमण गर्राईने बताईएको छ । देवघाट, छाव्दिवाराही, ढोरवाराही, पाञ्चायन, क्यामिन, कालिका, अकलाथान सत्रसय, चर्च भादगाउँ जामे मस्जिद, वौद्ध गुम्वा आदी प्रमुख धार्मिक पर्यटकिय क्षेत्र रहेका छन् ।
यस्तै वेसि, टारी बगैंचा, भञ्ज्याङ, मिर्लुङकोट, मानुङकोट, हिलर्ेखर्क तथा तनहुँसुरलाई विशेष प्याकेज कार्यक्रममा समावेश गरीएको जनाईएको छ । पर्यटन सम्बन्धि विशेष प्याकेज कार्यक्रम २ दिने, ३ दिने र ५ दिने रहेका तनहुँ उद्योग वाणिज्य संघले जनाएको छ ।
स्मरण रहोस् तनहुँको विकासका लागि दर्ीघकालिन, मध्यकालिन र अल्पकालिन गरी ३ वटा मूख्य लक्ष्य लिइएका छन् ।

बन्दिपुर November 22, 2006, 1:03 pm

फर्केर हेर्दा बन्दीपुर

Filed under: Uncategorized


के.पी. गौतम
वि.सं. २०२५ सम्म तनहँ जिल्ला सदरम’काम रहेको बन्दीप’र बजार ऐतिहसिक व्यापारिक केन्द्र पनि थियो । भारतीय बजारबाट उपभोग्य सामान ल्याएर बागमती र गण्डकीका जिल्लाहरूमा आपूर्ति गराउने यो व्यापारिक नाका पृथ्वी राजमार्गको निर्माणसँगै स’क्नथाल्यो । जिल्ला सदरम’काम समेत दमौलीमा सारिएपछि त सख्खा नै भयो । यहाँका व्यापारीहरू चितवन र काठमाडौंतिर लागे । बन्दीप’र शून्य नै भयो । तर अहिले बन्दीप’रले प’नर्जीवन पाउन थालेको छ । मान्छेको आवातजावत बढेको छ । आर्थिक गतिविधि बढ्दो छ । यसको कारण हो– पर्यटनको प्रवर्द्धन । ग्रिसको हिड्रा शहर उहिल्यै पानी जहाजहरूको …ट्रान्जिट’ ह’न छाडेपछि बन्दीप’रजस्तै स’ख्खा भएको थियो । घोडा र खच्चडको शहर अर्थात् पाङ्ग्रे गाडीविहीन यो सहर अहिले पर्यटकबाट भरिभराउ बनेको छ । यसैगरी सम’द्री जनावरको संरक्षणमा ख्याति कमाएको, विश्वसम्पदा सूचीमा परेको इटलीको रियोमाजोरे शहरले नि पर्यटनकै कारण आर्थिक प’नर्जीवन पाएको छ । यी दर्’इ सहरले बन्दीप’रसँग नाता गाँसेका छन् । पर्यटनबाट आफूहरूले प’नर्जीवन पाएपछि विगतमा आफूजस्तै बनेका अर्थात् …मृत शहर’ लाई प’नर्जीवन दिन पर्यटन पर््रवर्द्धनमा सहयोग गर्ने उनीहरूको चाहनाबमोज बन्दीप’रले पनि लाभ लिन थालेको छ । बन्दीप’रका रैथाने, गा.वि.स., बन्दीप’र सामाजिक विकास समिति तथा बन्दीप’र इको कल्चरल ट’रिज्म प्रोजेक्टलगायतको प्रयत्नकै स्वरूप बन्दीप’रले नयाँ जीवन पाउँदै छ । आन्तरिक पर्यटन नै यसरी फस्टाउँदै गएको छ कि यतिखेर त यहाँका होटलहरू सबै भरिभराउ छन् ।

घरघरमा पेइङ गेस्ट राख्ने गरिन्छ । आगन्त’क समूहहरू टँ’डिखेलमा ल टाँगेर बस्छन् । ठूलो ट’डिखेलमा …क्याम्प फायर’ गरी नाच्दै गाउँदै रात बिताउँदाको मज्जा बेग्लै ह’न्छ । झन स्थानीय च’ट्का, ङ्गद’रे, सोरठी नाचहरू आयोजना गरिए त रमाइलोको लागि अरू के चाहियो - बरु च’ट्का नाच्ने य’वतीहरूले आफूसँगै नाच्नका लागि पाह’नाहरूलाई तान्छन् । तीपाह’नाले ती य’वतीका कपालमा …फूल’ -पैसा) लगाइदिंदा भेदभावर् गर्नह’दैन, नत्र य’वतीहरूको मन फाट्न सक्छ । पाह’नाको स्वागत सत्कारका लागि बन्दीप’रेहरू रौसिन्छन् । स्थानीय पथपर््रदर्शक - गाइड) काशीनाथ भट्टर्राई भन्छन्– तपाईं राति ‰वाइँखट्टे खाएर सडकमै स’त्न’भयो भनेमात्र बिहान उठ्दा आफूलाई नाङ्गै पाउन’ह’नेछ नत्र एक्लै हिंड्दा, बाटो बिराउँदा, रमाइलो गर्दा क’नै अस’रक्षा महस’स गनर्’पर्दैन । म’ल’कमा सशस्त्र द्वन्द्वको अन्त्यका ल श’रु भएको प्रक्रियाले पनि बन्दीप’रवासीलाई उत्साही बनाएको छ तर द्वन्द्वका बेला माओवादीले बम विस्फोट गरी क्षत्रि्रस्त पारेको प्रहरी चौकीको खण्डहर र एक प्रहरी जवानलाई थिचेर मारेको त्यसको एक खम्बा अहिलेसम्म पनि सडकमै छ । यसले विगतको त्रासदीलाई सम्झाइरहेको छ, झस्काइरहेको छ । अनि यहाँको टेलिफोन टावर पनि अहिलेसम्म सञ्चालन ह’नसकेको छैन । बन्दीप’रवासीको चाहना छ, अब यी संरचनाको प’नःनिर्माण र सञ्चालन होस् ।

राज्यसत्ताका झेदार बनेका माओवादी कार्यकर्ता के अब हिजो आफूले ध्वस्त पारेका संरचनाको प’नःनिर्माणका लागि आउलान् - विगतमा स’रक्षित रूपमा कार्यक्रम चलाउन सकिने भएकोले व्रि्रोही माओवादीका कार्यकर्ताको आवतजावत बढी ह’नेगरेको बन्दीप’र अब काठमाडौंबाट एक रात बिताउन जानेदेखि चितवन र पोखरातिरका विद्यार्थीहरूको पिकनिक स्थल बनेको छ । गाडी रिजर्भ गरेर साँझ बन्दीप’रमा बास बस्न जाने, भोलिपल्ट सूर्योदय र स्थानीय सम्पदाहरूको अवलोकन गर्ने, वनभोज गर्ने र र्फकने समूहहरू बढ्नथालेका छन् । त्यसो त यहाँ घ’म्ने धेरै ठाउँ छैनन् तर एक रातको बसाइका लागि यो ठाउँ पर्याप्त छ । प्रसिद्ध पर्यटकीय सहर पोखराबाट काठमाडौं र्फकने पर्यटकहरूलाई बाटैमा पर् बन्दीप’र थप आर्कषण हो । ट’ँडिखेलको डिलमा बसेर हिमशृङ्खला, लम्बेतान मर्स्याङ्दी नदी र यसले बनाएको फाँटको दृश्य मनमोहक छ । पर्यटकलाई सजिलोको लागि य’रोपियन कमिसनको सहयोगमा बन्दीप’र इको कल्चरल ट’रिज्म प्रोजेक्टले ट’ँडिखेलको डिल वरपर तारबार लगाएको छ, बाटो र बस्ने ठाउँ, शौचालयहरू बनाएको छ । यसैगरी बन्दीप’रका प’राना घरहरूको मौलिकता कायम राख्दै प’नःनिर्माणमा सहयोग प’र्‍याएको छ र ती घरहरू पाह’ना घर बनिरहेका छन् । बन्दीप’र प’रानो व्यापारिक केन्द्र र पर्यटकीय स्थलमात्र होइन, यसको ऐतिहासिक राजनीतिक महìव पनि छ । नेपालको एकीकरणदेखि २००७ को राजनीतिक आन्दोलनका गाथा यसमा छन् । स्थानीय बासिन्दाहरूका अन’सार २००७ को क्रान्तिमा राणाशासक पराजित भएपछि त्यहाँका शासकले तनह’ँका क्रान्तिकारी योद्धाहरू धर्मध्वज ग’रुङ, उत्तरक’मार श्रेष्ठ, चन्द्रबहाद’र सार्की, खड्गबहाद’र गोदार, सन्तबहाद’र राना मगर र धर्मराज श्रेष्ठसमेतको हत्या गरी एउटै खाल्डोमा प’रेर भागेका गिए ।

त्यही स्थानमा यी वीर सहिदहरूको सम्झनामा स्मृति वाटिका निर्माण गरिएको छ । यसैगरी, यहाँको खड्गदेवि मन्दिरमा जातीय भेदभाव छैन, दशैंको फूलपातीमा मन्दिरको खड्ग पूजामा बाह’न, मगर, काम सबैको सहभागिता ह’न्छ । काठमाडौंबाट १४३ किलोमिटर पश्चिममा पर्ने बन्दीप’रमा मोटर चढेर प’ग्नसकिन्छ र एकै दिनमा यसको अवलोकन सकिन्छ । तर …हाइकिङ’ -हिंड्न) चाहनेका लागि पनि यो स्थान रमाइलो छ । बन्दीप’रबाट एक डेढ घण्टा ओरालो झरेपछि …भाल’मिम’ - मगरभाषा, भाल’को ग’ँड) मा आइप’गिन्छ । यो भाल’मिम विशाल ग’फा हो र नामकरण सिद्ध ग’फा गरिएको छ । पृथ्वी राजमार्गमा पर्ने विमलनगरबाट पनि जम्मा ३०–४० मिनेट उकालो चढेपछि प’गिने यो ग’फा एसियाकै ठूलो ग’फा हो भन्ने दाबी गरिंदैछ । विभिन्न शाखाहरूबाहेक २२० मिटर लम्वाइ र सबैभन्दा उचाइ २१० फिट रहेको यो ग’फा २०४४ चैत १९ गतेमात्र स्थानीय चारजना तथा एक विदेशीले पत्ता लगाएका थिए । एकैपटक हजारौं जना अटाउने यो ग’फामा अरु ग’फामा जस्तो अक्सिजनको कमी ह’ँदैन । ग’फाको श’रु र अन्त्यमा हावा छिर्ने ठाउँ भएकोले यो ग’फाभित्र गर्मी मौसममा चिसो र चिसो मौसममा तातो अन’भव ह’न्छ । …यो पर्यटक लागि नयाँ र आकर्ष गन्तव्य स्थल हो’ सडकमार्गबाट पोखरा जाने पर्यटकहरूलाई यो ग’फाको अवलोकन गराउनसकिने बन्दीप’र इको ट’रिज्म प्रोजेक्टका प्रोग्राम अफिसर पवन चित्रकार भन्न’ह’न्छ । यो प्रोजेक्ट र स्थानीय बासिन्दाको सहयोगमा सिद्ध फा विकास समितिले ग’फासम्मको पैदलयात्रामा सजिलो पार्न बाटो निर्माण, दृश्यावलोकन स्थल र शौचालयहरू पनि बनाएको छ । गाडीबाट विमलनगरमा ओर्लेपछि पर्यटकका लागि समितिले स्थानीय गाइडको व्यवस्था गरेको छ । सिद्ध ग’फा विकास समितिका अध्यक्ष लालक’मार श्रेष्ठका अन’सार सिद्ध ग’फा अवलोकनका लागि टाढा टाढाबाट विद्यार्थीहरू आउने गरेका छन् र दैनिक औसत ५०– ७० जना अवलोकनकर्ता ह’नथालेका छन् । ग’फा अवलोकनकर्तालाई विमलनगरस्थित विकास समितिले रु. २० भाडामा हेडलाइट उपलब्ध गराउँछ ।

बन्दिपुर September 27, 2006, 6:53 am

- दुर्घटनापछि पृथ्वी राजमार्ग अवरुद्ध

Filed under: Uncategorized

पृथ्वी राजमार्गको आदमघाट खण्डमा ट्रकको ठक्करले मंगलबार साँझ नाबालिकाको मृत्यु भएको छ । उनकी आमा गम्भीर घाइते भएकी छन् । घटनापछि आक्रोशित स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेकाले सयौं यात्रु र सवारी साधन अलपत्र परेका छन् ।

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मालवाहक ट्रकको ठक्करले कल्लेरी मूलाबारीकी पाँच वषर्ीया सुजिता श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनकी आमा विमलालाई काठमाडौंतर्फ लगिएको छ । घटनाको विरोधमा स्थानीयवासीले गरेको चक्काजाम राति अबेरसम्म खुलेको छैन ।

बन्दिपुर July 4, 2006, 7:45 am

अस्पताल छ, विमारी छन् तर चिकित्सक भने छैनन

Filed under: Uncategorized

दमौली- प्राथमिक स्वास्थ्य केन्द्र, दमौली अस्पतालमा परिणत भएको तीनवर्ष बितिसक्दा पनि यहाँ दरबन्दी अनुसारको चिकित्सक नहुन विमारीले समयमा उपचार पाउन सकिरहेका छैनन् ।
अस्पताल घोषणा भएपछि दुई चिकित्सक थप हुने भनिए पनि विगतमा जस्तै एकजना चिकित्सकले नै पुरै अस्पताल हेर्नु पर्दा बिरामी मर्कामा परेका हुन् ।
अस्पतालका डा.केदारप्रसाद सेन्चुरी दरबन्दी अनुरूपको चिकित्सक प्राप्त हुन नसक्दा आफूलाई कठिनाई परेको बताउनुहुन्छ । एक जना चिकित्सक सहित २६ जना कर्मचारीले अस्पतालमा सेवा पुर्याइरहेका छन् ।
पटकपटक स्वास्थ्य मन्त्रालयमा दरबन्दी पठाइ दिन आग्रह गरे पनि सुनुवाई नभएको अस्पताल विकास समितिका पदाधिकारीहरू बताउँछन् ।
२५ शैयाको यस अस्पतालमा सोचेअनुसारको स्वास्थ्य सेवा पाउन नसक्दा आफूहरु पोखरा, काठमाडौ र चितवन जान बाध्य भएको बिरामीहरू बताउछन् ।

बन्दिपुर July 3, 2006, 8:33 am

पाठशाला कारागार

Filed under: Uncategorized

अरू कैदी अपराधबोधले अतीत र वर्तमानलाई धिक्कार्दै निरास मुद्रामा कारागारको छिँडीमा दिन गनिरहँदा उनी पुस्तकका पानामा घोत्लिरहेका भेटिन्छन् । अरू मस्त निन्द्रामा हुँदा पनि उनी तिनै पुस्तकमा ध्यान दिइरहन्छन् ।

आमरूपमा यातनागृह ठानिने कारागार तनहुँ, रूपाकोटका रामजी कार्की, १९, का लागि भने संसार बुझ् ने पाठशाला भएको छ । प्रेमिकाको हत्या गरेको अभियोगमा दमौली कारागारमा तीन वर्षदेखि जन्मकैदको सजाय भोग्दै आएका उनी जीवनप्रति कति पनि निरास छैनन् ।

भन्छन्, “पहिला जे भयो भयो, अब बाँकी जीवन अध्ययन र चिन्तनमै बिताउनेछु ।” भर्खरै उनले कारागारको फलामे ढोकाभित्रै शिक्षा सङ्कायको कक्ष्ाा ११ को परीक्षा सके । स्कुले जीवनमै जेल परेका उनले कक्षा १० र प्रवेशिकाको परीक्षा पनि यसैगरी उत्तीर्ण गरेका थिए ।

शान्त स्वभावले एकान्तमा पढ्ने, लेख्ने बानी परेका उनको प्रशंसा जेलभरकिा सुरक्षाकर्मी गर्छन् । “आफ्नै भरमा पढेर जाँच दिइरहेछ बरु,” जेलर पदमराज खनालले भने, “भर्खर जेल परेको तोडमा एसएलली दिँदा पनि राम्रै अङ्क ल्याई द्वितीय श्रेणीमा पास भयो । गरे के नहुने रहेछ र !”

कार्कीकै अनुरोधमा आफन्तले घरछेउको त्रिभुवन उच्च माविमा उनलाई भर्ना गरििदएका हुन् । पाठ् यक्रमअनुसारको पुस्तक किनेर कारागारको कोचाकोचमै उनले ती पुस् तक छिचोले । कलेजमा पढ्ने विद्यार्थी शिक्षण अभ्यासका लागि विद्यालय चहार्छन् । उनीचाहिँ जेलकै कैदीलाई पढाएर अनुभव बटुल्छन् ।

“जेलका सबैलाई पढाउँछु,” उनी भन्छन्, “मेरो अभ्यास बढ् ने, उनीहरूको ज्ञान !” आफूलाई पढाउने र नजानेका कुरा सिकाउने साथी पाएकामा कैदी पनि कम्ता खुसी छैनन् । दमौली कारागारको इतिहासमा कलेज पढ्ने उनी पहिलो हुन् ।

घनश्याम खड्का/दमौली

बन्दिपुर June 27, 2006, 8:39 am

खण्डहर बन्दैछ भानुगृह

Filed under: Uncategorized

तनहुँ जिल्लाको भानु गाविस-३ स् िथत चुँदी रम्घामा २०५५ सालमा पुनःनिर्माण गरएिको आदिकवि भानुभक्त आचार्यको भानुगृह ०६० वैशाखमा लागेको डढेलोले नष्ट भएपछि अहिलेसम्म पुनःनिर्माण गरएिको छैन ।

संरक्षणको अभावमा खण्डहर बन्दै गइरहेको ढुङ् गा र माटो जडान गरी बनाइएका गाह्रोहरू पूरै भत्केका छन् भने भानुगृह पुनःनिर्माण गर्दा प्रयोग गरएिका काठको नाल र भर्‍याङ्लगायत अन्य सामग्रीहरू बेबारसिे अवस्थामा छन् ।

भानुगृह परसिरमा रहेका आँगन, तुलसीको मठ, गोठ, पर्खाल र चौतारोसमेत जीर्ण बन्दै गइरहेका छन् ।

आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारति नेपाली कथानक चलचित्र आदिकवि भानुभक्त को छायाङ्कन गर्नका लागि पुनः निर्माण गरएिको यो भानुगृहलाई जङ्गलमा लागेको पटकपटकको डढेलोबाट बचाउन नसकेको स्थानीय बासिन्दा बताउँछन् । भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक नवीनराज दाहाल भानुगृह रहेको ठाउँमा नै भानुभक्तीय शैलीको घर पुनःनिर्माण गरनिुपर्नेेमा जोड दिन्छन् ।

कुल सात रोपनी क्षेत्रफलमा फैलिएको भानुगृहको खण्डहरको खबरसँगै यस वर्षको भानु जयन्ती पनि आइसकेको छ । तर, भानुगृह निर्माण हुने कुनै सङ्केत देखिँदैन ।

साभार नेपाल

बन्दिपुर June 24, 2006, 5:12 am

एघार सन्तानकी आमा बलात्कृत

Filed under: Uncategorized

तनहुँ जामुने गाविस-१ की ११ सन्तानकी आमा बोल्न नसक्ने एक महिलालाई स्थानीय १८ वषर्ीय चन्द्रबहादुर थापाले गत जेठ २५ गते बलात्कार गरेको समाचार खुल्न आएको छ । घरमा कोही नभएको बेला गत जेठ २४ गते थापा बलात्कार गरी बेपत्ता भएको र २९ गते मात्र स्थानीय गाउँलेले थाहा पाई जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न जाँदा उल्टै प्रहरीले हप्काएर ढिलो भएको भन्दै उजुरी दर्ता नगरेको बुझिएको छ ।
त्यस्तै, बुटवल नगरपालिका-६ लक्ष्मीनगर निवासी राधा थापासँग स्थानीय ४० वषर्ीया धनकुमार कुवँरले श्रीमान् विदेश गएको समयमा अवैध यौनसम्बन्ध राखेको अभियोगमा माओवादीले धनकुमारलाई पक्राउ गरी छानबिनपछि एक लाख रुपैयाँ जरिवाना तिराएका छन् । विगत लामो समयदेखि श्रीमती राधा थापाले परपुरुषसँग यौनसर्म्पर्क राख्दै आएको पति निर्मलले रंगेहात फेलापारेपछि श्रीमतीलाई घरबाट अंश दिएर अलग गराइदिएका छन् ।

बन्दिपुर June 21, 2006, 6:12 am

बयालीस वर्षपछि फेरि पढाइ

Filed under: Uncategorized

उखानै छ, खाने मुखलाई जुँगाले छेक्दैन । तनहुँकी मीना राई, ५६, भन्छिन्, “पढ्नेलाई उमेरले रोक्दैन ।” सँगैका दौँतरी वानप्रस्थ जीवनको सुरसार गररिहेकै बेलामा मीना भने उत्साहले भरएिर लेखपढ गर्दैछिन् । “उतिबेला भनेजति पढ्न पाइएन,” पढाइ छाडेको ४२ वर्षपछि यसपालिदेखि सदरमुकाम दमौलीस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पसमा कक्षा ११ मा भर्ना भएकी उनले भनिन्, “अब कामकाजी जीवनमा अलि होलो भएको छ । बाँकी समय पढेरै बिताउने सुरसारमा छु ।”


दुई छोरा, एक छोरी र पाँच नातिनातिनाकी धनी मीना यसै साता सुरु भएको परीक्षामा सहभागी भएकी छन् । “आम्मै यति पाको मान्छे पनि हामीसँगै,” समयले अनुहारभर िपारेको चाउरी लिएर परीक्षाहलमा देखापरेकी मीनालाई आफूसँगै देख्दा उनका नातिनातिनीभन्दा पनि कलिला परीक्षार्थी आश्चर्यचकित भए, “यो त अनौठो भयो ।”
पढ्ने भनेको केटौले उमेरकाले मात्रै हो भन्ने मान्यता भएकाको आँखामा अनौठो देखिए पनि मीना आफैँले भने बुढ्यौलीको यो पढाइलाई स्वाभाविक ठानेकी छन् । चौध वर्षको हुँदा ०२१ सालमै प्रवेशिका गरेकी मीनाले शिक्ष्ाा सङ्काय रोजेकी छन् । ३५ वर्षदेखि प्राथमिक शिक्ष्ाकका रूपमा जागिरे जीवन बिताइरहेकी उनी भर्ना भएदेखि बिहान क्याम्पसमा नियमित गएकी छन् ।

बन्दिपुर March 6, 2006, 10:02 am

प्रवासी नेपालीको प्रयास

Filed under: Uncategorized

नेपाल बाहिर प्रवासी जीवन विताईरहेका नेपालीहरुलाई सहि सुचना, समाचार विविध जानकारी, जनचेतना जगाउने प्रमुख उद्देश्यसहित फाल्गुण १८, २०६२ अर्थात मार्च २, २००६ गतेका दिन अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज वासिङ्गटन डि.सी केन्द्रका सचिव, अनेसास साउदी च्याप्टरका संस्थापक सभापति, एल. वि -सागर) श्रेष्ठको उपस्थिती एवं पत्रकार राजु विक्रम खतिवडाको सभापतित्व तथा विभिन्न संघ संस्थाका प्रमुखहरु, पत्रकार, व्यापरी, बुद्धिजिवी समाजसेवी तथा र्सबसाधारणको उपस्थितिमा साउदी अरबस्थित दमाम शहरको एक नेपाली होटेलमा ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौन धारण गरी नयां वेब र्साईट www.prabasinepali.com को पानसमा बत्ति वाली समुद्धघाटन गरियो । उक्त वेब र्साईट साउदी अरबमा मात्र सिमित नभई नेपाल बाहिर प्रवासी जीवन बिताइरहेका नेपालीहरुलाई लक्ष्यित गरी लन्च गरिएको अनेसासका सचिव एवं उक्त साइटका निर्देशक सागर श्रेष्ठले बताए । उक्त र्साईटमा प्रवासमा प्रवासी नेपालीहरुका लेख-रचना तथा समचारलाई पहिलो प्राथमिकता दिनेमा जोड दिँदै साहित्य, कथा, कविता, संस्कृति समय सान्दर्भिक लेख रचनाहरु, साथै फोटो समाचारलाई पनि समावेश गर्दै लैजाने कुरा अवगत गरिएको खोजतलासमा प्रेषित समाचारमा जनाइएको छ ।
कार्यक्रमको सञ्चालन सिन्धुली प्रवासी सर्म्पर्क मञ्च तथा अनेसास साउदी च्याप्टरका कार्यकारिणी सदस्य भरत लामाबाट भएको स्वागत मन्तव्य अनेसास साउदी अरब च्याप्टरका महासचिव मोति चाम्लिङ्गले गरेको बताइएको छ । साउदी अरवस्थित विभिन्न संघ संस्थाका प्रमुखहरुले उक्त कार्यक्रममा प्रवासी नेपाली डट् कम्को उत्तरोत्तर प्रगतिको कामना गरेको बताइएको छ । कार्यक्रम बेलुकाको ९ बजेदेखि राती २ बजेसम्म चलेको थियो ।

सडक दर्ुर्घटनामा अठार घाइते

Filed under: Uncategorized

पृथ्वीराजमार्ग खण्डअर्न्तर्गत तनहु“को जामुने गाविस-३ तल्लो गुणादीमा आइतबार बिहान एक यात्रुवाहक बस दुघटनाग्रस्त हु“दा १८ जना घाइते भएका छन् भने घँइतेमध्ये दर्ुइको अवस्था गम्भीर छ। बाग्लुङबाट दमौली आउ“दै गरेको ना. २ ख ५०३५ नं.को यात्रुवाहक बस अनियन्त्रित भई घुम्तीमा ठोकिई नालीमा खसेर दर्ुघटना भएको प्रहरीले जनाएको छ। दर्ुघटनामा परी गम्भीर घाइते हुने युवकहरूमा पोखरा घर भई सोही ठाउ“को माछापुच्छ्रे बैंक प्रालिमा कार्यरत दीपक पौडेल र तनहु्“को छा· गाविस थर्पूनिवासी टीका गुरुङ रहेका छन्।

उनीहरूलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय तनहु“का प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले बताउनुभयो। घाइते अन्यको स्थिति गम्भीर नभएकाले दमौली अस्पतालमा उपचार भइरहेको र चालक फरार रहेको प्रहरीले जनाएको छ। त्यसै गरी पृथ्वी राजमार्गअर्न्तर्गत तनहु“को डुम्रे आ“बुखैरेनी खण्डमा पर्ने आ“बुखैरेनी गाविस-२ मा मोटरसाइकलले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार दर्ुइ जना घाइते भएका छन्।

बन्दिपुर February 20, 2006, 8:09 am

Filed under: Uncategorized
  • माओवादीका अध्यक्ष प्रचण्डको अर्न्तवार्ता
  • कान्तिपुर राष्ट्रिय दैनिकबाट साभार

    जनयुद्ध सुरु भएयता पहिलो पटक नेपाली सञ्चार माध्ययमलाई दिईएको अर्न्तवार्ता

    कान्तिपुर– देशमा शान्ति स्थापना गर्न तपाईंहरूको ‘बटमलाइन’ के हो ?

    प्रचण्ड– संसदवादी सात दलसँग हामीले जुन समझदारी गर्‍यौँ, त्यही ‘बटमलाइन’ हो । बाह्रबुँदे समझदारी संसारका प्रजातान्त्रिक शक्तिले स्वीकार्न सक्ने र देशको सङ्कटले निकास पाउनसक्ने न्यूनतम आधार हो । समझदारीपछि निकासलाई सहयोग गर्न हामीले युद्धविराम एक महिना थप्यौं । सबैभन्दा लोकतान्त्रिक विधि भनेको जनताको अभिमत लिनु हो । त्यसअनुसार चल्न सबै प्रतिबद्ध हुनेबित्तिकै निकास टाढा हुँदैन । घटनाक्रम र इतिहासले प्रष्ट गरेको के हो भने राजा, दरबार यो चाहँदैनन् ।

    प्रश्न– अधिकतम लक्ष्य नि ?
    प्रचण्ड– कम्युनिस्ट पार्टी हुनाले हाम्रो अधिकतम लक्ष्य समाजवाद, साम्यवाद हो । मार्क्सवाद, लेनिनवाद, माओवादलाई दार्शनिक, वैचारिक मान्यताका रूपमा स्वीकार गर्ने हरेकको अधिकतम लक्ष्य त्यही हुन्छ । तर अन्तर्राष्ट्रिय शक्तिसन्तुलन र देशको आर्थिक, राजनीतिक, सामाजिक परिस्थितिले हामीलाई अहिले त्यो लक्ष्यमा पुग्न दिँदैन । यो धरातलीय यथार्थ हामीले स्वीकार्नुपर्छ । वर्गशक्ति सन्तुलन र अन्तर्राष्ट्रिय परिस्थितिअनुसार लचिलो हुनुपर्छ भनेर हामीले लोकतान्त्रिक गणतन्त्र र संविधानसभा भनेका छौं । यो नीति हो, ट्याक्टिस होइन । तपाईंहरूका लेख, समाचार टिप्पणी मैले पढ्ने गरेको छु, हामीले बुझाउन नसकेको हुनसक्छ, अथवा तपाईंहरूलाई बुझ्न गाह्रो भएको हुनसक्छ, आफ्नो वर्ग दृष्टिकोणको कारणले, तपाईंहरूले मध्यमवर्गीय बुद्धिजीवीको प्रतिनिधित्व गर्ने कारणले भ्रम देखिएको हुनसक्छ । मध्यमवर्गलाई मात्र होइन, बुर्जुवा वर्ग राष्ट्रिय पूँजीपतिसम्मलाई पनि यो आवश्यक विधि हो ।

    कान्तिपुर– संविधानसभा ?
    प्रचण्ड– हो । संविधानसभा कम्युनिस्टहरूको माग होइन, पूँजीपतिहरूले धेरै पहिल्यैदेखि स्थापित गरेको लोकतान्त्रिक विधि हो । जनताले धेरै दुःख नपाउन् भनेर हामीले यो नीति बनाएका हौं । दरबारिया सामन्ती अभिजात वर्गका मानिस जानीबुझिकन हाम्रो यो नीतिलाई ट्याक्टिस मात्र हो भन्छन् । अर्कातिर विदेशी तागत, मुख्यतः अमेरिकी साम्राज्यवादलाई सबभन्दा बढी डर माओवादी आन्दोलन भएको छ । उनीहरूले हामीलाई तात्कालिक चुनौती भन्ने गरेका छन् । संविधानसभाको परिणाम स्वीकार गर्न हामी तयार हुने, त्यसपछि दलहरूसँग शान्तिपूर्ण प्रतिस्पर्धा गरेर जाने हाम्रो नीति प्रस्ट छ ।

    कान्तिपुर– कसरी ?
    प्रचण्ड– सात दलसँग हामीले भनेका छौं– तपाईंहरू संसद् पुनःथापना चाहनुहुन्छ, हामी त्यसलाई समर्थन गर्न सक्छौं । शर्त के हो भने निरंकुशता लाद्न चाहने राजाबाट पुनःथापना प्रयास नगर्नहोस्, सर्वोच्च अदालतमा पनि छायाँ परेको छ त्यता पनि नहेरौं । जनताको बीचमा आएर पुनःथापना गर्र्नुस्, हामी जनमुक्ति सेनालाई तुरुन्तै बदलिदिन तयार छौं ।

    कान्तिपुर– सेना बदल्ने भन्नाले ?
    प्रचण्ड– सात दललाई भनेका छौं, तपाईंहरूका पनि मान्छे राखेर साझा सेना बनाऔँ । हामीबारे भ्रम हुने एउटा आधार के हो भने हामीसँग सेना छ, बन्दुक छ । प्रजातन्त्र, लोकतन्त्रप्रति हाम्रो प्रतिबद्धता कति हो–होइन भन्नेबारे यही कारण अन्यौल छ । राष्ट्रिय सेना बनाऊँ । त्यसले लोकतन्त्र र संविधानसभाप्रति हाम्रो बुझाई प्रष्ट गर्नसक्छ भनेर हामीले प्रस्तावै राखेका छौं, गिरिजासँग पनि, माधवसँग पनि । शायद हामीले विषयको गहिराइ र मर्मलाई प्रष्ट गर्नसकेका छैनौं, साम्राज्यवादी र दरबारिया तत्वहरूले हाम्रा विरुद्ध धूवाँधार प्रचार गरेका छन्, भ्रम सृष्टि गरिरहेका छन् ।

    कान्तिपुर– साझा सेना बनाउने प्रस्ताव दलहरूलाई ‘जनयुद्ध’तिर पुर्‍याउने चाल होइन ?
    प्रचण्ड– (हाँसो) । दलहरू ०७ सालदेखि हमेसा दरबारप्रति आशामुखी हुने गरे, दरबारतिरै गएर सम्झौता गर्ने गरे । जनताप्रति विश्वास हुनुपर्थ्यो, जनताको तागतप्रति विश्वास हुनुपर्थ्यो । हामी संविधानसभा र लोकतान्त्रिक गणतन्त्रका लागि साझा सेना बनाऔँ भन्छौं । दल र हामी मिलेर समानान्तर सरकार बनाऔँ । तपाईंहरू संसद् पुनःथापना गर्नोस्, समर्थन गर्छौं, वार्तामा बोलाउनोस्, आउँछौं, सेना साझा बनाऔँ आधिकारिक र वैधानिक सरकार त्यो हुन्छ । त्यसले बहुसंख्यक जनताको प्रतिनिधित्व गर्छ । राष्ट्रसंघलगायत विश्वभरिलाई हामी अनुरोध गर्नसक्छौं, नेपालको यो वैधानिक सरकार हो भनेर । यस्तो प्रस्ताव पार्टीहरूलाई ‘जनयुद्ध’ मा ल्याउने चाल कसरी भयो ? बरु हामी पार्टीहरूको राजनीतिमा गएका हौं । संविधानसभा र लोकतान्त्रिक गणतन्त्रमा हामी गएका हौं । बुर्जुवा डेमोक्रेसीमा हामी गएका हौं ।

    कान्तिपुर– तपाईंहरूको हतियार कसरी व्यवस्थापन हुन्छ ?
    प्रचण्ड– दरबारले मान्दै मानेन भने दल र हामी मिलेर समानान्तर अन्तरिम सरकार बनाउने, मुक्ति सेना र दलका कार्यकर्ताको राष्ट्रिय सेना बनाउने हाम्रो प्रस्ताव छ । काठमाडौंसम्म समानान्तर सरकारको पकड हुनसक्छ । घटनाक्रमले गर्दा देश त्यतैतिर गइरहेको छ । तर बाह्रबुँदे समझदारीको तरिका अर्कै हो । अन्तर्राष्ट्रिय समुदायलाई भनिराख्या छौं, युरोपेली वा राष्ट्रसंघका भेटे पनि, हामी जनतासँग भन्न चाहन्छौं– समानान्तर सरकार बनाउन जरुरी हुँदै गएको छ । संविधानसभामा जान सबै तयार हुने हो भने अन्तरिम सरकार बन्छ, युद्धविराम हुन्छ, बहसको वातावरण बन्छ । अन्तरिम सरकारले चुनावसँगै राजनीतिक शक्तिहरूसँग अन्तरक्रिया गर्छ राजावादीसँग पनि । चुनावका लागि दुवै सेनालाई भरपर्दो अन्तर्राष्ट्रिय निगरानी राखौं, चुनावको नतिजापछि सेना र हतियारलाई राष्ट्रिय सेना र राष्ट्रिय हतियारमा बदलौं । त्यो राष्ट्रिय सेना हुन्छ ।

    कान्तिपुर– सेना गाभ्ने जटिल प्रस्तावले राजनीतिक प्रक्रियालाई गतिरोध पुर्‍याउँदैन?

    प्रचण्ड– राजनीतिक इच्छाशक्तिमा यो निर्भर गर्छ । इतिहासमा थुप्रै देशमा यसरी सम्झौता भएका छन् । देशलाई निकास दिन एउटा स्थितिमा सेनालाई रूपान्तरण गर्न सकिन्छ । रुसमा फेबु्रअरी क्रान्तिपछि जारशाहीको सेना र मिलिसियाबीच फ्युजन भएकै हो, सबैले विद्रोह गर्‍या पनि होइन ।

    कान्तिपुर– एकातिर अन्तर्राष्ट्रिय निगरानी खोज्ने, अर्कातिर साझा सेना बनाउने भन्ने, परस्पर विरोधी प्रस्ताव भएन ?
    प्रचण्ड– तपाईंहरू प्रस्ट हुनुपर्ने यही हो । संविधानसभाबाट जनताको कस्तो निर्णय आउँछ सेना त्यस्तै बन्छ । राजतन्त्र चाहिन्छ भन्यो भने हामी स्वीकार्छौं । हामी त्यहाँसम्म लचिलो भएका हौं । सक्रिय राजा चाहिन्छ भन्यो भने पनि मान्छौं, गणतन्त्र भन्यो भने त्यो पनि मान्नुपर्छ । संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र जो भन्ने गरिया छ, त्यो भन्छ भने पनि हामी तयार छौं । जनताको मत मान्छौं, अरूको मान्दैनौं । गणतन्त्र भयो भने सेनाको पुनर्गठन हुन्छ ।

    कान्तिपुर– संविधानसभासम्म पुग्ने बाटो के हो ?

    प्रचण्ड– दल र हामीबीच अलिकति अन्तर अहिले पनि छ । दल संसद पुनःथापना गर्न, त्यसैमा टेकेर हामीसँग वार्ता गर्न अनि अन्तरिम सरकार गठन गर्न भन्छन् । हामी सबै शक्तिको गोलमेच सम्मेलन चाहन्छौं । त्यसलाई वैधानिकता दिन राष्ट्रसंघ जस्तालाई बोलाउन सकिन्छ । सम्मेलनले अन्तरिम सरकार गठन गर्छ र संविधानसभा निर्वाचन प्रक्रिया बढाउँछ । राजाका प्रतिनिधि पनि सम्मेलनमा बस्छन्, निकास चाहन्छन् भने उनका मान्छे पनि बसून् ।

    कान्तिपुर– संविधानसभामा जान तयार भए राजालाई पनि केही अधिकार दिन तपाईंहरू चाहनुहुन्छ भन्ने देखियो, संसद पुनःथापना गरेर किन जान सकिंदैन ?

    प्रचण्ड– दलहरूले भनेजस्तो संसद् पुनःथापना या राजाले गरिदिनुपर्छ या सर्वोच्च अदालतले । राजाको नेतृत्वमा हुन्छ त्यो । बृहत् राजनीतिक सम्मेलनबाट बन्ने मन्त्रिमण्डलमा जनताको नियन्त्रण हुन्छ । राजाको पनि एउटा डिफ्याक्टो शक्ति छ भन्ने मान्या हुन्छ, राजनीतिक शक्ति मानेको हुँदैन । राजाद्वारा अन्तरिम सरकार बनाइने प्रक्रिया मानियो भने राजाको नेतृत्व पहिल्यै स्थापित हुन्छ, द्वन्द्व जहाँको तहीँ रहन्छ ।

    कान्तिपुर– प्रक्रियामा यस्तो मतान्तरले हिंसा जारी रहन्छ । सेना, प्रहरीतिर मरे पनि गरीब नेपालीको छोरा, तपाईंतिर मरे पनि गरीबका छोराछोरी, होइन ?

    (रोक्दै) डा. भट्टराई– संसारभरि त्यही हो, सर्प पनि नमर्ने, लाठी पनि नभाँच्ने त कहाँ हुन्छ ?
    प्रचण्ड– देशका सबै शक्ति यो लोकतान्त्रिक विधिमा सहमत हुनेबित्तिकै एउटै मान्छे पनि मर्दैन । सहमत हुने बित्तिकै अन्तरिम सरकार बनायो, संविधानसभामा गए भइहाल्छ ।

    कान्तिपुर– राजालाई सहमत गराउने उद्देश्यका लागि द्वन्द्व जारी राख्ने ?

    प्रचण्ड– लचिलो शब्दले राजालाई दबाब पुग्दैन । संसद् पुनःथापना माग्दा राजा मान्छन् भन्नु राजाले दया गरुन् भन्नु हो । हामी पार्टीहरूसँग के भन्छौं भने सीधै गणतन्त्रमा जाऔँ, संविधानसभामार्फत् लोकतान्त्रिक गणतन्त्र । मध्यमवर्गी बुद्धिजीवीको केही हिस्सा अझै पनि राजा सेरेमोनियल बसिदिए हुन्थ्यो भन्ने चाहन्छ । तपाईंहरू राजा सेरेमोनियल भएर बसिदिउन् भन्ने चाहनुहुन्छ भने पनि अब त गणतन्त्रभन्दा मात्र उनलाई दबाब पुग्छ । दुनियाँमा साँच्चै लाजमर्दो भयो, राजाको मात्र बेइज्जत भएको होइन, हामीलाई पनि महसूस हुन्छ नेपालकै बेइज्जत भयो । देशको यो बिजोग, यति लथालिंग, यति बेइज्जती भइसकेको छ । राजा त्यो बिन्दुमा आउन बाध्य हुनैपर्छ ।

    कान्तिपुर–संविधानसभाका लागि ?
    प्रचण्ड– हो । संविधानसभामा कति लेनदेन गर्ने भन्ने वातावरण बन्नसक्छ । अझै आशामुखी भएर बस्ने हो भने उनले केही पनि दिने छैनन् । हिजोको सम्बोधन (शाही घोषणा) ले त झन् प्रस्टै पारिदिएको छ ।

    “पुरानो सत्ताको शक्ति राजामा थियो, किनभने सत्ताको मुख्य अंग सेना उनको मातहत थियो”

    कान्तिपुर– सरकारबाट सशर्त संविधानसभाको प्रस्ताव आएको बुझिन्छ नि, हो ?
    प्रचण्ड– गएको माघ १९ देखि दरबार र दरबारको कुनै मान्छेसँग हाम्रो सम्बन्ध छैन, कुनै प्रस्ताव पनि आएको छैन । उनीहरूले घुमाएर कहिले राष्ट्रसंघका मान्छेमार्फत् कहिले त्यस्तै अन्तर्राष्ट्रिय संस्थामार्फत् सशर्त संविधानसभा प्रस्ताव गर्न खोजेको हामी संकेत पाउँछौं । ठाडै अस्वीकार गर्ने गर्‍या छौं किनभने सशर्त भन्नु सम्झौता हो, संविधानसभा होइन । संविधानसभा निशर्त मात्र हुन्छ । माघ १९ अघि हामीले राजासँगै वार्ता गर्छौं भनेका थियौं । पार्टीहरूसँग गरेर केही हुनेवाला छैन भन्नुको खास तात्पर्य थियो । हामी ०४६ सालको आन्दोलनको उपलब्धि पुग्या छैन, अझ बढी अधिकार जनतालाई चाहिन्छ भन्ने पर्‍यौं । त्यसैका निम्ति लड्ने पर्‍यौं, त्यसकारण अग्रगमनको निम्ति हामीले वार्ता गर्छौं भनेका थियौं ।

    कान्तिपुर– राजासँग मात्र गर्छु भन्ने अनि राजाले शक्ति लिएको घोषणा गर्नासाथ वार्ता गर्दिनँ भन्नु ढुल्पुले नीति भएन ?
    प्रचण्ड– पुरानो सत्ताको शक्ति राजामा थियो, किनभने सत्ताको मुख्य अंग सेना उनको मातहत थियो । माघ १९ गते हामीलाई बाटो बिराएका, आतंककारी भने । दललाई गाली गरेपछि त उनी समस्या समाधान गर्न चाहँदैनन् भन्ने पुष्टि भयो । पूरै शक्ति आफ्नो हातमा लिएर प्रतिगमनतिर गएपछि उनीसँग वार्ता गर्नुपर्ने अवस्था रहेन ।
    (रोक्दै) डा. भट्टराई– ल म आएँ, सबै बसेर अब समाधान गरौं भनेको भए पो हुन्थ्यो ! उनी हिजोको अधिकार पनि दिन्न पो भन्न आए !
    प्रचण्ड– तर्क त्यही हो । ल अब कसैले पनि भएन, म आएँ, अब माओवादी पनि वार्तामा आउनुपर्‍यो, पार्टीहरू पनि बस्नुपर्‍यो, म एकचोटि निकास दिन बल गर्छु भनेको भए परिस्थिति अर्कै हुन्थ्यो ।

    कान्तिपुर– तर तपाईंहरूले ‘सहर पस्ने’ भनेर आतंकवादविरुद्ध राजाको लडाइँलाई आफैं सहयोग पुर्‍याएको देखिएन ?
    प्रचण्ड– अमेरिकाले यस्तो भन्ने गरेको छ । बिन लादेन तयार पार्ने त्यही हो, सद्दाम हुसेन तयार पार्ने त्यही हो । ल्याटिन अमेरिका हेर्नुस्, अमेरिकाविरोधी जनमत बनेको छ । अमेरिका विरोधीहरूले चुनाव जित्न थालेका छन् । उसले इराक नियन्त्रण गर्नसक्ने स्थिति छैन । अर्को भियतनाम बन्ने स्थितिमा पुगेको छ इराक, अफगानिस्तान त्यहाँ पुगिराख्या छ । यिनले हामीलाई आतंककारी भन्ने ? जनतालाई रैती मान्ने नितान्त परम्परागत तागतलाई मान्यता दिएको छ उसैले । मोरियाटी (अमेरिकी राजदूत) हामीलाई बढाइँचढाइ भन्छन् । माओवादीले लिइहाल्छन् जस्तो, काठमाडौं घेरिहाल्छन् जस्तो जबकि हाम्रो स्थिति त्यो होइन । उनीहरूले घुमाइफिराइ के भन्ने गरेका छन् भने सेना चाहिँ राम्रो, राजाले अलि बुझेनन् । के अमेरिकाले कहीँ जनतालाई अधिकारसम्पन्न बनाउन खोज्या छ ? पचासौं वर्षको इतिहास हेर्ने हो भने प्रस्ट हुन्छ । अमेरिका हामीसँग यस्तो झस्किनु पर्ने कारण किन पर्‍यो ? किनभने ऊ वैचारिक संकटमा परेको छ ।

    कान्तिपुर– तपाईंको तात्पर्य राजालाई खास सहयोग अमेरिकाले गरेको छ ?
    प्रचण्ड– तथ्यले त्यो पुष्टि गरिरहेको छ । अहिले दलहरूमा पनि केही अन्योल छ, कतै हामी हावी हुने हौं कि भन्ने । कहिलेकाहीँ हामीलाई दुःख पनि लाग्छ, हामीले भनेका छौं दललाई– तपाईंहरू नै गर्नुस् नेतृत्व, हामीलाई चाहिया छैन । देश निकासतिर जानुपर्‍यो, सात दलका नेताहरूलाई हामीले भनेका छौं, तपाईंहरूले नेतृत्व गर्नस्, हामीलाई अहिले चाहिया छैन । हामीले नामै तोकेर पनि तपाईं हुनोस् समेत भनेका छौं । लोकतन्त्रको नेतृत्व दलका नेताले गरुन् भनिसकेका छौं । हामीले बीसौं शताब्दीको मूल्याङ्कन गरौँ, राज्यको नेतृत्वको हतारो हामीलाई छैन । हामीले आफ्नो विचार, बुझाइ र चेतना राख्न पाउनुपर्छ, हुन्छ । सात दलहरू आन्दोलन गर्न खोज्नुहुन्छ केही हुँदैन । समझदारी बन्यो, जनता ह्वारर्र आउन थाले । अर्कातिर अमेरिका र दरबारले भनिदिन्छ ल है आन्दोलन त पूरै माओवादी हुँदै गा’छ । बाबुरामजी, हामी कुरा गर्छौं केही गरे पनि सुख नपाइने, धर्म संकटमा पर्‍यौं हामी त !
    (रोक्दै) डा. भट्टराई– केही नगरे राजा बलियो हुने, गरे दल कमजोर हुने……(हाँसो)
    प्रचण्ड– स्थिति यस्तो छ हेर्नोस् ।

    कान्तिपुर– तपाईंहरू अन्तर्राष्ट्रिय मध्यस्थता चाहनुहुन्छ, के नेपाल आफैँले समाधान गर्न सक्दैन र ?
    प्रचण्ड– देशभित्रकै शक्तिहरू एकले अर्कालाई मिलाउन नसक्ने आन्तरिक कारण । दोस्रो चीन र भारतजस्ता विशाल देशहरूबीचको भूराजनीति । भारतले गर्दा चीनले नमान्ने, चीनले गर्दा भारतले नमान्ने हुनसक्छ । चीनले गर्दा अमेरिकालाई अमान्य हुनसक्छ । यस्तो त्रिकोण त्यहाँ पनि छ । राष्ट्रसंघ उत्तम हुन्छ भन्ने हाम्रो धारणा हो तर यही मात्र हुनुपर्छ भन्ने पनि छैन । विभिन्न शक्ति, संस्था लागिरहेकै छन् । चीन, भारत, अमेरिकालाई पनि मान्य हुनुपर्‍यो । मान्य हुने संस्था छन् । केही न केही अन्तर्राष्ट्रिय मध्यस्थताबिना निकासतिर अहिले जाँदैन । लडेर अन्तिममा कसले जित्ने एउटा कुरा हो, धेरै रक्तपात नहोस् भन्ने हामीले चाहेका छौं । रगत बगेको राम्रो लाग्या छैन, राम्रो लाग्ने कुरा पनि होइन । अब रगत बग्न बन्द होस् र निकासतिर जाओस् भन्ने हाम्रो चाहना हो तर हामीले कारबाही नगरे उनले अधिकार दिने छैनन् । तीनमहिने युद्धविराम निश्चित रूपमा निकासका लागि गरिएको थियो । राजाले हिजो पनि भने क्षणिक युद्धविराम गरेर विध्वंस मच्चाउने यो चाल हो रे ! हाम्रो त्यस्तो नियत थिएन । युद्धविराम शान्तिपूर्ण निकासका लागि दबाब थियो, ट्याक्टिस थिएन । पछि पार्टीहरूसँग समझदारी गरियो, जनमत बन्यो, अन्तर्राष्ट्रिय मत बन्यो, एक महिना थप्यौं राजालाई त्यो पनि दबाब थियो ताकि उनी निकासका लागि बाध्य बनुन् । उनले सोचे– ढाड भाँचिसक्यो, कमजोर भएको हुनाले शक्ति आर्जनका लागि (युद्धविराम) गरेका !

    कान्तिपुर– त्यसो होइन ?

    प्रचण्ड– होइन । उनले युद्धविराम गरेको भए त हामी वार्तामा गइहाल्थ्यौं ।

    कान्तिपुर– यही सरकारसँग वार्ता हुन्थ्यो ?
    प्रचण्ड– हो, पार्टीहरूसहित सामूहिक वार्ता हुन्थ्यो । सात दल र हामीबीच जुन समझदारी भा’छ, त्यसैगरी उनले पनि ल वार्तामा बसौं भन्न सक्थे । दलले पनि मान्थे, हामी पनि मान्थ्यौं । एकठाउँ बसिसकेपछि कसरी मिलाउने भन्ने छलफल हुन्थ्यो । उनले त उल्टो (हाम्रो) कमजोरीका रूपमा लिए ।

    कान्तिपुर– अहिले सरकारले युद्धविराम गर्‍यो भने वार्तामा जानुहुन्छ ?
    प्रचण्ड– अहिले युद्धविरामले मात्रै जान सकिंदैन । उनले राख्ने नीति हेर्नुपर्छ । युद्धविराम आन्दोलन डिफ्युज गर्ने नियतले आयो भने हामी मान्दैनौं, निकास दिने दृष्टिले आए मान्छौं ।

    कान्तिपुर– के हुनुपर्छ त ?
    प्रचण्ड– संविधानसभालगायत सबै विषयमा निशर्त वार्ता गर्न हामी खुला छौँ । साथै वार्ता हुने किसिमले युद्धविराम भए हामी सकारात्मक जवाफ दिनेछौं । तर त्यो सम्भावना देखिंदैन ।

    कान्तिपुर– जुन संख्यामा दलका कार्यक्रममा जनता आउन थालिसकेका थिए, त्यसबाट शान्तिपूर्णढंगले निर्वाचन बहिष्कार सफल हुनसक्थ्यो । होइन ?
    प्रचण्ड– होइन ।

    कान्तिपुर– चुनाव बिथोल्नै युद्धविराम नलम्ब्याइएको हो त ?
    प्रचण्ड– त्यो मात्रै होइन । उनले जसरी उत्तेजित पार्न खोजेका थिए, त्यसले मात्र पनि होइन । उत्तेजित पार्ने काम त उनीहरूले हाम्रो युद्धविराम शुरु भएदेखि नै गर्दै आएका थिए । पाल्पा, मोरङमा हाम्रा निरस्त्र कार्यकर्ता पक्रेर मार्न थालेकै थिए । पछिल्लो समयमा त्यसलाई बढाउन खोजेका थिए, जस्तो रोल्पामा अपरेसनको स्वाङ रचे । मुख्य कुरा चुनाव थियो । हामीले दबाब नदिइकन, युद्धविराम जारी राखेर चुनाव रोक्न सकिने स्थिति थिएन । कैयौं बुद्धिजीवी, पत्रकारलाई के लाग्या छ भने हामीले यो विद्रोह गरेकै कारणले राजाले सत्ता लिन पाए । शहरबजारमा बस्नेलाई गहिरो गरी यो पर्‍या छ । यो असाध्यै अवस्तुवादी, मनोगत र तथ्यरहित छ ।

    कान्तिपुर– किन त ?
    प्रचण्ड– ०७ र ०१७ सालबीच सशस्त्र विद्रोह थिएन, आन्दोलन थिएन । राजा महेन्द्रले निर्वाचित प्रधानमन्त्री फ्याँकेर ‘कु’ गर्दा देशमा माओवादी थिएनन्, विद्रोह थिएन । ०४६ सालमा दरबारियाहरू जनतालाई त्यति अधिकार पनि दिने पक्षमा थिएनन् । दाइले अधिकार दिए भन्ने झगडा चलिरहेकै थियो । हामी त्यसकारण जनआन्दोलन अधुरो छ भन्थ्यौं । जुन सम्झौता गरिएको छ त्यसबाट जनतालाई धोका हुन्छ भनेर हामीले त्यतिबेलै भनेका थियौं । भन्दैभन्दै हामी संसदमा पनि गएका थियौं । राम्रो होओस् भनेर हामीले (संसदमा) बल पनि गर्‍यौँ तर अभिजात वर्गका मान्छेहरू मौका पर्खिरहेका थिए । षडयन्त्रका संकेत देखिइसकेका थिए, मल्लिक आयोगको प्रतिवेदन कारबाही भएन । तिनलाई कारबाही गरेको भए अहिले यस्तो अवसरै पाउँथेनन्, पार्टीहरूले गल्ती गरे ।

    कान्तिपुर– यसरी यो हिंसाको चरण कहिलेसम्म ?
    प्रचण्ड– हामीले भनेजस्तो हो भने दुई तीन महिनामा यो टुंगिनुपर्छ । आउने चैत २४ गतेसम्म हिसाबकिताब प्रस्ट होस् भन्ने हामी चाहन्छौं । गृहयुद्धले निकास पाओस् भन्ने हाम्रो कोशिश छ । दलसँग समझदारी, अन्तर्राष्ट्रिय समुदायसँग आग्रह र हाम्रो आन्दोलनको प्रकृति हेर्नोस्, त्यहाँसम्म निकासका लागि बाध्य पार्नुपर्छ भन्ने हाम्रो सोचाइ छ ।

    कान्तिपुर– हतियार बिसाएर, शान्तिपूर्ण तरिकाले सत्ता हत्याउन सकिन्छ भन्ने तपाईंलाई विश्वास छैन ?

    प्रचण्ड– त्यो सम्भवै छैन ।

    कान्तिपुर– संसारमा कैयौं ठाउँ शान्तिपूर्ण आन्दोलन सफल भएका छन् नि ?
    प्रचण्ड– यहाँ त एउटा वर्गलाई उल्ट्याउनुपर्ने छ । अर्को वर्गलाई राज्यको मालिक बनाउन शान्तिपूर्ण आन्दोलनबाट हुन्छ भन्ने हामी देख्दैनौं । बेलायतमा बुर्जुवा लोकतन्त्र स्थापना गर्न आन्दोलन शान्तिपूर्ण भा’थ्यो ? फ्रान्स, अमेरिकामा शान्तिपूर्ण भयो ? बुसहरू अहिले बडो ठूलो कुरा गर्छन््, तिनको इतिहास के हो ? भारत हेर्नोस् भगतसिंहदेखि कति रगत बग्यो ? शान्तिपूर्ण कस्तो बेला हुन्छ भने सबै एउटा ढाँचाभित्र बस्दा एकले अर्कालाई फाल्न शान्तिपूर्ण आन्दोलनले सक्छ । एउटा वर्गै फाल्नुपरेको छ भने सक्दैन । हिंसा हुन्छ । दलहरू शान्तिपूर्ण आन्दोलनमा छन् तर हामी शान्तिपूर्ण र अशान्तिपूर्ण दुवै आन्दोलन गर्दैछौं । हामीले पनि शान्तिपूर्ण सभा गरिरहेका छौँ । बढ्दै जाँदा हामी शान्तिपूर्ण रूपमा रूपान्तरित हुन्छौं, पार्टीहरू हिंसात्मक रूपमा जान्छन् र फ्युजन हुन्छ ।

    कान्तिपुर– तपाईंहरूको सशस्त्र आन्दोलन दश वर्ष पुग्न लाग्यो, यसबीच तपाईंहरूले आफ्ना गल्तीहरू के–के पाउनुभयो ?
    प्रचण्ड– सामन्तवादको जरा गाउँ–गाउँमा उखेलियो । जनता राजनीतिक सचेतनताका दृष्टिकोणले विश्वकै जनताको तुलनामा अग्रगामी भए । हामीले शुरु गर्दा पार्टीमा पूर्णकालीन सदस्य ७० जना भन्दा बढी थिएनौं । जहाँ जहाँ उत्पीडन थियो, त्यहाँ–त्यहाँ दुई तीन वर्षै हाम्रो आन्दोलनको गुणात्मक विकास भयो । पाँच वर्ष पुग्दा नपुग्दै राष्ट्रव्यापी रूपमा ठूलो शक्ति बनिहाल्यो । मान्छे कति ग्वारग्वारती आए भने यो जनआन्दोलन जस्तो भयो । हाम्रो आदर्श बुझ्ने पनि छन्, नबुझ्ने पनि छन् । हामी केका लागि लडेको भन्ने नबुझेर पनि माओवादी भनेका छन्, हिँडेका छन्, एउटा फेसन पनि भयो, बेरोजगारहरूका लागि रोजगार पनि भयो । कमसल हतियार र अप्ठ्यारो ठाउँमा राखिएका प्रहरी आक्रमणमा पर्ने गरेका छन्, किनभने तिनलाई ‘क्रस’ गरेर जानुपर्ने हाम्रो बाध्यता छ ।

    “म, बाबुरामजी, बादलजी, महराजी, दिवाकरजीहरू दश वर्ष बाहिर बसेर अरु साथीहरूलाई प्रशिक्षित गर्नसक्छौं”

    कान्तिपुर– अनुशासनहीनता पनि त ठूलो देखियो ?
    प्रचण्ड– निश्चित रूपमा हो । धेरै खालका शक्ति आए । अलिकति स्वच्छन्दता, अराजकता, यान्त्रिकता, संकीर्णता सबै देखिन थाल्यो र त्यो बढ्दै गयो । दाङ ब्यारेक आक्रमणपछि र गाम, अछाम, अर्घाखाँची, जुम्ला, सतबरिया आदि ठूल्ठूला भौतिक कारबाही सफल हुँदै गएपछि हामीलाई लागेको थियो प्रहरीभन्दा सेना छिटो हार्छ एकाध वर्षैमा । हारिहालेको भए हामी शक्तिमा पुग्थ्यौं र नियन्त्रण गथ्यौर्ं । काठमाडौं कब्जा गर्नतिर सैन्यबलमा गुणात्मक विकास भइरहेको थियो । अमेरिका र भारतका शासक वर्ग धेरै गम्भीर भइहाले । हामी जित्दैछौं भन्ने हामीलाई लागिसकेको थियो । हामीले शाही अमेरिकी सेना भन्ने गरेको सम्भि्कनुहुन्छ ? हतियार, तालिम, फोर्टिफिकेसन, पैसा सबै अमेरिकी आयो । हेलिकप्टर पनि दुई, चार थपिए । लडाइँ लम्बिन गयो । हामीविरुद्ध प्रचार धेरै भयो जसलाई चिर्न सकेनौं । एफएमहरू चलाउने कोसिस गरियो तर अमेरिका र भारतपछि संसारै हाम्राविरुद्ध लागेपछि पेल्न धेरै गाह्रो भयो । हामीले वैचारिक तालिम, राजनीतिक तालिम दिनै नपाउँदा, नपाउँदै मान्छेहरू आफ्नै ढंगले आए । यो कमजोरीसँग सम्झौता गर्दै जाँदा हामीबीच अन्तर्द्वन्द्व पनि तपाईंहरूले देख्नुभयो ।

    कान्तिपुर– लेनिनपछि कम्युनिस्ट आन्दोलनमा लोकतान्त्रिक प्रक्रिया देखिएन भन्नुभयो तर तपाईं आफैं पार्टी प्रमुखका रूपमा लामो समयदेखि हुनुहुन्छ, कुनै प्रश्न वा चुनौती नआएर हो त ?

    प्रचण्ड– लेनिनपछि स्टालिन आउँदा यान्त्रिकता रह्यो र गल्ती भयो । अन्तिमसम्म उहाँ आफैं पार्टी प्रमुख पनि, सरकार प्रमुख पनि । माओ पनि ३५ वर्षदेखि पार्टी नेतृत्वमै रहनुभयो, ७६ वर्ष उमेरमा नमर्दासम्म सरकार प्रमुख रहनुभयो । मरेपछि भोलिको अन्यौल बन्यो । कम्युनिस्ट आन्दोलनमा नेतृत्व पाउन सजिलो छैन, बुर्जुवाहरूको जस्तो । अहिलेसम्म नेतृत्वमा म भएँ तर मै हुनुपर्छ भन्ने छैन । किन पार्टीको विश्वास यही (ममाथि) भयो भने मेरो बीस, तीस वर्षदेखि लगातार संघर्ष छ । आन्दोलनका योजना असफल हुँदै गए कसैले पनि मान्दैन, सफलता पाउँदै गएपछि ठीक छ भन्ने भयो । आन्दोलनले नेतृत्वको टिम तयार पार्ने हो । स्थायी समिति भनेको नेतृत्वको टिम हो । हाम्रो हेडक्वाटरमा ममात्रै छैन, उहाँ कमरेड (बाबुराम) पनि हुनुहुन्छ, अरु पनि छन् । केन्द्रीय समितिमा हामीले प्रस्तावित गरेका छौं, तपाइर्ंहरुलाई भनिदिएपछि यो सार्वजनिक हुनेभयो, काठमाडौं (सत्तामा) पुग्ने बित्तिकै हामी नेतृत्व छोडिदिन्छौं । राष्ट्रपति, प्रधानमन्त्री हुनेतिर हामी लाग्दैनांै ।

    कान्तिपुर– के भूमिगतै बस्नुहुन्छ सधैं ?
    प्रचण्ड– (हाँस्दै) । भूमिगत होइन । जो यो आन्दोलनमा नेताका रूपमा स्थापित हुन्छौं जस्तो मै भएँ, बाबुरामजी हुनुभयो, बादलजी, महराजी, यस्तो साथीहरूको टिम बनेको छ, यो टिममा पूरै आन्दोलनको एउटा अधिकार आएको छ, यो टिम सत्ताको शक्ति अभ्यासमा लाग्दैनौं । संविधानसभाबाट सत्ता आए पनि हामी त्यसमा बस्दैनौं । हामी स्टेट्सम्यानसिपमा जान्छौं र नयाँ कमरेडहरूलाई पठाउँछौं ।

    कान्तिपुर– मनमोहन सिंह बनाउने, सोनिया गान्धी बन्ने हो ?

    प्रचण्ड– त्यसरी पनि नभनौं । (हाँसो)

    कान्तिपुर– पार्टी हाँक्ने, सरकारमा नबस्ने ?
    प्रचण्ड– होइन, पार्टी पनि छाड्ने हो ।

    कान्तिपुर– अनि के गर्ने ?

    डा. भट्टराई– गान्धी हुने गान्धी !
    प्रचण्ड– हामी स्टेट्सम्यानसिपमा जाने । आन्दोलनबाट आउने अधिकार शक्ति प्रयोगका लागि होइन भन्ने यो एउटा सिद्धान्त हो ।

    कान्तिपुर– गणेशमानसिंह बन्ने ?

    डा. भट्टराई– हो, गणेशमान बन्ने ।
    प्रचण्ड– गणेशमान भन्न पनि सकिन्छ । म, बाबुरामजी, बादलजी, महराजी, दिवाकरजीहरू दश वर्ष बाहिर बसेर अरु साथीहरूलाई प्रशिक्षित गर्नसक्छौं ।

    कान्तिपुर– अहिले त तपाईंहरू एकैठाउँ बस्नुभएको छ, तर विवाद के हो ?
    प्रचण्ड– आन्दोलन विशाल भयो, विभिन्न किसिमका साथी आए, विभिन्न काम गर्न थाले । उहाँ (भट्टराई) लाई पनि गडबड हुँदैछ भन्ने लाग्यो, मलाई पनि । नमार्नु पर्ने मान्छेहरू मारिइराखिएको छ, चन्दा उठाउनु नपर्ने मान्छेहरूकहाँ गएर जबर्जस्ती चन्दा उठाइराखिएको छ । प्रस्ताव पास गरिएको छ, काम भइरहेको छैन । हामी रोल्पामै थियौं, उहाँ (भट्टराई) लाई निश्चित अवधिका लागि पार्टीले हटायो । हामी सँगै बसिरहेका थियौं, छलफल पनि भैरहेकै थियो । उहाँलाई सेनाको घेरामा राखेको छ, पेस्तोल तेर्साएर राखेको छ भनेर रेडियो नेपालबाट, पत्र–पत्रिकाबाट आयो । हाम्रो संघर्ष परेको हो, नपरेको होइन । गडबड हुन थाल्यो भनेर उहाँ (डा.भट्टराई) भारततिर हिँड्नुभयो, पार्टीहरूसँग, अरुसँग पनि कुराकानी गर्न सल्लाह गरेरै । पार्टीकै काममा उहाँ भारततिर हिँड्दा पार्टीका नेताले अर्थात् मैले अनेक तरिकाले दमन गरेर राखेको भन्ने असत्य साबित गर्नु थियो । त्यही क्रममा शाही नेपाली सेनाले टेप भेट्टायो र नयाँ कुरा आयो । उहाँ भारत पसेपछि हाम्रो जनसेनाले (डा. भट्टराईतर्फ इङ्गित गर्दै), उहाँको (पनि) जनसेना है फेरि, नियन्त्रण गरेको भन्ने गलत सावित भयो । अर्को डर के थियो भने मातृका यादव र सुरेश आलेलाई भारतले पक्रिँदाखेरि मलाई पक्रिन खोजेको भन्ने पार्टीभित्र परेको थियो । मान्छेमा के परेको थियो भने बाबुरामले भारतसँग सम्बन्ध बढाएर मलाई पक्रिन खोजेका हुन् । त्यसो हुनाले पार्टी धेरै अप्ठ्यारो ठाउँमा पुग्यो । सच्याउने बहस हुँदाहुँदै पार्टी फुट्लाफुट्ला जस्तो भयो । कम्युनिस्ट आन्दोलनको रोग त्यही हो । पार्टी फुटाउनु हुन्न, उहाँको पनि पार्टी फुटाउने विचार थिएन, त्यो थाहा छ, तैपनि फुट्ने माहौल बनाइसके मान्छेले । र पार्टीहरूसँग वार्ता गरेर निरंकुशताविरुद्ध लड्नुपर्छ भन्ने भयो । त्यही बेला भारतमा म र बाबुरामजी सँगै बस्यौं, जतिखेर हामीबीच सबभन्दा बढी झगडा थियो, त्यहीबेला हामी पार्टीहरूसँग वार्ता गर्दै थियौं । छलफल गर्दा आशंका समाप्त भयो । हामी आफ्नो स्वार्थमा अडेको भए, पुरानो कम्युनिस्ट आन्दोलन जस्तो यति भएपछि त फुट्ने, टुट्ने, एकले अर्कालाई बाटैमा लगेर फ्याक्ने भइदिएको भए हामी पनि त्यस्तै हुन्थ्यौं । नेतृत्वसम्बन्धी नयाँ प्रस्तावमा हामी पुगेपछि हाम्रो भावनात्मक एकता बलियो भयो । एउटा समझदारी बन्यो । केन्द्रीय समितिमा पेस गरेको यो प्रस्ताव पास भएपछि नेपालमा शक्तिका लागि मात्र संघर्ष हुन्छ भन्नेलाई ठूलो जवाफ हुनेछ ।

  • अर्को अर्न्तवार्ता

  • BACK TO HOME PAGE
  • अर्को अर्न्तवार्ता साभार हिमाल पत्रिका

    नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सँग भारतको अङ्ग्रेजी दैनिक द हिन्दू का पत्रकार सिद्धार्थ वरदराजन्ले अघिल्लो साता लिएको यो प्रत्यक्ष अन्तर्वार्ता उक्त पत्रिकाको २७ र २८ माघ २०६२ को अङ्कमा छापिएको छ। पूरै अन्तर्वार्ताको नेपाली अनुवाद तल प्रकाशित गरिएको छ।

    प्र. दश वर्षको ‘जनयुद्ध’ बाट आखिर जनतालाई हिंसा र काटमारबाहेक के हात लाग्यो?
    उ. पूरा २५० वर्ष हाम्रा जनताले सामन्तीहरूको दमन खप्नु पर्‍यो। जनयुद्धले ग्रामीण क्षेत्रको सामन्ती संरचना ध्वस्त पार्न सहयोग गरेको छ। समष्टिगत रूपले हेर्दा नेपालमा गणतन्त्रात्मक लोकतन्त्रअन्तर्गत आर्थिक र सामाजिक छलाङको अवस्थामा हामी पुग्नेछौँ। जुन राजनीतिक माहौल खडा भएको छ। यसो हुनु यो जनयुद्धको योगदान हो।

    प्र. तपाईंको अगस्ट महिनाको ‘प्लेनम’ ले आखिर बहुदलीय लोकतन्त्रको लक्ष्यलाई अनुमोदन गर्‍यो। यसो गर्नु थियो भने १० वर्षको युद्ध किन चाहिन्थ्यो?
    उ. उत्तरका दुई पाटा छन्। हामीले बीसौँ शताब्दीका क्रान्ति तथा प्रति–क्रान्तिको विषयलाई नयाँ सैद्धान्तिक र बैचारिक विश्लेषण दिन खोजेका छौँ। तीन वर्षअघि हामीले २१ औँ शताब्दीको लागि कसरी लोकतन्त्र परिभाषित हुन्छ मूल मुद्दाको हिसाबले उठायौँ। यसका लागि २० औँ शताब्दीका सकारात्मक र नकारात्मक अनुभवको विश्लेषण गर्नुपर्‍यो। अनि तीन वर्षअघि राजनीतिक प्रतिस्पर्धामा जानुपर्ने पनि हामीले ठेगान गर्‍यौँ, किनभने प्रतिस्पर्धा नहुँदा अव्यवहारिक यान्त्रिक र ‘मेटाफिजिकल’ हुने देखियो। तसर्थ, प्लेनम्मा हामीले लिएको निर्णय नयाँ कुरा होइन। उक्त भेलामा हामीले संसदीय दलहरूसँग सहकार्य गर्ने व्यावहारिक उपायबारे निर्णय लियौँ। जनयुद्ध बहुदलीय लोकतन्त्रलाई मुख्य तारो बनाएर चालिएको कदम थिएन। तारो त सामन्ती संरचनालाई बनाइएको थियो।

    प्र. दलको नेतृत्व र ‘क्याडर’बीच यो निर्णय लिनु कति कठिन थियो?
    उ. केन्द्रीय समितिसामु लोकतन्त्रबारे एजेण्डा पेश गरियो। तत्पश्चात पूरा एक वर्षसम्म दलको तहतहमा आन्तरिक बहस चल्यो। त्यसपछि केन्द्रीय समितिले एउटा विशेष संवैधानिक दायराभित्र बसी प्रतिस्पर्धामा जाने निर्णय गर्‍यो। प्रतिस्पर्धा बिना अघि बढ्न नसकिने देखियो, यो सर्वसम्मतिले पारित निर्णय थियो।

    प्र. यो निर्णय आखिर शाही नेपाली सेनाको बल तथा अन्तर्राष्ट्रिय क्षेत्रको नकारात्मक सोचमा पो आधारित थियो कि?

    उ. प्रश्न अलि त्योभन्दा जटिल छ। एक त आज विश्वमा एकखालको राजनीतिक र सामरिक ब्यालेन्स छ। अर्को, २० औँ शताब्दीको अनुभव पनि त हेर्नुपर्‍यो। अनि देशभित्रको विशेष वर्गीय, राजनीतिक र शक्तिको सन्तुलनको पनि ध्यान राख्नुपर्‍यो। सबै कुराको भरमा निर्णय लिनुपर्‍यो। हामीले विशेष संवैधानिक संरचना अन्तर्गतका विशेष खालको बहुदलीय लोकतन्त्रको कुरा गरिरहेछौँ। हामी बुर्जुवा संसदीय प्रजातन्त्रको कुरा गरिरहेका छैनौँ। हामीले रोजेको बहुदलीय लोकतन्त्र उपनिवेशवाद र सामन्तवादको खिलाफमा उभिनेछ। त्यसैले सशस्त्र द्वन्द्वको पनि आवश्यकता पर्न गएको हो र त्यस्तै अरू दलहरूसित राजसंस्था विरुद्ध लडाइँ सँगै गर्नु परेको हो

    प्र. राजाले भोलि १९ माघको भूल स्वीकारेर हालको संविधानअन्तर्गत निष्पक्ष चुनाव गर्ने आह्वान गरे भने नि! के चुनावमा भाग लिन नयाँ संवैधानिक संरचना नै चाहिन्छ?
    उ. त्यस्तै हो। राजाले गल्ती स्वीकारेर वार्ताको आह्वान गर्दछन् र संविधानसभाको लागि निष्पक्ष चुनावको कुरा गर्दछन् भने हामी तयार छौँ। हाम्रो ‘बटम लाइन’ भनेको संविधानसभाको लागि चुनाव हो, त्यो पनि संयुक्त राष्ट्रसंघ या अरू कुनै मान्य हुने अन्तर्राष्ट्रिय पर्यवेक्षणमार्फत्। यी शर्त पूरा भए हामी चुनावमा जान र जनताको जुनसुकै अभिमत मान्न तयार छौँ। तर राजाले अन्तरिम सरकार अन्तर्गत संसदीय चुनावको कुरा गर्दछन् भने हामी जाँदैनौँ।

    प्र. तर अन्य दलहरूले त्यस्तो अन्तरिम बन्दोबस्त माने भने के हुन्छ? र तपाईंको दलहरूसँगको सहमति के हुन्छ?

    उ. राजाले दलहरूलाई सरकार बनाउन लगाए र उनीहरूले हाम्रो १० वर्षदेखिका मागहरूका बाबजूद संसदीय चुनावतर्फ लागे भने हामीलाई सहभागी हुन गाह्रो हुनेछ। त्यसो गर्नु त पहिलाकै अवस्थामा फर्कनु भइहाल्यो नि! राजा र दलहरू ७–८ वर्षसम्म त सँगै थिए। फेरि, संविधानसभाको माग त कुनै नयाँ कुरा होइन। हिजो मात्र ल्याइएको माग होइन यो।

    प्र. अगस्टको प्लेनमको निर्णयले नै दलहरूसँगको १२ बुँदे सम्झौताको बाटो देखाएको हो?
    उ. दरबार हत्याकाण्डपश्चात् नै हामीले संसदीय दलहरूलाई आह्वान गरेका थियौँ। २०४६ सालको आन्दोलनमा हामी काङ्ग्रेस र एमाले सँगै थियौँ। हाम्रो सोच थियो सामन्तवाद विरुद्ध नै परिवर्तनको आवश्यकता छ, तर दलहरू तयार थिएनन्। तीन–तीन वर्ष हामीले संसद भित्रै बहस गर्‍यौँ। हाम्रो ४० बुँदे माग त्यहाँ राखियो तर छलफल नै भएन। तसर्थ, हाम्रो सशस्त्र विद्रोहको बीउ संसदभित्रै रोपिएको हो भन्न मिल्छ। भारतमा जनयुद्ध गर्छु भन्नेहरू र हामीबीच यो ठूलो अन्तर छ, उनीहरूको संघर्ष संसदभित्रबाट चालिएको थिएन। हामी त संसदमा थियौँ र अन्य दलहरूसँग धेरै समयको लागि राम्रो सम्बन्ध थियो।
    २०४६ सालको आन्दोलनमार्फत् केही सीमित उपलब्धि हात पर्‍यो। दरबारबाट लिनसक्ने जति अधिकार लिइएन, सम्झ्ौता गरियो। हामीले जनतालाई धोका भएको छ भन्यौँ, त्यतिबेला। यो सम्झ्ौता गलत छ, र महेन्द्रको बेलामा जस्तै दरबारले शक्ति हडप गर्ने खतरा छ भन्यौँ। हामीले यो संसदको रोष्टमबाट समेत भन्यौँ तर अन्य दलहरूले मल्लिक आयोगले दोषी ठहर्‍याएकाहरू विरुद्ध समेत केही गर्न साहस नदेखाउने अवस्था थियो। विस्तारै यस्तो अवस्था उत्पन्न भयो, जहाँ त्यस्ता तत्वहरू दलहरू र सरकारमा सामेल हुन सफल भए।

    दरबार हत्याकाण्डपश्चात् हामीले २०४६ सालमा देखेको खतरा प्रमाणित भयो, र कुकृत्य गर्ने तत्वहरूले षडयन्त्र रचे र अगाडि सरे। हामीले सहकार्यको आह्वान गर्‍यौँ, तर दलहरू सरकारमा भएकोले हाम्रो आग्रहलाई सुनेनन्। समय बित्दै जाँदा राजाको योजना प्रस्ट भयो– उनले संसद विघटन गरे, सरकारलाई गलहत्याए र प्रत्यक्ष शासन थाले। तब मात्र मलाई लाग्छ दलहरूको चेत खुल्यो। र, यति नै बेला हाम्रो प्लेनम्ले पनि बहुदलीय लोकतन्त्रबारे ठोस कदम लिएको हो। हामीले संसदीय दलहरूलाई हाम्रो आन्दोलन र नागरिक समाजसँग मिलेर सामन्तवाद र राजतन्त्र विरुद्ध लड्न आह्वान गर्‍यौँ।

    प्लेनम्मा हाम्रो तर्फबाट बढी लचकता देखाउनुपर्ने दायित्वबोध भएर हामीले दलहरूलाई भन्यौँ, “तपाईंहरू अगाडि बढ्नुस्, हामी पछाडिबाट आड दिनेछौँ।” यी परम्परागत राजा होइनन्। उनी राजनीतिक तवरले विचार गर्न सक्ने व्यक्ति पनि होइनन। तसर्थ, हामीले दलहरूलाई हौस्यायौँ। प्लेनम् अगाडि हामीले नेपाली काङ्ग्रेस र एमालेका नेताहरूसँग सम्पर्क गर्‍यौँ र रोल्पा ल्याउन खोज्यौँ तर सम्भव भएन।

    प्र. ‘ढाडमा टेकेर टाउकामा हान्ने’ योजनाअन्तर्गत आज दलहरूसँग सहकार्य गर्ने ‘ट्याक्टिस’ अपनाउनुभएको छ, भोलि ढाडमै बजि्रने हो कि भन्ने शङ्का उठ्दछ नि?

    उ. त्यस्तो होइन। बहुदलीय प्रणालीमा जाने हाम्रो रणनीतिक र सैद्धान्तिक हिसाबले खारिएको पोजिशन् हो। अर्को कुरा, अहिले लिएको निर्णय ‘ट्याक्टिकल’ होइन। यो एउटा गम्भीर नीति हो। जब बहुदलीय प्रणाली भि156याइन्छ– अन्तरिम सरकार, संविधानसभा र लोकतान्त्रिक गणतन्त्रमार्फत् हामी तपाईंहरूसँग शान्तिपूर्ण प्रतिस्पर्धामा उत्रन तयार छौँ। निश्चय पनि हामीसँग सशस्त्र सेना भएको हुनाले मानिसहरूप्रति शङ्का रहनेछ। उनीहरू सोध्ने गर्छन् कि संविधानसभापश्चात् हामी बन्दूक त्याग्न तैयार छौँ कि छैनौँ। यो प्रश्न जायज हो। हामीले जवाफमा भनेका छौँ हामी हाम्रो सेनालाई पुनर्गठन गर्न तयार छौँ र, नयाँ नेपाली सेना बनाउन पनि तयार छौँ। तसर्थ, यो ट्याक्टिकल सवाल होइन।

    प्र. १२ बुँदे सम्झौता अनुसार दलहरूले संविधानसभा स्वीकारेको देखिन्छ भने तपाईंहरूले गणतन्त्रको माग थाती राखेको हो?

    उ. हामीले लोकतान्त्रिक गणतन्त्रको कुरा त्यागेका छैनौँ। तर त्यो न्यूनतम् राजनीतिक लक्ष्य पूरा गर्न स्वतन्त्र र धाँधलीरहित संविधानसभाको लागि हामी तयार छौँ भनेका छौँ। हामीले ‘सेरेमोनियल’ राजसंस्था मान्यौ भन्ने कुनै भ्रम नहोस्। १२ बुँदे सम्झ्ौताको आधारमा कसैले यो निर्क्यौल गरे होलान् तर उति नै बेला हामीले दलहरूलाई बुझ्ाएका थियौँ कि हाम्रो नारा लोकतान्त्रिक गणतन्त्र नै हो।

    यसअघि हामीले भन्ने गरेको लोकतान्त्रिक जनगणतन्त्रको नारा पनि त्यागेको भने होइन। यतिमात्र हो कि आजको शक्ति–सन्तुलनका कारण, समष्टिगत स्थितिको तथा जनचाहनाको मूल्याङ्कन गर्दा र रक्तपात नहुन दिन, हामीलाई पनि दायित्वबोध भएको छ शान्तिपूर्ण तरिका अपनाउन।

    प्र. उसो भए लोकतन्त्रको खोजी शान्तिपूर्ण हुनेछ?

    उ. लोकतन्त्रको लागि हामी शान्तिपूर्ण तरिकाले लाग्नेछौँ। आज हामी लोकतान्त्रिक गणतन्त्र भनिरहेछौँ र हाम्रो कुरा चाहिँ यो बहाली गर्ने संविधानसभामार्फत् हो। त्यतिबेला सात दलमध्ये कसैले सेरेमोनिएल राजतन्त्रको वकालत गर्न पाउनेछ, र कसैले संवैधानिक राजतन्त्रको।

    प्र. तर तपाईं कुनै पनि परिणाम स्वीकार्न भने राजी हुनुहन्छ?

    उ. हामी कुनै पनि परिणाम स्वीकार्न तयार छौँ। प्रस्ट भाषामा हाम्रो भनाइ यही हो।

    प्र. तीनमहिने र थप एक महिनाको युद्धविरामले तपाईंहरूको राजनीतिक छविलाई सपारिदियो, जुन माडीमा भएका जस्ता काण्डले बिगारेको थियो। फेरि पनि युद्धविराम किन नगर्ने?

    उ. जब हामीले युद्धविराम घोषणा गर्‍यौँ, न १२ बुँदे सम्झौता भएको थियो, न त दल या नागरिक समाजद्वारा केही दबाब। हामीले समष्टिगत राजनीतिक अवस्थाको विश्लेषणको भरमा निर्णय लियौँ, किनभने हाम्रो तर्फबाट पनि भूलहरू बढ्दै गएका थिए, तलतिरबाट, हाम्रो नीति र योजना कार्यान्वयन गर्ने क्रममा। तल्लो तहमा माडी बम ब्लाष्ट जस्ता भूलहरू भइरहेका थिए। तसर्थ, हाम्रो मध्यम वर्गसँग सम्बन्ध अझ्ै बिग्रँदो थियो। त्यसअघि सप्रँदै गएको त्यो सम्बन्ध फेरि खस्कने डर थियो। हामी माथिबाट निर्देशन दिँदै थियौँ, तैपनि कार्यान्वयन भने भइरहेको थिएन। हामीलाई मध्यम वर्ग आफूतिर तान्नु थियो, र जनमानसमा नयाँ तरिकाले राजनीतिक सूचना पुर्‍याउनु थियो। अन्तर्राष्ट्रिय समुदायलाई पनि राजा ज्ञानेन्द्रको बारेमा प्रस्ट पार्नु थियो।, र हामीले युद्धविराम घोषणा गर्‍यौँ…..

    युद्धविरामपश्चात् दलहरूसित वार्ता शुरु भएको हो र १२ बुँदे सम्झ्ौताको लागि वातावरण तयार भयो। हाम्रो बैचारिक अडानबारे अन्तर्राष्ट्रिय समुदायको बुझ्ाइ पनि फेर्नु थियो। जस्तै आज हामी युरोपियन युनियन र अरूसँग छलफल गर्दैछौँ। तर अन्तर्राष्ट्रिय शक्तिहरूमध्ये सबैभन्दा ‘डग्म्याटिक’ र सङ्कीर्ण विचार भने अमेरिकी उपनिवेशवादकै छ। अमेरिकाको शासक वर्ग ‘डग्म्याटिक’ छ। उनीहरू के भइरहेछ बुझदैनन्। हामी संसारलाई बेग्लै आँखाले हेर्न खोज्दैछौँ र यही सूचना प्रवाह गर्नुथियो। युद्धविरामको दौरानमा यसो गर्न सफल नै भयौँ।

    शुरुदेखि नै हामीलाई थाहा थियो राजा युद्धविराम भङ्ग गराउन चाहन्छन्। उनीमाथि यत्तिको दबाब पर्‍यो कि उनले आफ्नो संयुक्त राष्ट्रसंघ जाने योजना रद्द गरे। राजनीतिक हिसाबले यति एक्लिएका थिए कि उनलाई जसरी पनि निहुँ खोजी खोजी युद्धविराम भङ्ग गराउनुथियो। हामी केही त्याग गर्नुपर्ने मनस्थितिमा थियौँ किनकि चाडपर्वको बेला थियो र हामीले जनमानससँग मानसिक र भावनात्मक सम्बन्ध बढाउनुथियो। एक महिना युद्धविराम लम्ब्याउँदा प्रस्ट भइसकेको थियो कि यी राजालाई राजनैतिक निकास, शान्ति चाहिँदैन। हामीले जब आन्ततोगत्वा युद्धविराम अन्त्य गर्‍यौँ, प्रस्ट भन्यौँ कि राजनीतिक निकासको लागि अग्रगामी वातावरण उत्पन्न भए, र सबै राजनीतिक शक्तिहरू शान्ति र लोकतन्त्रको लागि तयार भए, हामी फेरि युद्धविराम घोषणा गर्न सक्छौँ र वार्तामा बस्न सक्छौँ। तर आज त्यस्तो अवस्था रहेन।

    प्र. पहिलो कदमको रूपमा संसदीय दल वा गिरिजाप्रसाद कोइराला र माधव नेपालसँग मिलेर राजासँग प्रत्यक्ष वार्ता गर्न राजी हुनुहुन्छ, देशको भाविष्य बारेमा?
    उ. १२ बुँदे सम्झ्ौता लगत्तै मैले प्रस्ट भनेको थिएँ कि दलहरूसँग सर्वसम्मत समझ्दारी भएको खण्डमा राजासँग भेट्न जाने नै छौँ। हामी राजालाई एक्लै भेट्ने पक्षमा छैनौँ र दलहरूलाई पनि हाम्रो अनुरोध यही छ। त्यसो गर्नुको केही उपलब्धि हुने छैन। हाम्रो गठबन्धनलाई मजबूत बनाउँदै अगाडि बढाउनुपर्ने छ।

    प्र. कसैको सोच छ कि माओवादीले थानकोटमा गरेको जस्तो सैनिक कारबाहीले दलहरूको राजनीतिक दायरा खुम्चाइदिएको छ। राजा र माओवादीबीच हुने कुराकानीले दलहरूमाथि पर्ने दबाबबारे विचार गर्नुभएको छैन?

    उ. अवश्य नै कुनै बाटो खोज्नु पर्नेछ। यो गम्भीर र जटिल विषय हो। १२ बुँदे सम्झ्ौतापछि दलहरूसँग निरन्तर अन्तरक्रियाको आवश्यकता थियो। धेरै बैठकद्वारा एकआपसको क्रियाकलापमा सामञ्जस्यता ल्याउनु जरुरी थियो। तर यो हुन पाएन। तर पनि हामीले दलहरूलाई खबर पठायौँ कि हामीले कारबाही गरे पनि नगरे पनि राजा तपाईँहरूको खिलाफमा उत्रने नै छन्। हामीले गिरिजा र माधवलाई भन्यौँ, हामीले थानकोटमा केही नगरे पनि (काठमाडौँमा) उनीहरूले कुनै ठूलो प्रदर्शन गर्न दिनेवाला थिएनन्। कर्फ्यू यसै पनि लादिने थियो। बरु थानकोटले राजा ज्ञानेन्द्रलाई ठूलो दबाब दियो।

    प्र. शाही नेपाली सेनाको प्रसङ्गमा राजाले सेनाको प्रयोग गरेको बुझनुभएको छ या सेनाले राजाको प्रयोग?

    उ. यो चाखलाग्दो कुरा हो, यो हाम्रो पार्टीभित्र र बाहिर पनि छलफलको विषय भएको छ। आजसम्म दुवैतर्फ प्रभाव उत्तिकै उत्तिकै जस्तो देखिन्थ्यो, कहिले सेनाले राजालाई चलाउँथ्यो भने कहिले राजाले सेनालाई। तर सेनाको बोलबाला बढ्दै गएको देखिन्छ। राजा ज्ञानेन्द्रको प्रभाव घट्दै गएको देखिन्छ, र उनले सेनाको इशारामा हिँडेको जस्तो देखिँदैछ। यकिन गरेर भन्न सकिन्न, तर ज्ञानेन्द्र सेनाबाट निर्देशित बाटोमा हिँडेको देखिन्छ।

    प्र. संविधानसभाको चुनावको सन्दर्भमा जनमुक्ति सेनाको हातमा रहेको बन्दूकले संसदीय दलहरूलाई अप्ठ्यारोमा पार्दैन र?

    उ. पोहोर सालको छलफल, (जुन नगर निर्वाचन पश्चात् हामी पुनः थालनी गर्न चाहन्छौँ को दौरानमा हामीले दलहरूलाई भनेका थियौँ कि तपाईँहरूलाई हामी र हाम्रो सेनाबारे शङ्का रहेको बुझेका छौँ। हामीलाई नेपालको समस्याबारे राजनीतिक, लोकतान्त्रिक निकास चाहिएको छ। तसर्थ हामीले उहाँहरूलाई प्रस्ताव राख्यौँ कि तपाईँहरूले संसद पुनःस्थापना गर्नुस्, हामी त्यसमा सहयोग गरुँला। नेपाली काङ्ग्रेस, एमाले र साना दलहरूबीच दुई तिहाई बहुमत छँदैछ। एउटा भेला बोलाउनुस् र संसद पुनःस्थापनाको घोषणा गर्नुस्। भन्नुस्, यो पुनःस्थापित ससंदको वैधानिकता छ, र ज्ञानेन्द्रका क्रियाकलाप भने गैरकानूनी र अवैध छन्। यसो गरेर बहुदलीय सरकार गठन गर्नुस्, जसमा हामी भाग लिँदैनौँ, तर सहयोग गर्छौँ। तत्पश्चात् हामीलाई वार्तामा बोलाउनुस् र हामी आउनेछौँ। अनि अन्तरिम सरकार बनाउने कदम चालिनेछ, जुन सरकारको मूल लक्ष्य भनेको संविधानसभाको चुनाव गराउनु हो।

    संसदको यस्तो पुनर्स्थापनामा राजाको केही हात हुने छैन। उनी त पूर्ण रूपमा अवैधानिक भइसकेका छन्। संविधानको उल्लंघन गरेर र जनताको शान्ति र लोकतन्त्रको चाहनालाई उपेक्षा गरेर। तपाईँहरूको संसद वैध हुनेछ, र यसको वैधानिकतालाई हामीले पूर्ण मान्यता दिने थियौँ। तपाईँहरूको नेतृत्वपंक्तिसँग हामी वार्ता गर्नेछौँ र तपाईँहरूको नेतृत्वमा हामी अन्तरिम सरकारमा बस्नेछौँ।

    जहाँसम्म शाही सेनाको कुरा छ, तपाईँहरूले त्यसअन्तर्गतको लोकतान्त्रिक सोच भएकाहरूलाई आफूतिर तान्नुस्। उनीहरूलाई सम्झ्ाउनुस् कि राजाले संविधान मिचेका छन् र जनभावनालाई लत्याएका छन्, र उनीहरूले तपाईँहरूको वैधानिक सरकारको साथ दिनुपर्ने कुरामा जोड दिनुस्। त्यसपछि राजालाई एक–दुई हप्ताको ‘अल्टिमेटम्’ दिनुपर्ने हुन्छ, १९ माघ २०६१ को अवस्थामा फर्कनुपर्ने र संविधानसभाको माग स्वीकार्नुपर्ने। (अन्यथा) अन्तर्राष्ट्रिय समुदायलाई पनि राजालाई कुनै मान्यता नदिई यो सरकारलाई सम्पूर्ण मान्यता दिन आग्रह गर्नुपर्नेछ। यो वैधानिक सरकार हुनेछ, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा। त्यसलाई हाम्रो समर्थन हुनेछ।

    नयाँ अवस्थामा शाही सेनाका लोकतान्त्रिक तत्व तथा जनमुक्ति सेनाको उपस्थितिमा नयाँ नेपाली सेनाको निर्माण हुनेछ। त्यति बेला मूल समस्या भनेको हाम्रो हातको बन्दूक हुने छैन। बन्दूक–बारुदको समस्याको श्रोत त शाही सेना हो, जुन २५० वर्षको लागि सामन्ती वर्ग समक्ष समर्पित भएको छ। समस्या त त्यो पो हो। हाम्रो सेना त १० वर्ष जति त भयो नि मैदानमा आएको समस्या यतातिर होइन। र, राजनीतिक समाधान हुन गयो भने हामी त्यो पनि फेरबदल गर्न तयार छौँ। हाम्रो पछिल्लो सुझ्ाव यही नै थियो, कि राजसंस्था अन्त्य गर्ने तरिका नै यही हो। हाम्रो पहिलो प्रस्ताव यही हो, तर दलहरू तयार छैनन्, जस्तो मलाई लाग्दछ।

    प्र. तपाईँ त संसदीय दलहरूसमक्ष क्रान्तिको आह्वान गर्दै हुनुहुन्छ?

    उ. हो, र उनीहरूको योगदान ऐतिहासिक हुनेथियो। तर उनीहरू तयार छैनन्। दोस्रो बाटो भनेको, जुन हामी छलफल गरिरहेछौँ, राष्ट्रसंघ या अरू कुनै विश्वसनीय निकायको निगरानीको कुरा हो। शाही सेना व्यारेकमा रहनुपर्ने हुन्छ र जनमुक्ति सेना पनि निगरानी (पर्यवेक्षण)मा राखिने छ। दुवै सेना र उनको हातहतियार अन्तर्राष्ट्रिय निगरानीमा राखिनेछन् र लडाईँमा उत्रन पाउने छैनन्। अनि संविधानसभाको लागि चुनाव हुनेछ। हाम्रो सेनाले यो प्रक्रियामा हस्तक्षेप गर्ने छैन।
    प्र. अन्तर्राष्ट्रिय निगरानी कस्तो खालको हुनेछ? विदेशी सैनिक पनि समावेश हुनेछन्?

    उ. सैनिक होइन। मिलिसिया र पुलिस हुन सक्तछन्, जुन चुनावको लागि मात्र स्थापित गरिनेछ।

    प्र. यो मिलिसियामा को सामेल हुनेछ?
    उ. त्यति विस्तृत कुरा भइसकेको छैन, तर विभिन्न दलका ‘क्याडर’ हुन सक्छन्, निरस्त्र चुनावको सुरक्षाका लागि खटाइने। यसरी संविधानसभाको चुनाव सम्पन्न हुनेछ र जनताको मतको आधारमा सेनाको पुनर्संरचना हुनेछ। गणतन्त्रतर्फ मत खसेमा शाही सेनाका जर्नेल र कमाण्डरहरू पन्छाइनेछन् र अन्तरिम सरकारले लोकतान्त्रिक मान्यता राख्ने अफिसरहरूलाई जर्नेल नियुक्ति गर्नेछ। संवैधानिक राजतन्त्रले जित्यो भने पुराना जर्नेलहरूको बोलबाला रहने खतरा छ। मेरो भन्नुको तात्पर्य सेनाको पुनर्संरचना जरुरी छ, र दलहरूसँगको १२ बुँदे सम्झ्ौताको मान्यता यही हो।
    प्र. तपाईँको भनाइको अर्थ जनमुक्ति सेना र यसको हातहतियार त्यति ठूलो समस्या होइनन्?
    उ. अवश्य पनि अरुले देखेको जस्तो समस्या यो होइन। हामी र दलहरूसँग राजनीतिक इच्छाशक्ति भए यो समाधान हुन्छ।

    प्र. तर एउटा इतिहास त छ नि, तपाईँ मान्नुहुन्छ? जसका कारण दलहरूमाझ् शङ्का छ?
    उ. त्यो त छ, तर हामी कुरा गरिरहेछौँ। हाम्रो तर्फबाट उनीहरूमाथि आक्रमण भएको छ, सम्पत्ति जफत भएको छ। काङ्ग्रेस नेतृत्वबाट जुन जग्गा र सम्पत्ति जफत भएको थियो, त्यो फर्काइएको छ र एमालेको पनि। यसरी हामी समझ्दारी बढाउने कोशिश गरिरहेछौँ। तर दलका नेताहरूले माओवादीले हामीलाई आक्रमण गरे भन्छन् भन्ने हो भने हामी पनि आरोप लगाउन सक्छौँ कि तिमीहरू नै सरकारमा छँदा शाही सेनालाई हाम्रो खिलाफ भिड्न लगाएका हौँ, र हाम्रो धेरै कमरेडहरू मरे। हामीले जति गर्‍यौँ होला त्योभन्दा धेरै बढी अर्को पक्षले गर्‍यो यसको पनि आकलन हुनु पर्‍यो। यसरी कुरा कोट्याइरहने हो भने समस्या समाधानतर्फ लागिने छैन। निकासको लागि त दुवै पक्षले आफ्नो विगत नियाल्नु पर्‍यो। हामी हाम्रा भूलहरू मूल्याङ्कन गरौँला, तर तपाईँहरूले पनि त्यसो गर्नु पर्‍यो, किनभने हाम्रो शत्रु एकै हो– सामन्ती निरंकुशता। यो शत्रुको पराजय गर्नु छ र लोकतान्त्रिक मान्यताअनुरुप राज्य र सेनाको पुनर्संरचना गर्नुछ।

    प्र. भारतको ‘रोल’ लाई कसरी हेर्नुभएको छ? राजाको १९ माघको कदमको खिलाफ भारतले कठोर नीति लिएको छ, र आज भारतीय सरकारले राजालाई जति अवैध संस्थाको रूपमा माओवादीलाई नलिएको जस्तो छ!

    उ. विगतमा भारतको ‘रोल’ राम्रो थिएन। त्यतिबेलाका नीति पूर्ण रूपमा राजातर्फ ढल्किएको थियो। पोहोर
    साल १९ माघपछि भने भारतीय पक्षको विचारमा ठूलो परिवर्तन आयो र आज निरंकुशता विरुद्ध दह्रो अडान कायम छ। तर पनि बहुदलीय शासन र संवैधानिक राजतन्त्रको ‘ट्वीन पिलर’ अडानलाई औपचारिक हिसाबले भारतीय पक्षले त्यागेको छैन। जुन हामीहरू चाहन्छौँ एउटा मात्र खम्बाको अवस्था छ भनेर अडान परिवर्तन भइसकेको छैन। भारतले लोकतान्त्रिक अभियानको समर्थन गरेर ठीक गरेको छ, तर ट्वीन पिलर थ्यौरीको निरन्तरताले अन्यौल मात्र छाउँछ।

    प्र. भारतले त्यसो गरे फेरि राजाले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दैनन्? अनि माओवादीलाई भारतको ‘एजेण्ट’ को आरोप नलगाउलान् र?

    उ. त्यो सम्भव छैन। २०४६ सालको आन्दोलनको बेला जब राजीव गान्धीले नाकाबन्दी गरे, नेपाली जनताले उक्त नाकाबन्दीको विरोध गरेनन् किनभने त्यसले जनआन्दोलनलाई गति लिन सघाइरहेथ्यो। भारत लोकतान्त्रिक आन्दोलन र अग्रगामी राजनीतिक समाधानको पक्षमा रहँदा त्यसलाई हस्तक्षेप भन्न मिल्दैन। तर भारतले प्रतिगमनका शक्तिहरूलाई आड दिने हो भने त्यो हस्तक्षेप हुनेछ। जनमानसको सहयोगमा हुने बाह्य दबाबलाई कहिल्यै हस्तक्षेप भन्न मिल्दैन। हामीलाई यस्तो लाग्दछ। जनताले हस्तक्षेप भन्दैन।
    जब भारतीय राजनीतिक नेताहरू नेपाल आउँछन् लोकतान्त्रिक आन्दोलनको समर्थन जनाउन, नेपालको ९९ प्रतिशत जनता यसलाई हस्तक्षेप मान्दैनन्। यो त सौहार्दपूर्ण सहयोगको रूपमा लिन्छन्। उता, अशोक सिंघल जस्ता हिन्दू अतिवादी नेपाल आउँदा राजाले उनको स्वागत गर्दछन्। सिंघलले हिन्दूका सम्राट भन्दा चाहिँ हस्तक्षेप नहुने, तर भारतीय नेताहरूले लोकतन्त्रको पक्षमा बोल्दा चाहिँ हस्तक्षेप रे! तसर्थ, जनताको आक्रोश भारततर्फ होइन, राजातर्फ मोडिएको छ।

    प्र. मनमोहन सिंहलाई भेट्ने मौका मिले के भन्नुहुन्थ्यो?

    उ. पहिला त ‘टू–पिलर थ्यौरी’ को परिवर्तन। नेपाली जनताले राजसंस्थासँग सम्बन्ध अन्त्य गर्न खोजिरहेको बेला तपाईंले पनि त्यस्तै गर्नुपर्छ। दोस्रो, भारतका कारागारमा रहेका हाम्रा कामरेडहरूको रिहा। हामी सच्चा बहुदलीय लोकतन्त्रलाई लडिरहेछौँ, उता हाम्रा कामरेड जेलमा बन्दी छन्, पटनामा, सिलीगुडीमा र चेन्नइमा। भारतले उहाँहरूको रिहा गरे एउटा सन्देश जाने थियो। यदि भारतलाई नक्सलवादी आन्दोलनले कठिनाई पारेको छ भने हामीले त नेपालका समस्यालाई मौलिक तरिकाले ग्रहण गरिरहेका छौँ। हाम्रो कामरेडको रिहा गरिएमा र हामीले नेपालमा बहुदलीय लोकतन्त्र बहाली गर्न सफल भए भारतको नक्सलवादी आन्दोलनलाई पनि ठूलो सन्देश जानेथियो। भन्नुको तात्पर्य, उनीहरूलाई पनि नयाँ राजनीतिक विचारतर्फ उन्मुख हुन जग बसालिन्थ्यो। यो भनेर मात्र पुग्दैन, हामीले लोकतन्त्र स्थापना गरेर नै देखाउनु परेको छ। फेरि, नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापित भइसक्दा भारत र नेपालबीच रहिआएका ऐतिहासिक शङ्का–उपशङ्का पनि सदाका लागि समाप्ति हुनेछन्। यी सब कारणहरूले गर्दा तपाईंहरूले नेपालमा चलिरहेको लोकतान्त्रिक आन्दोलनलाई सशक्त सहयोग गर्नुपर्छ।

    प्र. अमेरिका राजाको सबैभन्दा बलियो आडको रूपमा देखिएको छ नि?
    उ. अमेरिकाको भूमिका राम्रो रहेको छैन। १९ माघपछि भारतको भूमिका राम्रो रहेको छ। मलाई लाग्दैन कि हाम्रो अन्य दलहरूसँग भएको सम्झ्ौताबारे भारत अनभिज्ञ थियो। तर अमेरिकाको भने शुरुदेखि नै नकारात्मक ‘रोल’ रहेको छ। माओवादीको खिलाफमा राजा र दलहरूबीच सम्झ्ौता गराउन उनीहरू प्रेरित छन्। हामीले बहुदलीय प्रणालीलाई स्थापना गर्ने कदम चलाउँदाको बाबजूद अमेरिकाले हाम्रो आन्दोलन र गठबन्धनलाई ध्वस्त पार्ने निर्णय लिएको छ। तसर्थ, उनीहरूको भूमिका नकारात्मक रहेको छ।

    प्र. अमेरिका राजातर्फ लचिलो हुनु पछाडिको रहस्य के हो?

    उ. नेपालमा के होला भनी उनीहरूको चिन्ता छैन। बरु उनीहरूको रणनीति भारतीय र चिनियाँ जनमानस र राज्यको खिलाफ लक्षित छ। अमेरिकाको एउटा बृहत् ‘स्ट्राटिजी’ छ, जसअन्तर्गत बुशले भारत र चीनलाई आर्थिक शक्तिहरू र ‘थ्रेट’को रूपमा लिएका छन्। शायद, यी दुई राष्ट्र बीच रहेको नेपाललाई अमेरिकाले आफ्नो कदममा कदम मिलाओस् भन्ने चाहन्छ। तसर्थ, अमेरिकाले रणनीतिक हिसाबले नेपाललाई हेरेको छ। यहाँ उनीहरूको आर्थिक आकांक्षा केही छैन। राजनीतिक नियन्त्रण चाहन्छन् उनीहरू, जसको लागि राजालाई बलियो पार्न चाहन्छन्।

    प्र. चीनको बारेमा के भन्नुहुन्छ? कोही भन्छन् कि भारतले राजालाई अप्ठेरो पारे उनी चीनतर्फ ढल्कने छन्?

    उ. यसअघि हामीलाई शङ्का थियो कि चीनले राजालाई आड दिएको छ, र स्थितिको फाइदा लिन कोशिश गर्नेछ। तर हाम्रो विश्लेषणले के निष्कर्षमा पुर्‍यायो भने चीनले यस्तो भूमिका निर्वाह गर्ने छैन। आखिर चीनको भारतसँगको सम्बन्ध सप्रँदो छ, र राजालाई सहयोग गरेर यो क्रम विथोल्न चाहँदैन। अहिले आएर हेर्दा हाम्रो विश्लेषण ठीक ठहरियो। हालै भारतीय विदेशसचिव श्यामशरण बेइजिङ गएर वार्ता गरिसक्दा, केही दिनपछि, पहिलोपल्ट चिनियाँ सरकारले वक्तव्य जारी गर्दै नेपालभित्रको अवस्थाबाट चिन्तित भएको र यसको संवेदनशील समाधान चाहिएको बतायो। त्यति बेलासम्म बेइजिङले नेपालभित्रको घटनाक्रमलाई सधैँ “आन्तरिक” मामिला भन्दै आएको थियो। आज राजासँग सम्बन्ध सपार्न चीनले भारतलाई रिस उठाउन खोज्दैछ। हाम्रो विश्लेषण यही हो। र, यस्तो पनि देखिन्छ कि भारत र चीन नेपालप्रति साझ्ा नीति राख्दैछन्। साँच्चै नै त्यस्तो साझ्ा नीतिको खाँचो छ। चीन र भारतसँगै काम नगर्ने हो भने आज मात्र होइन भविष्यमा पनि समस्या रहनेछ। त्यसैले उनीहरूबीच लोकतन्त्रप्रति र नेपाली जनताप्रति समझ्दारीको आवश्यकता छ। जहाँसम्म अमेरिकाको नीति छ, त्यो न भारतीय न चिनियाँ जनताका पक्षमा छ। तसर्थ, राजनीतिक तवरमा अमेरिकालाई ‘काउण्टर’ गर्न हामीले सँगै काम गर्नुपर्दछ। अमेरिकी पासोमा पर्नुहुँदैन।

    प्र. अमेरिकी राजदूत मोरिआर्टीका विरोधाभासपूर्ण वक्तव्यहरूबारे तपाईं के भन्नुहुन्छ?
    उ. शुरुदेखि नै अमेरिकाले राजाभन्दा माओवादीलाई बढी ‘इमिडिएट थे्रट’ को रूपमा लिएको छ। अमेरिकी विदेश विभागका हालैको वक्तव्यमा पनि राजाले माओवादीको सामना गर्न दलहरूसँग वार्ता अविलम्ब चाल्नुपर्छ भनेको छ। यो उनीहरूको पूर्वाग्रहको उपज हो। बुश सरकारको नियत ठीक भए हामीलाई ‘थ्रेट’ को रूपमा लिनुपर्ने नै थिएन, जबकि हामी बहुदलीय प्रणालीको वकालत गरिरहेछौँ र संविधानसभाको परिणाम मान्छौँ भन्दैछौँ।
    श्यामशरणको चीन भ्रमणपछि उत्पन्न हुँदै गएको स्थितिसँग हामी सन्तुष्ट छौँ। हाम्रो आन्दोलन अघि बढ्दैछ र मेरो विचारमा दुई–तीन महिनाभित्र, संघर्ष जारी रहेको खण्डमा, सदाको लागि राजसंस्थाको अन्त्य गर्ने र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने मौका छ। यही नै चीन, भारत र अरू सबैका लागि पनि सबैभन्दा राम्रो परिणाम हुनेछ। तर अमेरिकालाई यो स्वीकार्य हुँदैन, उसलाई त जसरी भए पनि राजतन्त्र टिकाउनु छ।
    मोरिआर्टीले निरन्तर माओवादी खिलाफ बोलिरहेछन्। उनको सम्बन्ध अमेरिकी ‘एसिया–प्यासिफिक मिलिटरी कमाण्ड’ सँग छ। उनको राजनीतिक चरित्र पनि छैन। हामीलाई यो पनि थाहा छ कि उनको विचार सिनेटर प्याटि्रक लेही जस्ता अमेरिकी संस्थापन पक्षका व्यक्तिहरू भन्दा फरक पनि छ। तर, समग्रमा अमेरिकी दृष्टिकोण नेपाली लोकतन्त्र र नेपाली जनताको पक्षमा छैन।

    प्र. तपाईं र बाबुराम भट्टराईबीचको गत वर्ष उत्पन्न भएको विवाद अब टुंगियो त?

    उ. समस्या त उत्पन्न भएको हो, तर हामीले यसरी समाधान गर्‍यौँ कि आज हाम्रो पार्टी पहिलाभन्दा मजबूत भएको छ। फेरि मिडियामा आएको जस्तो पनि थिएन हाम्रो मतभिन्नता। बीसौँ शताब्दीलाई कसरी मूल्याङ्कन गर्ने भनेर हामीले सैद्धान्तिक बहस गरेको हो। किन कम्युनिष्ट आन्दोलन सामू त्यत्रा ठूला अवरोध आए? किन रुसी क्रान्तिलाई प्रति–क्रान्तिले फितलो तुल्याइदियो? किन चीनले पनि त्यही बाटो लियो? यो त केन्द्रीय समितिमा धेरै वर्षदेखिको बहसको विषय थियो। पार्टी भित्र माडी घटनाजस्तो समस्याबारे विभिन्न मत राख्नेहरूबीच भविष्यलाई हेरेर सामन्जस्य तुल्याउनु थियो। बहसको औचित्य पनि यही थियो। तर यो सब हुँदाहुँदै उता माघ १९ हुन गयो। त्यसो हुँदो हो त यो विवादबाट प्रोपोगण्डा यसरी मच्चिने थिएन। राजाले शासन हातमा लिनु र हाम्रो पार्टी भित्र विवाद चर्किनु एकै समयमा हुनपुग्यो।

    प्र. तपाईंको पार्टीभित्र ‘पर्सन्यालिटी कल्ट’ बारे प्रश्न पनि त उठेको थियो नि?
    उ. त्यो त हो, तर के कुरा प्रस्ट पारौँ भने डा. भट्टराई र मेरोबीच नेतृत्वको बारेमा विवाद भएकै होइन। उहाँले मेरो नेतृत्वलाई कहिल्यै चुनौती दिनुभएको छैन। यो विषय व्यक्तिगत मिमतिको विषय नै हैन। सैद्धान्तिक विषयमा र अब लिनुपर्ने बाटोबारे मतभिन्नता नभएको होइन। र, यो विवादको अगस्ट महिनामा रोल्पामा भएको प्लेनम्ले निराकरण गर्‍यो। त्यसपछि हाम्रो एकता अझै मजबूत भएको छ।

    नेतृत्वको प्रश्नमा म के भन्न चाहन्छु भने हाम्रो पार्टी २१ औँ शताब्दीको पहिलो दल हुनेछ जसले २० औँ शताब्दीमा अड्किन गएको गाँठोलाई फुकालेर अगाडि बढ्नेछ। हाम्रो प्लेनममा राजनीतिक शक्ति र नेतृत्वबारेमा प्रस्ताव राख्यौँ, कि जब हामी राज्यसत्ताका लागि लड्छौँ या पुग्छौँ, स्टालिन या माओले गरेजस्तो हामी गर्दैनौँ। लेनिनले त शक्तिको विषयलाई नियाल्न समय पनि पाएनन्। स्टालिन क्रान्तिकारी त थिए, तर उनको तरिका हुनुपर्ने जति वैज्ञानिक थिएन, बस अलिकति ‘मेटाफिजिकल’ जसले समस्या निम्त्यायो। हामीले प्लेनममा माओवादीको पनि मूल्यांकन गर्‍यौँ। सन् १९३५ देखि १९७६ सम्मको उनको युवावस्थादेखिको बोल्न समेत कठिन हुँदाको बृद्धावस्थालाई हेर्ने हो भने के उनी सधैँ अध्यक्ष भएर सबै निर्णय गर्न उचित थियो त? हामीले यो सब अध्ययन गरेर निर्णय लियौँ कि जब हामीलाई राज्यशक्ति प्राप्त हुन्छ, हाम्रो पूरै नेतृत्वपंक्तिको दैनिक राज्य संचालनमा रहने छैन। म मात्र होइन, पूरै टीम, डा. बाबुराम भट्टराई, बादल, महरा, अरु जो संघर्षको सन्दर्भमा नेतृत्वपंक्तिमा पुगे। जब हामी काठमाडौँ जान्छौँ, हामी शक्ति बाँडफाँडको दैनिकीमा लाग्ने छैनौँ। त्यो हामी नयाँ पुस्तालाई छाडिदिने छौँ, जसलाई हामी प्रशिक्षण दिनेछौँ। नेतृत्वको हकमा यो बढी वैज्ञानिक तरिका हो। यसो नगर्ने हो भने स्थिति अन्तझैँ यहाँ पनि त्यस्तै हुन्छ, स्टालिन या माओ जबसम्म ज्यूदा हुन्छन् त्यति समयका लागि मात्र उनीहरूको क्रान्ति पनि ज्यूँदो हुन्छ।

    यो हाम्रो नेतृत्वको ठूलो ‘सेक्रिफाइस’ हो। यसको मतलव निश्चय पनि होइन कि हामी निष्त्रि्कय हुन्छौँ या अवकाश लिन्छौँ। हाम्रो आजको नेतृत्वपंक्ति ‘स्ट्याट्म्यान्शिप’ मा जानेछ, जुन कुरा गर्दा हाम्रो आश छ कम्युनिष्ट आन्दोलनको ठूलो बैचारिक समस्यालाई हामीले समाधान गर्नेछौँ। यो ‘टेक्निकल’ मात्र नभई ठूलो बैचारिक प्रश्न पनि हो। कुनै एउटा व्यक्ति या गुटको हातमा शक्तिकेन्द्रित गर्ने कुरै आउँदैन। यो प्रस्ताव प्लेनमसामु राख्दा हाम्रो सम्पूर्ण नेतृत्व पंक्तिले आफूबारे आन्दोलन र हाम्रो सिद्धान्तको सन्दर्भमा आत्मबल प्राप्त गर्‍यौँ। हाम्रो एकतामा बल पुगेको छ। हामी अहिले आक्रामक ‘मूड’ मा छौँ।
    मार्क्सवाद–लेनिनवाद र माओवादको सैद्धान्तिक विकासमा योगदान गरेजस्तो हामीलाई लाग्छ। परम्परागत हिसाबले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा दुई किसिमका प्रतिक्रियावाद र ‘डग्म्याटिक’ प्रतिक्रियावाद जस अन्तर्गत कुनै विचारलाई अपरिवर्तनीय ‘डोग्मा’ मा परिणत गरिन्छ। यो प्रवृत्ति माओवादीहरूबीच बढी फेला पर्ने गरेको छ। आफूलाई माओवादी भन्नेहरू यस्तो ‘डग्म्याटो–रेमिज्योनिजिम्’ तर्फ ढल्कने गर्दछन्, जुन प्रवृत्तिसँग पनि हामीले जुट्नुपर्छ।

    प्र. तपाईंहरूको बहुदलीय प्रणालीको तर्क कहाँसम्म भारतका माओवादीहरूलाई पनि लागू हुन्छ?

    उ. यो उनीहरूमा पनि लागू हुन्छ हाम्रो विचारमा। यसबारे हामी बहस चलाउन चाहन्छौँ। उहाँहरूले यो बुझ्ेर यही बाटो लिनु उचित छ। नेतृत्वको कुरा भन्नुस् या बहुदलीय प्रणाली, अझ् बहुदलीय प्रतिस्पर्धा, भारतमा आफूलाई क्रान्तिकारी भन्नेहरूले यी विषयबारे चिन्तन गर्नु र यो दिशातर्फ जानु जरुरी छ। हामी यसमा बहस गर्न चाहन्छौँ। क्रान्तिकारीहरूले सैद्धान्तिक विकासको आवश्यकताबारे नसोच्ने हो भने अगाडि बढ्ने अवस्था रहँदैन।

    प्र. भारतीय प्रहरी निकायको भनाइमा तपाईंहरू भारतीय माओवादीलाई बन्दूक र प्रशिक्षण दिँदै हुनुहुन्छ, यता तपाईं चाहिँ उनीहरू बहुदलीय प्रतिस्पर्धामा जानुपर्छ भन्दै हुनुहुन्छ?

    उ. हामीले केही दिएका छैनौँ। यसको प्रश्नै उठ्दैन। भारतीय निकायले मधुवनी र जहानावादका घटनामा पनि हामीलाई दोष दिन्छन्, तर हाम्रो भारतीय माओवादीसँग कुनै यस्तो सम्बन्ध छैन।

    प्र. अन्त्यमा, आफ्नैबारे अलिकति बताइदिनुस्, तपाईंको उमेर कति भयो, कहिले आन्दोलनमा लाग्नुभयो, कहाँ पुग्नुभयो?

    उ. म ५२ वर्षको भएँ र आन्दोलनमा समर्पित भएको ३४ वर्ष भयो। कम्युनिज्मको निकट म १६ वर्षको उमेरमा हुन पुगेँ, हाइस्कूलमा छँदै। र, म ‘होल–टाइम’ २८ वर्षमा हुन पुगे। मैले चितवनको कृषि कलेजमा बीएस्सी गरेर जनप्रशासनमा स्नातकोत्तर गर्दैथिएँ, जुनबेला तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रहको आव्हान गरेका थिए र ठूलो आन्दोलन चर्किएको थियो। मैले आन्दोलनमा लागेको त्यही बेला हो, र पढाइ सक्न पाइनँ। त्यतिबेलादेखि नै म क्रियाशील छु, धेरैजसो भूमिगत रहेर।

    प्र. अनि, पारिवारिक जीवन नि! विवाहित हुनुहुन्छ?
    उ. हो। मेरो परिवार पनि यही आन्दोलनमा सामेल छ।


  • BACK TO HOME PAGE
  • बन्दिपुर February 15, 2006, 11:35 am

    आदिवासी जनजाति महोत्सवको तयारी

    Filed under: Uncategorized

    चारै तिर हरियाली डा“डा र हिमालबाट झरेकी मादी र सेती नदीको सौर्न्दर्यले सुन्दर नगरी मानिने तनहु“को सदरमुकाम दमौलीलाई यतिबेला दुलहीझंै सिंगारपटार गरिएपछि सुनमा सुगन्ध थपिएको छ।
    दमौलीमा यही फागुन ४, ५ र छ गते गरी तीन दिनसम्म पहिलो पटक गरिने आदिवासी जनजाति सांस्कृतिक महोत्सव-2062 भव्य रूपमा सफल पार्न दमौलीवासी नगरलाई सफा सुन्दर बनाई चिटिक्क पार्न लागिपरेका छन्।
    दमौलीको प्रमुख बजार क्षेत्र सफा सडकलाई उद्योगी, व्यापारीले आप्ः्नो पेशालाई नै था“ती राखी रंगीबिरंगी ध्वजापताका र विभिन्न ब्यानर टा“ग्ने तथा रंगले पोतेर चिरीच्या“ट पारेका छन्।
    विभिन्न राष्ट्रिय तथा अन्तर्रर्ााट्रय, सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा ँआदिवासी जनजातिका कला र संस्कृति देशकै निधि, मौलिक संस्कार र स्वदेशीपनमै गर्वर् गरुन् हाम्रा सन्तति’ भन्ने नाराका साथ यो महोत्सव नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा गर्न लागिएको हो।
    सांस्कृतिक, झा“की व्यवस्थापन, आर्थिक संकलनलगायतका विभिन्न २८ वटा उपसमिति गठन गरिसकिएको र महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का सचिव राजेन्द्र कुमालले बताए।
    लोपोन्मुख कुसुण्डालगायत विभिन्न १५ वटा आदिवासीका धर्म, संस्कृति र भाषालाई एउटै थलोमा पर््रदर्शन गरिनु नै महोत्सवको प्रमुख आर्कषण रहेको आयोजक संस्थाका अध्यक्ष्ँ हरिसिंह गुरुङ बताउ“छन्। गुरुङका अनुसार आदिवासीका भाषा, धर्म, संस्कृति संरक्ष्ँण र विकास गर्नुका साथै उनीहरूलाई विकासको मूल प्रवाहमा ल्याउन एवम् विभिन्न जनजाति र सम्प्रदायस“ग सुमधुर सम्बन्ध राख्न लगाउने उद्देश्यले यो महोत्सव गर्न लागिएको हो। आयोजकका अनुसार सोही महोत्सवकै अवसरमा खाना महोत्सव, मादी र सेती नदीमा र्‍याप्ःि्टङ, बालमेला र हस्तकलासम्बन्धी सामग्रीको पर््रदर्शनी एवम् बिक्री कक्ष र आदिवासी जनजातिसम्बन्धी अन्तक्रिर्या कार्यक्रम गरिने निर्ण्र्ााभएको छ। जसको तयारी पनि तीव्र रूपमा अघि बढेको छ। विभिन्न ५० वटा स्टल राखिने उक्त महोत्सवको आन्तरिक तथा बाहय गरी ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ।
    घा“टु, सोरठी, कौरा, चुड्का, क्ल्याप्रिङ, छ्याट्र, पाउदुरे, देवी, पच्यू, लामा, तमाङसेलो, लाखे, मर्ुर्दुड्डा नेवारी, पञ्चेबाजा, ठाडोभाका, झयाउरेलगायतका गीत तथा नृत्यका अतिरिक्त महोत्सवमा स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्न लोक दोहोरी प्रतियोगितासमेत गरिने सांस्कृतिक उपसमितिका संयोजक यमबहादुर आलेले बताए।

    बन्दिपुर February 12, 2006, 11:59 am

    तनहुंमा जागे जनताहरु

    Filed under: Uncategorized

    पत्रकार र आन्दोलनकारीप्रतिको प्रहरीको व्यवहारले बजारवासी निकै आक्रोशित भएछन् । विरोधमा उनीहरू तत्काल बजार बन्द गरेर नाराबाजीमा उत्रिए । हेर्दाहेर्दै सडकमा गनिनसक्नु मान्छेको भीड लाग्यो । राजनीतिमा खासै चासो नदिनेहरू पनि मुट्ठी उचालेर भनिरहेका थिए, ‘निरङ्कुशता मुर्दावाद, लोकतन्त्र जिन्दावाद ।’ दमौलीमा यतिविधि मान्छे एकैपटक उत्रेको मैले कहिल्यै देखेको थिइन । जतिखेर पनि दलका एक-दुई सय कार्यकर्ता मात्रै हुन्थे जुलुसमा । तर, यसपटक अचम्मै भयो । जता हेर्‍यो उतै मान्छे । लोकतन्त्रका पक्षमा लागेको नाराले सिङ्गो शहर गुञ्जियो । आन्दोलनकारी तितरबितर पार्न खोज्ने प्रहरी आफैँ थाके । सायद तिनले बुझे, दमनले प्रतिरोध र प्रतिरोधले क्रान्ति जन्माउँछ । त्यसैले होला, ती हरुवा फुटबल खेलाडीजसरी सडकको किनारमा उभिएर आन्दोलनकारीका चर्का भाषण सुन्नमा मग्न भए । बेफ्वाँकको दमनले आन्दोलनकारीको सङ्ख्या बढेकामा प्रहरी आफैँ चिन्तितझैँ देखिन्थे ।

    भोलिपल्ट दमौलीमा झन् ठूलो आन्दोलन भयो । नगरनिर्वाचनको उम्मेदवारी दर्ता गराउने दिन थियो त्यो । सारा आन्दोलनकारी उम्मेदवारलाई निर्वाचन कार्यालय जानै नदिन बाटो छेकेर बसेका थिए । यसपटक महिलाको सङ्ख्या आश्चर्य लाग्ने गरी ठूलो थियो । गृहिणीदेखि शिक्षिकासम्म आन्दोलनमा उत्रिएका देखिन्थे । जिन्दावाद र मुर्दावादको नारा लाउनेभन्दा पृथक् शैलीमा उनीहरूले आन्दोलन अगाडि बढाए । तिनले मादल बजाए, कौरा गाए र छमछमी नाचे । तर, उनीहरूको कौरामा माया-प्रेमका सस्ता कुरा थिएनन् । जीवनप्रतिका गुनासा र निरासा पनि थिएनन् । बरु थिए, लोकतन्त्र र प्रगतिका कुरा । नागरकिका गुमेका हक फिर्ता हुनुपर्छ भन्ने सुन्दर उद्घोष तिनले गीतबाटै गरे । भने, ‘रबिन कपालमा, लोकतन्त्र चाहिन्छ अब नेपालमा ।’


    निर्वाचन कार्यालय जाने सडकमा पलेटी कसेर नाचगानमा उत्रेका महिलालाई हटाउन प्रहरीले पनि सकेन । सेनाको बख्तरबन्द गाडीले किचुँलाझैँ गर्दा पनि ती उठेनन् । केही सीप नलागेर सेनाको हेलिकप्टरले महिलाको टाउकैमाथिबाट हावा फाल्यो । धूलो उडेर आँखै नदेखिने भयो र पनि, महिला हटेनन् । घरको चुलाचौको सकेर आन्दोलनमा आएका आमा, दिदी, बहिनीको यो अदम्य साहसले शहरमा खुब प्रशंसा पायो ।

    साभार नेपाल

    पृथ्वीराजमार्गमा बम

    Filed under: Uncategorized

    ब्रि्रोही माओवादीले पृथ्वीराजमार्ग सडक खण्डको तनहुँको डुम्रे बजार नजिकै सडकमा सोमबार राति ६ वटा बम विछ्याएका छन् । पृथ्वीराजमार्ग सडक खण्ड अर्न्तगत बन्दीपुर गाँउ विकास समिति वडा नं १ मा पर्ने सो सडकमा माओवादीले २ वटा तुल बम बिजुलीको तारमा झु्ड्याएका र अरु ४ बम सडकमा विछ्याएको स्थानीय वासिन्दाले बताएका छन् । सडकमा विछ्याइएको ४ वटा बममध्ये एउटा बम सोमबार राति नै साढे १२ बजे तिर विस्फोट भएको उनीहरुले बताएका छन् । सो बिस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । झुण्डयाइएका २ वटा तुल बममा माओवादीले खतरा समेत लेखेको बताइएको छ । माओवादीले सडकमा बम राखेका कारण र्सवसाधारण कोही पनि आवत जावत गर्न सकेका छैनन् । डुम्रे बजारवासी तथा त्यस वरपरका बासिन्दाहरु डरले कोही पनि घर बाहिर निस्कन सकेका छैनन् भने सडकमा बम राखेको थाहा पाएपछि घाँसिकुँवा गाविसको नाहालाबाट डुम्रे बजारतर्फदूध लिएर गएका कृषकहरु समेत सम्बन्धित ठाँउमा दूध नपुर्‍याई बीच बाटोबाटै घर फर्किन बाध्य भएको स्थानीय कृषकहरुले बताएका छन् । घटनास्थलमा अहिले भानु गाविसमा रहेको सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी पुगेका छन् । बम राखेको स्थानमा सुरक्षाकर्मीले कोही कसैलाई पनि जान दिएका छैनन् । माओवादीले अन्य ठाउँमा पनि बम राखेको हुन सक्ने आशंकामा सुरक्षाकर्मी बम रहेको स्थानमा पनि जान सकेको छैन । बम राखेको स्थान सदरमुकाम दमौली बजारबाट १८ किलोमिटर र्पूवमा पर्दछ । त्यसैगरी माओवादीहरुले बन्दीपुर गाविस ६ मा पर्ने चुन पहरा भन्ने स्थानमा रुख ढालेर सडक अवरुद्व पारेको बताइएको छ । यसैबीच माओवादीद्वारा आहृवान गरिएको एक साता लामो नेपाल बन्दको तेस्रो दिन पनि तनहूँमा बन्दको प्रभाव र्पूण रुपमा परेको छ । बन्दका कारण दमौली, डुम्रे, आवुखैरेनी, खैरेनीटार, भिमाद, दुलेगौडा लगायतका प्रमुख बजारहरु विहानैदेखि बन्द रहे भने लामो तथा छोटो दुरीका कुनै पनि किसिमका सवारी साधन चलेनन् । सडकमा सुरक्षा निकायका गस्तीका सवारी साधन मात्र चलेका थिए । बजारमा र्सवसाधारणको चहल पहल पनि निकै कम भएको पाइएको छ । शिक्षण संस्था, उद्योग, कलकारखाना, बन्द नै रहे सरकारी कामकाज भने रोकिएको थिएन

    अस्पतालमा विस्फोटको निन्दा

    Filed under: Uncategorized

    माओवादी छापामारले तनहु“को सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा गराएको बम विस्फोटन घटनाको नेपाल मानवअधिकार संगठन तनहु“ले निन्दा गरेको छ।

    बन्दिपुर February 11, 2006, 5:04 am

    पर्ूवमन्त्री र व्यास न.पा नगरप्रमुखको घरमा विस्फोट

    Filed under: Uncategorized

    घरभित्रका मानिसलाई बाहिर ननिकाली बिनाचेतावनी माओवादीले तनहु“को सदरमुकाम दमौलीस्थित पर्ूवमन्त्री दर्ुगा श्रेष्ठ र व्यास नगरपालिका प्रमुख सुन्दरबहादुर गुरुङको घरमा बिहीबार राति शक्तिशाली बम विस्फोट गराउ“दा सात जना घाइते भएका छन्। विस्फोटबाट नगरप्रमुख गुरुङको घरस“गै जोडिएको छिमेकी जगलाल गुरुङको घर पनि ध्वस्त भएको छ भने वरपरका आधा दर्जन घरमा क्षति पुगेको छ। विस्फोटबाट सबै घरका गरी झन्डै ३० लाखको क्षति भएको छ।

    विस्फोटबाट नगरप्रमुख गुरुङकी ४० वषर्ीया श्रीमती माया गुरुङ र छिमेकी जगलालकी बहिनी मीना गुरुङ बेहोस भएका थिए। उनीहरूको शुक्रबार बिहान मात्र होस खुलेको थियो। विस्फोटका कारण उछिट्टएिका सिसाले लागेर नगरप्रमुख गुरुङका छोरा प्रनिशसहित अन्य सात जना घाइते भएका छन्।

    विस्फोटले पर्ूवमन्त्री श्रेष्ठका छिमेकी सन्तोष श्रेष्ठको घर तथा उनको होटल, नगरप्रमुख गुरुङका छिमेकी सिंहबहादुर दरै, सम्सेद्दिन मिया, कवीन्द्र श्रेष्ठ, प्रेमबहादुर गुरुङ र देवनिधि पन्तको घरमा पनि क्षति पुगेको छ। द्वन्द्वस“ग असम्बन्धित व्यक्तिलाई लक्षित गरिएको भन्दै सो विस्फोटको मानवअधिकारवादीले निन्दा गरेका छन्। ँबैठक कोठाबाट समाचार सुन्न माथिल्लो तलामा नगएको भए ज्यानै जाने रै’छ’ -पर्ूवमन्त्री श्रेष्ठले भनिन्। बम विस्फोटले उहा“को कम्प्युटर, फोटोकपी मेसिनलगायतका सामान एवम् भुइ“तलाको बैठक कोठाको पिल्लर भास्सिएको छ। नगरप्रमुख गुरुङको पनि भुइ“तलाका कोठामा नराम्ररी असर परेको छ। खाना पकाउने सिलसिलामा छतको भान्साकोठामा गएकाले सबैको ज्यान बचेको नगरप्रमुख गुरुङले बताउनुभयो।

    दमौलीमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव

    Filed under: Uncategorized

    तनहु“को सदरमुकाम दमौलीमा पहिलोपटक ँआदिवासी जनजाति सांस्कृतिक महोत्सव’ गरिने भएको छ।
    यही फागुन ४, ५ र छ गरी तीन दिनसम्म गरिने उक्त महोत्सव तयारीको ७५ प्रतिशतभन्दा बढी काम पूरा भएको आयोजक नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहु“ले जनाएको छ।
    ँआदिवासी जनजातिका कला र संस्कृति देशकै निधि, मौलिक संस्कार र स्वदेशीपनमै गर्व गरुन् हाम्रा सन्तती’ भन्ने नाराका साथ गरिन लागिएको यस महोत्वका लागि सांस्कृतिक, झा“की व्यवस्थापन, आर्थिक संकलन, स्वयमसेवक परिचालनलगायतका विभिन्न २८ वटा उपसमिति गठन गरिसकिएको छ। पर्चा-पम्प्लेट वितरण, विभिन्न ठाउ“मा ब्यानर झुन्डयाउने र स्टल निर्माण कार्य, तीव्ररूपमा भइरहेको आयोजकले जनाएको छ।
    दोस्रो आदिवासी २००५-२०१५ लाई मर्ूतरूप दिने, आदिवासी जनजातिका कला र सीपसम्बन्धी सामग्रीहरूको उपयोगितामा वृद्धि गर्न, आन्तरिक तथा बाहय पर्यटकहरूका लागि तनहु“ एक गन्तव्यस्थलका रूपमा विकास गर्न, आदिवासीको भाषा, धर्म र संस्कृति संरक्षण र विकास तथा उनीहरूलाई विकासको मूल प्रवाहमा ल्याउन एवम् विभिन्न जनजाति तथा सम्प्रदायस“ग सुमधुर सम्बन्ध कायम राख्ने उद्देश्यले दमौलीमा यो महोत्सव गरिन लागिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष हरिसिंह गुरुङले बताउनुभयो।
    घा“टु, सोरठी, कौरा, चुट्का, क्ल्याप्रिङ नाच, छ्याट्रनाच, पाउदुरे, देवीनाच, पच्यूनाच, लामा, तमाङसेलो, लाखे नाच, मर्ुर्दुड्डा नेवारी, लोकदोहोरी, पञ्चेबाजा, ठाडोभाका र झयाउरे गीतलगायतका सांस्कृतिक झा“कीको महोत्सवमा पर्दशन गरिने जानकारी सांस्कृतिक उपसमितिका संयोजक यमबहादुर आलेले बताउनुभयो। सोही अवसरमा दिइएको जानकारीअनुसार खाना महोत्सव, मादी र सेती नदीमा र्‍याप्ःि्टङ, बालभेला, हस्तकलासम्बन्धी सामग्रीको पर््रदर्शनी एवम् बिक्री कक्ष र आदिवासी जनजातिसम्बन्धी अन्तर्त्रिmया कार्यक्रम पनि गरिने आयोजकले जनाएका छन्।
    ५० वटा स्टलमध्ये भेषभूषाका १०, खानाका २५, बालबालिकाका दर्ुइ, आदिवासीका सूचना तथा जानकारी केन्द्र दर्ुइ, आदिवासी जनजातिकै प्रश्नउत्तर कार्यक्रमको एक, भा“डाकु“डाका र हस्तकलाका पनि पा“च/पा“च वटा रहेका छन्। महोत्सवमा झन्डै ५ लाख रुपिया“ खर्च हुने आयोजकको अनुमान छ। महोत्सवमा आन्तरिक र बाहय गरी ५० हजारले अवलोकन गर्ने आयोजकले जनाएका छन्।
    साभार नेपाल समचार पत्र

    बन्दिपुर February 7, 2006, 8:11 am

    २०६२ को गाईजात्रे भिडीयो

    Filed under: Uncategorized

    तनुहँ ब्यास न.पाका निर्विरोधद्वारा काम शुरू

    Filed under: Uncategorized

    निर्विरोध घोषित व्यास नगरपालिका पदा-धिकारीहरूले जिविसमा बसी काम शुरू गरेका छन्।
    असुरक्षाका कारण व्यास नगरपालिका कार्यालयमा नबसी जिविसबाटै कार्य थालिएको छ । सिफारिशलगायतका नपाबाट हुने विविध कामहरू पियनले बोकेर जिविसमा पुर्‍याउने गरेको नपास्रँेतले जनाएको छ।

    बन्दिपुर February 6, 2006, 11:50 am

    बन्दजस्तै बन्दीपुर

    Filed under: Uncategorized

    केहीअघिसम्म आकर्षणको बन्दीपुर अहिले सुनसान छ
    बन्दीपुरे उकाली लामो मस्र्याङ्दी डुङ्गा ती तरेर …’
    कुनैबेला बन्दीपुर बजार पुग्न निकै कठिन र ठाडो उकालो उक्लिनुपथ्र्याे । त्यही उकालोबारे लेखिएको थियो यो गीत । तर, अहिले बन्दीपुरको यात्रा सुगम भइसकेको छ । डुम्रेबाट मोटरमा १५ मिनेट पनि लाग्दैन बन्दीपुर पुग्न ।


    बन्दिपुरको बजार
    चार दशकअघिसम्म बन्दीपुर बजारको रौनक नै अलग्गै थियो । २०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सरेपछि बजार उजाड हुन थालेकोे हो । पृथ्वी राजमार्ग सञ्चालनमा आएपछि बन्दीपुर झनै एक्लियो । मानिसहरूको चहलपहल विस्तारै घट्न थाल्यो । यहाँका रैथाने घरानिया साहूहरू चितवन र काठमाडौँ बसाइँ सर्न थाले । परिणाम अहिले सुनसानजस्तै देखिन्छ बन्दीपुर । पृथ्वी राजमार्गको मुङ्लिङबाट २५ किलोमिटरको दूरीमा पर्ने यो बजार पर्यटकीय दृष्टिले निकै आकर्षक मानिए पनि यहाँ पर्यटकहरूको पाइला नपरेको पाँच वर्ष भयो । राणाकालीन समयमा निर्माण भएका कलात्मक घरहरू, यहाँका डाँडाहरूमा फल्ने सुन्तला, बन्दीपुरबाट दृश्यावलोकन गर्न सकिने मनास्लु हिमाल, गणेश हिमाल र अन्य हिमशृङ्खलाहरू, फेदीमा आफ्नै प्रवाहमा सुसाइरहेकी मस्र्याङ्दी नदी र गोरखासम्मको मनोरम दृश्य अब धेरैका विस्मृतिमा पुग्न थालिसके ।
    बन्दीपुरले गौरव गर्न सक्ने धेरै कुरा छन् । एसियाकै ठूलो गुफाको रूपमा चर्चामा रहेको सिद्धगुफाभित्र गणेश, शिवलिङ्ग, शेषनाग, श्रीपेचजस्ता आभास दिने ढुङ्गेचित्र र गुफामा देखिने चमेराहरू, गुफाभित्रै बनेको ताल, सिद्धबाबाले ध्यान गरेजस्तो देखिने मूर्तिले जति पर्यटकहरूलाई लोभ्याउनुपर्ने हो, त्यो सकेको छैन । विमलनगरबाट आधा घण्टाको उकालो चढेपछि पुग्न सकिने सिद्ध अवलोकनका लागि दिउँसै उज्यालोको सहारा लिनुपर्छ । गुफाले यस ठाउँको इज्जत त राखेको छ तर यसको यथोचित विकास अनि प्रचारप्रसार हुन सकेको छैन । यसबाहेक यहाँका तीनधारा र बन्दीपुर रिसोर्टले बजारको इज्जत राखेको भनाइ स्थानीय मानिसहरूको छ । तर, एउटै समस्याले जकडिरहेको छ सबैलाई, त्यो हो- द्वन्द्व ।


    समयसँगै आएको परिवर्तनले पनि अहिले बन्दीपुरलाई नराम्रोसँग गाँजेको छ । यहाँका मानिसहरू मणि हराएको सर्पजस्तै देखिन्छन् । नागरिक समाजका ईश्वरगोपाल प्रधान भन्छन्, “व्यापारिक कारोबार ७५ प्रतिशतले घटेको छ ।” भौँतारिनु मानिसको रहर होइन तर भाँैतारिनुपरेको छ । गोरखा, लमजुङ, मनाङसम्मको व्यापारिक नाकाका रूपमा आफ्नो अस्तित्व गुमाउनुपर्दाको पीडा बन्दीपुरेहरूका लागि सही नसक्नु छ ।
    अहिले बन्दीपुरमा दिउँसै रात पर्छ, मानिसहरू छ बज्न नपाउँदै ढोका लगाउँछन् । होटल व्यवसायी कृष्ण प्रधानको यस भनाइले पनि बन्दीपुरको अहिलेको अवस्थालाई बुझ्न अप्ठ्यारो छैन, “सम्पन्न र पहुँचवाला बन्दीपुरेहरू द्वन्द्वको मार थेग्न नसकेर विस्थापित भइसकेका छन् । निरीह र बन्दीपुरको मोह भएकाहरू अझै यहाँको विकासका लागि जुझिरहेका छन् ।” स्थानीय बासिन्दा दिलबहादुर थापाको आशा मरेको छैन, “राजा मर्दैमा राजगद्दी खाली नभएजस्तै कसैले बन्दीपुर छाड्दैमा बन्दीपुर खाली हुँदैन ।”

    बन्दिपुरको पुरानो बजार
    पुरानो सदरमुकामको शान अझै नगए पनि सुरक्षाको प्रबन्ध सरकारले गर्न नसक्दा द्वन्द्वको मार बन्दीपुरमाथि खनिएको छ । व्यापारी र शिक्षकहरू विद्रोहीलाई चन्दा दिनुपर्ने बाध्यताले मारमा छन् । आधारभूत आवश्यकता पूर्ति गर्ने केही कार्यालय बन्दीपुरमा रहँदा सामान्य सेवा उपभोग गरिरहेका बन्दीपुरेहरूले ०५८ देखि यी सेवाहरूसमेत गुमाउनुपर्‍यो । कृषि विकास ब्याङ्क, राष्ट्रिय वाणिज्य ब्याङ्क, हुलाक कार्यालय, प्रशासन कार्यालय द्वन्द्वका कारण विस्थापित भएपछि अहिले यी सेवा उपभोग गर्न मानिसहरूले सदरमुकाम वा चितवनसम्मको दौड लगाउनुपर्छ, भएको एउटा प्राथमिक स्वास्थ्यकेन्द्रमा डाक्टर नबसिदिनु यहाँका मानिसहरूका लागि अर्को पीडा हो ।
    असुरक्षाले गाँजेपछि विद्रोहीले राम्रोसँग चलखेल गर्न पाए पनि आक्कल-झुक्कल आउने सुरक्षाकर्मीको गस्तीले यहाँका मानिसहरू दोहोरो चपेटामा छन् । अपहरणमा पर्ने, हराउने र पिटाइ खाने त सामान्य नै हो । घाँसीकुवा गाविसका रोहित पन्त काठमाडौँ हिँडेकी आफ्नी दिदी कल्पना पन्त र सरस्वती अधिकारी बेपत्ता भएको सात वर्ष बितिसक्दा पनि फेला पार्न नसकिएको बताइन्छ । त्यसैगरी ०५२ मा बेपत्ता पारिएका श्रीराम पण्डित र मोहन सिग्देलको कुनै खबर छैन ।


    ‘माघ १९’ पछि त विकास निर्माणका काम रोकिएका छन् । बजेट कटौती भएका छन् । शिक्षासेवी इन्द्रबहादुर कुँवर द्वन्द्वका कारण शैक्षिक क्षेत्र तहसनहस भएकोमा दुःखी देखिन्छन् । विद्रोहीहरूले बन्दीपुरको नोट्रेडम बोर्डिङ् स्कुल बन्द गरेको तीन वर्षपछि खुलेको छ । यसले पनि शिक्षाप्रतिको यहाँका मानिसहरूको मरेको आशा केही जगाएको छ । विद्रोहीले गाविस भवनमा लगाइदिएको ताला अझै खुल्न सकेको छैन । बेलाबेलामा हुने विद्रोहीका आमसभाका बखत हुने अपहरणले यहाँका मानिसहरूको मन त्रसित छ । दमौली, विमलनगर र खैरेनीमा सुरक्षाफौजले कब्जा जमाए पनि बाँकी भागमा विद्रोहीको प्रभाव देखिन्छ । स्थानीय एक व्यापारीका भनाइमा विद्रोहीले तनहुँको दक्षिणी भेगको कालिकाटारमा आक्रमण गरेपछि पश्चिमाञ्चलमा हिंसा सुरु गरेका हुन् ।
    बन्दीपुर जनप्रतिनिधिविहीन अवस्थामा छ । जनताका लागि राजनीति गर्ने दलहरू केन्द्रतिर विस्थापित छन् । कार्यकर्ताको केही जोड चल्दैन बन्दीपुरमा । नेपाली काङ्ग्रेसका गोपाल अधिकारी भन्छन्, “जनताका अधिकार खोसिएपछि द्वन्द्वले झन् मलजल पाएको छ । हतियारको दोहोरो चपेटामा परेका जनताले मुक्ति पाउन सक्ने अवस्था छैन ।” बन्दीपुर र दमौलीबीचको गहिरो खिचातानीले पनि यहाँको विकासमा असर पुर्‍याएको छ । बजेटजति सदरमुकाममा सीमित गरेपछि यहाँको विकास रोकिएको गुनासो बन्दीपुरेहरूको छ ।
    साभार नेपाल

    बन्दीपुरको बान्की

    “बन्दीपुरे उकालै लामो, मर्स्याङ्दी डुङ्गाले तरेर
    वनवनै ढाकेर फुल्ने, लालुपाते झुलेको देखेर ।”
    बन्दीपुरको लामो उकालो आजकल पैदल हैन जीप, बस, ट्रक र ट्याक्टर चढेर तय गरिन्छ । आठ किलोमिटर पक्की सडकमा मोटरको क्यासेटबाट तारादेवी र जनार्दन समको युगल आवाजमा मवीवी शाहका गीत गुञ्जँदा विशेष आनन्दको अनुभूति हुन्छ । पृथ्वी राजमार्गको डुम्रे कटेपछि लगत्तै पिप्ले भन्ने ठाउँबाट बाटो छुट्टएिर उकालो लाग्छ । गाउँ, वन र पाखाका घुम्ती हुँदै करीब आधा घण्टापछि बन्दीपुर बजार आइपुग्छ । मोटरबाट झट्ट ओर्लिँदा भक्तपुरको कुनै टोलमा पुगेको भान हुन्छ ।

    बन्दिपुरको पुरानो बजार
    बन्दीपुर नाम कसरी पर्न गयो भन्ने जिज्ञासाको एकिन तथ्य भेट्टइिसकेको रहेनछ । यहाँका नाम र घामका बारेमा कथा कथ्नेहरू चाहिँ ठाउँठाउँमा भेटिन्छन् । मगर भाषामा नदी वा पानीलाई ‘दी’ भनिने हुनाले मर्स्याङ्दी, म्याग्दी, चुङ्गदी, दरौँदी भने झैँ वनको पानी पिउने शहर भएकोले वन-दी-पुर नाम रहन गयो भन्ने एकथरीको अड्कल पाइयो । त्यस्तै, विगतमा प्रशासनको केन्द्र अर्थात् अपराधीहरूलाई थुन्ने शहर भएकोले बन्दीपुर भनिएको भन्ने कथन पनि सुनिन्छ । बन्दीपुरका विषयमा अनुसन्धान गर्ने लिण्डा इलटिसको अनुमानमा खड्गदेवीको रखवारी गर्ने ‘वन्दी’ नामका पुजारीको नाममा यो शहर बस्यो भन्ने उल्लेख छ ।

    बेँसी र टारको बाहुल्य भएको तनहुँ जिल्लाको प्रायः बीच भागमा सलक्क उठेको पहाडी भूभागको दम्सिलो थाप्लोमा अवस्थित छ बन्दीपुर । बन्दीपुरको टुँडिखेल काठमाडौँको भन्दा ३०० मिटर होचो, १०३० मिटरको उँचाइमा छ । भू-बनोटका हिसाबले तनहुँको ८० प्रतिशतभन्दा बढी भू-भाग १००० मिटरभन्दा होँचा बेँसी, टार र औले भू-भागले ओगटेको छ । यस आधारमा तनहुँलाई पहाडी जिल्लाको कोटिमा राख्नु औचित्यपरक लाग्दैन । तर, सालको वनभन्दा माथि कटुस र चिलौनेको वनले ढाकेका औलोमुक्त पाखार्-पर्वत मानव बस्ती लायक क्षेत्र हुन् । तीमध्ये, बन्दीपुरले विशिष्ट स्थान ओगटेको छ । यो ठाउँ झण्डै दृश्यावलोकन-बर्ुजा -भ्यू टावर) जस्तो छ । यहाँको टुँडिखेलबाट उत्तरतिर हर्ेदा ५०० मिटरको होचो उपत्यकामा बगेकी मर्स्याङ्दी र टाढा-टाढासम्म फैलिएका टार र फाँटहरू देखिन्छ । त्यहाँबाट क्रमैले उठ्दै गएको पहाडी भूमि क्षितिजमा हिमशृङ्खला र तिनका शिखरहरूमा पुगेर टुङ्गन्िछन् । यसरी, ५०० मिटरको बेँसीदेखि ८००० मिटरका चुचुरासम्मको दृश्यावलोकन, त्यो पनि धौलागिरिदेखि लाङटाङसम्म मुन्टो नघुमाइकन आँखाको नानीले टिप्न सक्ने ठाउँ विरलै छन् हामीकहाँ । कुहिरो लागेको बिहानी छ भने कुहिरोको अनन्त सागरमा सेता हिमालहरू सतहमा तैरिएका पानीजहाज जस्ता देखिन्छन् । आसपासका थुम्काथुम्कीहरू पनि सामुद्रिक टापुझैँ ठाउँठाउँमा टुपुलुक्क टुपुलुक्क देखिन्छन् । साँझपख थानीमाई टाकुरा चढेर सर्ूयास्त हर्ेर्ने हो भने पहाडका पत्रहरू फूलका तरेलीझैँ गन्न सकिन्छ । त्यस्तै बाहुन-भन्ज्याङबाट देखिने दृश्य पनि पर्वतीय उँचाइ र उपत्यकाको गहिराइलाई नक्सामा कोरेका ‘कार्र्टो ग्राफर’का ‘कन्टुर लाइन’ जस्तै पाखाबारीका कान्लाहरूले चित्राङ्कन गरेको देखिन्छ । यस्तै प्राकृतिक छटाको अनुपम आकर्षा भित्र बन्दीपुरको भविष्य लुकेको हुनर्ुपर्छ भन्ने पर्यटन विकासको वर्तमान मूल्याङ्कनले देखाउँछ । तर, चुनौतीका उकालाहरू चढ्न बन्दीपुरे उकालो अझै लामो छ ।
    वर्तमान बन्दीपुरको यात्रा भनेको यसको गौरवमय इतिहास र सम्पन्नताका अतितलाई कोट्याई-कोट्याई गरिने वयानको यथार्थ पनि हो, तर भविष्यको बन्दीपुरबारे एकिन चित्र कोर्न भने बाँकी नै रहेछ । त्यो सानो शहर घुम्दा भक्तपुरकै एकछेउ घुमेजस्तो लाग्छ । सडकको दायाँबायाँ टम्म मिलेका घरहरू छन् । दक्षिण मोहडाका घरहरूमा तलतिर दलान, त्यसको माथि घाम ताप्ने बार्दली र फूलका गमलाहरू लहरै देखिन्छन् । उत्तर मोहडाका घरहरूमा पसलका लहरहरू छन् । ढुङ्गाले छापेको सडक र स्लेटले छाएका घरका दर्ुइपाखे छानोले विशेष चित्रकारी रंग दिएको छ बन्दीपुर शहरलाई । काठका कलात्मक झयालहरूले नेवार शहरको वास्तुकलालाई सहजै झल्काउँछ तर भादगाउँ, चापागाउँ, खोकना वा बुङ्मतीका घरहरूझैँ झयाल-झयालमा खर्ुसानी, तोरी साग, लसुन वा प्याजका माला झुण्डिएको देख्दैनौँ । बीउका लागि छुट्याइएका आलुका टोकरी पनि छैनन् । यस अर्थमा बन्दीपुर कृषक-नेवारको बस्ती हैन भन्ने स्पष्ट हुन्छ । यो बस्ती व्यापारीको थियो ।

    बन्दिपुरको टुडिखेलबाट देखिने मनोरम् दृश्य
    बन्दीपुरको प्रख्यातिमा सुन्तला पनि उल्लेख्य छ । अहिले यहाँका धेरै सुन्तला रोगग्रस्त छन् । रोग नलागेका बारीका सुन्तला पनि त्यहाँको बजारमा किनबेच हुँदो रहेनछ । ठेकेदारले बगैँचा-बगैँचा नै पहिल्यै किनिसकेका हुँदारहेछन् । मागे नदिने र चोर्न नमिल्ने रूखैमा लटरम्म सुन्तलाहरू हर्ेन मात्र सकिन्छ । पर्यटक वा यात्रीहरू डिब्बा र बोतलकै “प|mूट जुस” प्रयोग गर्न बाध्य छन् । वरपरका बारी, पाखा, आँप बगैँचाहरू भने जनशक्तिको अभावमा अलपत्र छन् । ठूल्ठूला घरहरू पनि रित्ता छन् । समष्टिमा देख्दा बन्दीपुर कसैको आगमनका लागि पट्याइलाग्ने पर्खाइमा बसे जस्तो आभास हुन्छ । ३० वर्षपहिले लेखिएको वर्ण्र्ाापनि अहिलेकै बन्दीपुरको जस्तो लाग्दछ । यस रमणीय स्थलको लामो पर्खाइलाई नयाँ मोड दिने हेतुले बन्दीपुर महोत्सव सम्पन्न भइसकेको छ । त्यसै सर्न्दर्भमा बन्दीपुर इको-कल्चर टुरिज्म प्रोजेक्टअर्न्तर्गत युरोपेली कमिसनमार्फ् पर्यटन विकासको काम भइरहेको छ । त्यसअर्न्तर्गत टुँडिखेल र पदयात्राका पथहरूको सुधार, सिद्धगुफाको पर्यटकीय विकास, केही पुराना कलात्मक घरहरूलाई पर्यटनमुखी बनाउने र अन्य पर्यटकीय पर्ूवाधार स्थापना गर्ने विभिन्न कदमहरू चालिएका छन् । त्यसलाई सफल पार्न स्थानीय बासिन्दाहरूले देखाएको ऐक्यबद्धता निकै सराहनीय देखिन्छ । त्यस्तो सहयोग जुटी नै रहेमा बन्दीपुरले काँचुली फर्ेर्नेछ । आपसी मेलमिलाप र कार्यक्रमप्रतिको ऐक्यबद्धता रहेमा मात्र आशातित विकास हुन्छ, अन्यथा नगरकोट शैलीको हान-थापे निर्माणले बन्दीपुरको टुँडिखेललाई भद्दा बनाउनेछ र शहरका पुराना घरहरू पनि क्रमैले सुधारिनुको साटो प्रतिस्पर्धात्मक निर्माणमा विकृतिको थलो बन्नेछन् । आँखै बिझाउने गरी आधुनिक शैलीमा ठड्याइएका केही घर र भवनहरू, टुँडिखेलभित्रै ठूल्ठूला बस र ट्रकहरूको ओहोरदोहोर र त्यहीँ बिसौनी राख्ने कार्य, ठूला रूखको फेदैमा चुलो बालेर भोज-भतेर र पिकनिक मनाउने, अनि डाँडै घन्कने डिस्को क्यासेट बजाउने स्थानीय सोख निश्चय पनि पर्यार्-पर्यटन विपरीत क्रियाकलाप हुन् । विकृतिलाई बेवास्ता गरेमा वा समयमा नै सुधारका पाइला नचालेमा त्यसको प्रतिफल के हुन्छ, काठमाडौँ शहरले नै बताइदिन्छ ।
    पर्यार्-पर्यटनको दृष्टिले प्रसिद्धिको पर्खाइमा बसेको बन्दीपुरको सिद्धगुफा विशेष आकर्ष र चर्चाको विषय बन्न सक्छ । मर्स्याङ्दी किनारमा अवस्थित विमलनगरबाट करीब एक घण्टाको उकालो चढेर बन्दीपुरतिर उक्लिँदा यो गुफा भेटिन्छ । लगभग २०/२५ वर्षपहिले मात्र आम जानकारीमा आएको त्यो गुफा निश्चय नै नेपालको सबभन्दा ठूलो गुफा हुनर्ुपर्छ । यसको पर्ूण्ा अन्वेषण हुन बाँकी नै छ । गुफाको मुखैमा रहेका केही ठूल्ठूला पत्थरहरू हटाउँदा भित्र त ठाउँ-ठाउँमा हात्ती चढेर घुम्न सकिन्छ । अन्य गुफामाझैँ यसमा निहुरेर, घस्रेर हिँड्नुपर्ने हुँदैन । यो गुफालाई कसरी सदुपयोग गर्ने भन्नेमा एकिन निर्देशिका बन्नर्ुपर्छ । प्रकृतिले निर्माण गरेका विचित्रका आकृतिलाई विकृत पार्ने कुनै काम गर्न दिनुहुँदैन । ढुङ्गामा नाम कुँद्ने, यत्रतत्र फोहोर गर्ने, भित्र गएर हल्ला गर्ने, एकैपल्टमा हुलका हुल जाने आदि क्रियाकलापमा नियन्त्रण गरिहाल्ने बेला आइसकेको छ । यस्ता गुफाहरूमा दर्ुलभ चमेरो र अन्य जीवजन्तुको बास हुनसक्छ । तिनलाई नखल्बल्याइकन अवलोकन गर्ने व्यवस्था हुनर्ुपर्छ । भित्र तेजिलो बिजुली बालेर यस प्राकृतिक गुफालाई बेलायत, प|mान्स वा अन्य राष्ट्रको भूमिगत रेल सुरुङको निर्यातमा परिणत गर्नु दर्ुभाग्य हुनेछ ।
    बन्दीपुरको यात्रामा लालुपाते झुलेको पनि हर्ेर्नै पर्छ । यस क्षेत्रमा फुल्ने लालुपातेको रंग अरू सामान्य लालुपातेको भन्दा भिन्दैछ । बढी चम्किलो र गाढा रातो सिम्रिक रंगमा लालुपाते झुल्दछ । लालुपाते नेपालको रैथाने बिरुवा नभई मेक्सिकोबाट भारतको भूमि भई हाम्रा लाहुरे दाजुभाइबाट भित्र्याइएको अतिथि वनस्पति हो । नेपालको आतिथ्यमा लालुपाते नेपालकै सांस्कृतिक धरोहर पनि बनिसकेको छ, विशेष गरेर धौलागिरि अञ्चलमा । बन्दीपुरको अरू वनस्पतिका आकर्षामा थप्नुपर्ने तत्व त्यहाँका वरपीपल, आँप र चिलौनेका वृद्ध वृक्षभरी लटरम्म झाङ्गएिका सुनाखरीहरू हुन् । सुनाखरी, सुनगाभा, चाँदीगाभा आदि प्रख्यात अर्किड फूलहरू बूढो रूखको बर्ुइ चढेर बसेका हुन्छन् । बूढा रूख काट्दा यिनको विनास भइरहेको छ । यस्ता अर्किडको महत्त्व, विशेषता र तिनका दर्ुलभतातिर स्थानीय बासिन्दाहरू विशेष गरेर विद्यार्थी एवं युवाहरूमा चेतनाका कार्यक्रमहरू शीघ्राति शीघ्र आयोजना गर्नुपर्ने देखिन्छ । यसैगरी केही चाँपका विशाल वृक्षहरू खास गरेर कोलधारा नजिकको लगभग चार व्यक्तिको हातेमालोले नभेट्ने ६ मिटर गोलाइ र २०-२५ मिटर उचाइको चाँपको वृक्ष तथा बाहुनी भञ्ज्याङ नपुग्दै बाटोमा वनदेवीको सिरानीमा अवस्थित ३०-४० मिटर अग्लो सिमलको सम्पदा वृक्ष -हेरिटेज ट्री) का रूपमा संरक्षण हुनु आवश्यक छ । चाँप नेपालको दर्ुलभ वनस्पतिमा पर्दछ । बीउको लागि पनि यस्ता पुराना वृक्षको सर्म्बर्द्धन हुनर्ुपर्छ । यसैगरी सिमलको रूखले अनगिन्ती चराचुरुङ्गी र विशेष गरेर दर्ुलभ बाज, गिद्ध र चिललाई वासस्थान प्रदान गर्दछ । अग्ला सिमलका रूखले जैविक विविधताले केन्द्रस्थलको रूपमा सेवा दिइरहेका हुन्छन् । अब यिनलाई काट्नु हुँदैन ।
    बन्दीपुर सुन्दर र शान्त छ, न बर्दी न बन्दुक । त्यहाँ १-२ दिन भुलेर र्फकँदा एक बाँझो हरियाली -ग्रीन डर्ेजर्ट) को अनुभूति मनमा पलाउँछ । यहाँबाट पलायन भएका साहुहरू तनहुँ र चितवनका बजार बस्ती मात्र हैन काठमाडौँ र पोखरामा पनि धनाढ्य छन् । तिनका पुख्र्यौली घरहरू मात्रै नभई सम्पर्ूण्ा बन्दीपुर नै, साहित्यकार भवानी भिक्षुको कथाको पात्रझैँ “त्यो फेरि र्फकला -” भनी प्रतीक्षारत देखिन्छ । र, बन्दीपुरको भविष्यलाई इतिहासमा खोज्नु वर्तमानको भूल हुनेछ । स्वच्छ एवं स्वस्थकर हावापानी, रमणीय दृश्यावलोकन, सांस्कृतिक अभिव्यञ्जन, सुलभ पर्ूवाधार बाटो, बिजुली, खानेपानी र टेलिफोनको सुविधा तथा काठमाडौँ, पोखरा र नारायणगढको समदुरी र सामीप्यले गर्दा आन्तरिक पर्यटनको सम्भाव्यता यसै र्छलङ्ग छ । अन्नपर्ूण्ा, धौलागिरि, मनासलु वा लम्जुङ हिमालका पदयात्री वा पर्वतारोहीहरू बन्दीपुरमा आएर थकाइ मार्ने अवसर मिलाउन सकेमा विदेशी पर्यटकको निम्ति यो आकर्षाको विशेष थलो बन्नेछ । यसैगरी यहाँका कहालीलाग्दा भीरहरूमा भीरमाहुरी र दर्ुलभ चराचुरुङ्गीका गुँड मात्र हैन, भीर चढ्ने विशेष साहसी पर्यटकहरू पनि आकषिर्त हुनसक्दछन् । यस क्षेत्रका अग्ला टाकुरा र गहिरो उपत्यकाका फराकिला फाँटहरूले ‘पाराग्लाइडिङ’को आकर्षा पनि निम्त्याउँछ । पर्यटनका यी सम्भावनाका साथै आवासीय शिक्षाका लागि पनि यो उपयुक्त स्थल हो । हुनत ८६ वर्षपुरानो दिल प्राथमिक विद्यालय -वि.स.१९७६) हालसम्म एकै तल्लाको सानो भवनमा कुण्ठित छ तर पनि भानुभक्त माध्यमिक विद्यालय, नोट्रोडाम स्कूल र तिनका सम्बद्ध छात्रावासहरूको चहलपहलले, शैक्षिक वातावरण रहरलाग्दो बनाएको छ । यसैगरी स्वास्थ्योपचार र स्वास्थ्यलाभका लागि पनि बन्दीपुर उपयुक्त स्थल बन्न सक्दछ । तर, जे बने पनि जे बनाए पनि यहाँका निवासी नै विकास कार्यक्रमका साधन र स्रोतका आधार बन्नर्ुपर्छ । कुनै योजना वा परियोजनाका लाभग्राही मात्र हैन ।
    डा. तिर्थ बहादुर श्रेष्ठ ज्युले लेख्नु भएको यो बन्दिपुरको बारेमा हिमाल पाक्षिक बाट साभार गरिएको हो ।

    तस्बिरहरूः वीइसीटीपी






















    Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Free Website Counter
    Free Website Counter